पसिनाको गन्धबाट कसरी छुटकारा पाउने?

गर्मी मौसममा स्वाभाविक रुपमा शरीरबाट पसिना बग्ने गर्छ।

तर वढी मात्रामा पसिना बगेमा त्यही तनावको विषय बन्छ। स्विट ग्लान्ट ओभर एक्टिभ हुँदा पनि वढी पसिना बग्ने समस्या हुन्छ।

शरीरबाट पसिना बग्दा नराम्रो गन्ध आउने गर्छ। यस्तो समस्यालार्य घरेलु विधिबाट पनि केही हदसम्म उपार गर्न सकिने खबर आजको नयाँ पत्रिकाले छापेको छ।

वढी पसिना बग्ने समस्याका लागि घरेलु उपचार गर्दा कागती र बेकिङ सोडा आवश्यक पर्छ। सबैभन्दा पहिला एक चम्चा बेकिङ सोडा र एक चम्चा कागतीको रस मिलाउनुस।

यस्तो मिश्रणलाई नुहाउनुअघि अन्डर आम्र्स र पसिना वढी बग्ने ठाउँमा दल्नुस्। यस्तो मिश्रणलाई करिब दुई मिनेटसम्म शरीरमा रहन दिनुपर्छ। अर्थात्, यसलाई सुक्न दिनुपर्छ।

यसका साथै दुर्गन्घबाट बच्न कागती र टमाटरको रस पनि प्रयोग गर्न सकिन्छ। यसलाई पनि कागती र सोडा जस्तैगरी प्रयोग गर्न सकिन्छ।

प्रकाशित 2018-06-14 08:29:59