Exclusive

आफैँलाई गोली हान्ने आचार्य श्रीनिवास रिहा



आफैलाई गोली हान्न लगाएर हिन्दुराज्य स्थापनाको आन्दोलन गर्ने असफल प्रयास गरेका आचार्य श्रीनिवास ५ हजार धरौटीमा रिहा भएका छन्।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रताप शर्माको इजलासले ५ हजार धरौटीमा रिहा गरेको हो। जिल्ला प्रशासन कार्यालय मोरङको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ को क बमोजिम जेठ १६ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो।

जिल्ला प्रशासनको आदेशबिरुद्ध उनले मुलुकी ऐनको अदालती बन्दोवस्त महलको १७ नम्बर बमोजिम जिल्ला अदालतमा पुनरावेदन गरेका थिए। उनलाई झुम्का कारागारमा राखिएको थियो।

विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा पुराणबाचनका लागि आएका आचार्यमाथि चैत २५ गते बिहान १–४५ बजे शौच गर्न कोठाबाट बाहिर निस्केका बेला गोली प्रहारबाट घाइते भएका थिए। उनी न्यूरो अस्पताल विराटनगरमा २१ दिन उपचार गराएर काठमाडौं गएका थिए। काठमाडौंबाट थप उपचारका लागि भारतको दिल्ली जान लागेको समयमा बैशाख २४ गते बिहान आचार्यलाई प्रहरीले पक्राउ गरेको खबर आजको कान्तिपुरले छापेको छ।

यस्तै, आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक चितवनको भरतपुर महानगरपालिका बेलचोकका २९ वर्षीय रोशन भन्ने माधव चौधरी, गोली र पेस्तोलको ब्यवस्थापन गर्ने नवलपरासीको गैडाकोट नगरपालिका–५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई कर्तव्यज्यान मुद्दामा जिल्ला अदालत मोरङको आदेशमा पूर्पक्षका लागि थुनामा छन्।

बाराको सिमरा–३ पानीटंकी नजिक घर भएका दिपप्रसाद पण्डित र कान्तिमति पण्डितका एक्ला छोरा आचार्य श्रीनिवासको वास्तविक नाम दिनेशप्रसाद पण्डित हो। धार्मिक अभियानमा लागेपछि काठमाडौंस्थित बैंकटेशका मठाधीश पद्मधर श्वामीले दिनेशलाई आचार्य श्रीनिवास नाम दिएको उनकी आमा कान्तिमतिले बताइन्।

प्रकाशित ९ असार २०७५, शनिबार | 2018-06-23 06:21:46
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।