१० महिनामा १० अर्बको बिजुली चोरी


Infocus


चालू आर्थिक वर्षको वैशाखसम्ममा १० अर्ब रुपैयाँको बिजुली चोरी भएको छ।

NIC ASIA

यस हिसाबले एक महिना अवधिमा एक अर्ब रुपैयाँको बिजुली चोरी हुने गरेको नेपाल विद्युत प्राधिकरणले तथ्यांकले देखाएको छ।

चालू आर्थिक वर्षको १० महिनामै एक अर्ब एक करोड युनिट बिजुली चोरी भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बुधबार बताए। 

प्रतियुनिट १० रुपैयाँ दुई पैसा प्राधिकरणलाई घाटा हुँदै आएको जानकारी पनि उनले दिए । ‘बिजुली चुहावटले राजस्वमा नोक्सानी पुग्दै आएको छ,’ उनले भने, ‘हामी प्राधिकरणको उत्पादन, प्रसारण र वितरण प्रणालीमा भइरहेको यस्तो चुहावट नियन्त्रण गर्ने अभियानमा छौं ।’

गत असारसम्ममा प्राधिकरणको प्रणालीमा २२।९ प्रतिशत विद्युत् चुहावट हुने गरेको थियो । तर, चालू आर्थिक वर्षको वैशाखसम्म त्यसलाई प्राधिकरणले घटाएर २० प्रतिशतमा झारेको छ।

तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावट १५ प्रतिशतमा झार्ने लक्ष्य प्राधिकरणको छ ।यसैबीच, बिजुली चोरी नियन्त्रण गर्न गृह मन्त्रालयले सघाउने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चोरी नियन्त्रणमा गर्न चालेको अभियानलाई मन्त्रालयले सघाउन लागेको हो।

गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन, गृहसचिव प्रेमकुमार राई, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालबीच बुधबार विद्युत् चुहावट नियन्त्रण, निर्माणाधीन जलविद्युत् तथा प्रसारण लाइन आयोजनालगायतका विषयमा छलफल भएको छ।

बैठकमा बिजुली चोरी नियन्त्रणका लागि प्राधिकरणले चालेको अभियानमा सघाउन पाँचबुँदे निर्णय भएको खबर अाजकाे नागरिक दैनिकमा छापिएकाे छ।

नियन्त्रण गर्न गृह मन्त्रालयले सघाउने
विद्युत् चोरी नियन्त्रण परिणाममुखी बनाउन प्रत्येक जिल्ला प्रशासन कार्यालय र विद्युत् प्राधिकरण शाखा कार्यालयले समन्वय गरी संयुक्त रुपमा कर्यायोजना तयारी गरी कार्यान्वय गर्ने र विद्युत चोरेको पाइएमा दुवै मन्त्रालयअन्तर्गतका कार्यालयबीच समन्वय गरी कानुनबमोजिम कडा कारबाही गर्ने निर्णय भएको हो।

जग्गा अधिग्रहण सम्बन्धमा प्राधिकरण र जिल्ला प्रशासन कार्यालयहरुले थप सक्रियता देखाई तत्काल समस्या समाधान गर्ने निर्णय पनि उनीहरुले गरेका छन्। विद्युत् निर्माण आयोजना स्थलमा थप सुरक्षा आवश्यक भएमा गृह मन्त्रालयमार्फत सुरक्षाकर्मी खटिनेछन्।

बिजुलीका पोलले सडक निर्माणमा अवरोध भएकाले अन्तर निकायगत समन्वय गरी तत्काल पोल सार्ने निर्णय पनि उनीहरुले गरेका छन्।

विद्युत् वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारी किला हालेर घुम्न नदिने, कर्मचारीलाई मिटर रिडिङ गर्न नदिनेलगायतका काम संगठित रूपमै भइरहेको प्राधिकरणको भनाइ छ।

‘चोरीका यस्ता क्रियाकलाप नियन्त्रण गर्न जाँदा स्थानीयबाट संगठित रूपमै प्राधिकरणका कर्मचारीमाथि आक्रमण हुने गरेको छ’, प्राधिकरणका एक कर्मचारीले भने, ‘यसमा स्थानीय राजनीतिक र प्रशासनिक नेतृत्वको पनि उत्तिकै सहयोग चाहिएको छ।’

प्राधिकरणका अनुसार चोरी नियन्त्रणका लागि विद्युत् वितरणमा नांगो तारको सट्टामा इन्सुलेटेड एबिसी केबल राख्ने, सडक बत्ती मिलाउने, ट्रान्सफर्मर फेर्ने लगायतका काम भइरहेको छ।

प्राधिकरणले उपभोक्तालाई समेत विद्युत् चोरी नगर्न र गरिएको फेला पारेमा कानुनी कारबाही गरिने चेतावनी दिँदै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।

प्रकाशित ३१ जेठ २०७५, बिहिबार | 2018-06-14 08:51:50
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रक्सौल-काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि भएको सहमति पत्र आदान-प्रदान

    जम्मु-कश्मीरमा रेलमार्ग बनाउने कम्पनीलाई रक्सौल-काठमाडौं रेलमार्गको जिम्मा

    भारतको आर्थिक लागतमा निर्माण हुने यो रेलमार्गको निर्माण चाहिँ भारतीय रेल मन्त्रालय अन्तर्गतको ‘इष्ट सेन्ट्रल रेलवे’ ले गर्नेछ। कोंकणलाई पूर्व...

  • जयपुरी (बायाँ) र ओनसरी २०७४ को निर्वाचनमा बामगठबन्धनको विजयपछि

    रोल्पाका दुई नेतृलाई फापेको एमाले-माओवादी एकता

    पहिलो संविधान सभा कालमा दुबै जना छोटो समयका लागि मन्त्री बने। ओनसरी युवा तथा खेलकुद मन्त्री बनिन् भने जयपुरी महिला बालबालिका तथा समाज कल्याणमन्त्री।

  • मौलाना खुर्सिद आलम अन्सारी

    सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

    इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना...

  • अलिबाबाको चमत्कारपछि चिनियाँ भन्छन्ः पैसा हुनुपर्छ, चीनमा नपाइने केही छैन

    सन् १९९५ मा शाङ्हाइमा पहिलोपटक इन्टरनेट जोडिएपछि चीनमा प्राविधिक क्रान्ति नै शुरू भयो। त्यसको अगुवाइ गर्ने व्यक्ति थिए, हाङ्चौका वासिन्दा एवं बियर...