केरुङ–काठमाडौं रेलमार्ग जुनसुकै मूल्यमा बन्छः परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली


Infocus


छिङ्हाइ–तिब्बत रेल
छिङ्हाइ–तिब्बत रेल
चाइना डेली
NIC ASIA

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र चीनका प्रधानमन्त्री ली खछ्याङबीच दुई पक्षीय वार्तापछि बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्गको संभाव्यता अध्ययन गर्ने लगायत १४ वटा सम्झौता समझदारीपत्रमा हस्ताक्षर भएको छ।

रेलमार्ग सम्बन्धी सम्झौतालाई ओलीको चीन भ्रमणको सबैभन्दा महत्वपूर्ण पहल भन्दै साँझ बेइजिङबाट नेपाल र चीनले संयुक्त विज्ञप्ती पनि जारी गरेका छन्। केरुङ–काठमाडौं रेलमार्ग सम्बन्धमा भएको सम्झौता कस्तो हो त? यसलाई बेइजिङमा प्रधानमन्त्रीसँगै रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले केही प्रष्ट गर्ने प्रयास गरेका छन्, नयाँ पत्रिका दैनिकसँगको छोटो वार्तामाः

चिनियाँ रेल काठमाडौं पुग्ने समझदारीमा हस्ताक्षर भएको छ। खासमा चीनको अनुदान, साझेदारी वा सहुलियत ऋणमा बन्ने हो? यस विषयमा के समझदारी भएको छ?
पहिल्यै संभाव्यता अध्ययन हुँदैछ। आगामी अगस्टसम्म यो काम सकिन्छ। त्यसपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने समझदारी भएको छ। यसको लगानीको मोडालिटीको विषयमा थप छलफल गर्दै जान्छौँ।

डिपिआर बनाउनचाहिँ चीनले सहयोग गर्ने हो?
त्यो विषयमा पनि छलफल गर्दै जान्छौँ। संभाव्यता अध्ययन चीनले नै गर्ने हो, तर डिपिआर र लगानीको विषयमा छलफल गर्दै जाने हो। संभाव्यता अध्ययन नगरी लगानीको विषयमा कुरा गर्नु हतार हुन्छ।

तर, लगानी कसले गर्ने भन्ने विषयमा हामी किन स्पष्ट हुन सकेनौँ?
यो विषयमा पछि छलफल गर्छौं। अनुदानका लागि त अनुरोध भएको छ। तर, हामीलाई के थाहा छ भने यो निकै ठूलो परियोजना हो। अत्यन्तै ठूलो महत्वको परियोजना भएकाले हामी पनि लगानी गर्न तयार छौँ। तर, त्यसमा पछि छलफल गर्छौं। पहिले डिपिआर तयार होस्। यसको कुल लागत कति हुन्छ, त्यो पहिले स्पष्ट हुनुपर्‍यो ।

तर, यो प्रश्न किन पनि भने तपाईंको डेलिगेसनका सदस्य भन्दै छन्, ‘चीनले सम्पूर्ण सहयोग नगर्ने भयो, डिपिआरले ठूलो लगानी देखाउँछ, त्यसलाई नेपालले थेग्न सक्दैन । त्यसैले यो परियोजना बन्दैन।’ उनीहरूलाई तपाईंको जवाफ के छ?
यो विषयमा हामी स्पष्ट भएर लागेका छौँ। जुनसुकै मूल्यमा पनि हामी यो आयोजना पूरा गर्नेछौँ।

चीनको सदासयता कति रहन्छ?
त्यो चरणमा पुगेकै छैन। यो रेलमार्ग बनाउने काम अत्यन्तै महत्वपूर्ण छ भन्ने उहाँहरूको बुझाइ छ। चिनियाँ राष्ट्रपतिले स्ट्रङ भाषामा भन्नुभएको छ। यसको मोडालिटीको विषयमा संभाव्यता अध्ययनपछि मात्रै भन्न सकिन्छ।

प्रकाशित ८ असार २०७५, शुक्रबार | 2018-06-22 08:23:56
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • पुष्कर कार्की

    एआईजीको फुली थाप्नासाथ बेहोस ‘दोस्त’ भेट्न अस्पताल

    ‘संगठनभित्रको आन्तरिक बिषय बाहेक अन्यले हाँस्ने, टीका टिप्पणी गर्ने, कसले कहाँ बस्दा के गर्यो, को प्रहरी कर्मचारी कसको पक्षमा लागेर हिँडेको छ भनेर...

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...