नेपाल र भारतबीच नयाँ हवाई प्रवेश-विन्दु वार्ता आज


Infocus



नेपाल र भारतबीच नयाँ हवाई प्रवेश विन्दुको विषयमा बिहीबार (आज)देखि वार्ता हुदैंछ।

दुवै देशका प्रतिनिधिबीच शनिवारसम्म हुने वार्तामा नयाँ सहमति जुट्ने अपेक्षा गरिएको छ।

गत महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई नयाँ हवाई विन्दु दिने विषयमा छलफल गरेर टुंग्याउने बताएका थिए।

वार्ताका लागि बुधबार नै भारतीय नागरिक उड्डयन प्राधिकरणको एक टोली नेपालमा आइसकेका छन्। याे खबर अाजकाे काराेबार दैनिकले छापेकाे छ।

नयाँ हवाई विन्दु नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गर्नुपर्ने बाध्यता छ। चार वर्षयता पटक-पटकको वार्तापछि भारतीय पक्षले नेपालगन्ज रुट तत्काल खोल्ने समझदारी गरेका थिए।

तर, दुई पक्षले प्राविधिक रिपोर्ट तयार गरेर पुनः वार्ता गरेपनि टुंगिने भनिए पनि हालसम्म रुट भने खुल्न सकेको छैन।

नेपालले भारतसँग जनकपुर, नेपालगन्ज र भैरहवाको हवाई रुट मागेको थियो । जनकपुर र नेपालगन्ज दिन भारत तयार भए पनि भैरहवाको रुट भने दिननसक्ने यसअघि नै बताइसकेको छ।

नेपालले निर्माण जारी राखेका भैरहवा, पोखरा र निजगढ विमानस्थलका लागि पनि नयाँ हवाई रुट अत्यावश्यक छ । हाल सिमराबाट मात्रै हवाई रुट खुल्ला रहेको छ । गत वर्षको सहमतिमा महेन्द्रनगरबाट बाहिरिन दिने सहमति भएको थियो । उक्त सहमतिसमेत हालसम्म कार्यन्वयनमा आएको छैन।

भारतीय पक्षसँग पूर्वका देशबाट आउने जहाज प्रवेशका लागि जनकपुर र विराटनगर विन्दु माग गरे पनि भारतीय पक्षले अहिलेसम्म स्वीकृति दिएको छैन। यसैगरी, पश्चिमतर्फका देशबाट आउने जहाजका लागि नेपालले भारतीय पक्षसँग नेपालगन्ज प्रवेश विन्दु माग गरिएको छ।

फेरि, नयाँ हवाई प्रवेश विन्दुका विषयमा छलफलका लागि भारतीय पक्षले कोलकातामा बैठक गर्ने निर्णय गरिसकेको छ । तर, समय भने तय भएको छैन। 

अबको छलफलमा नेपालका तर्फबाट भारतीय पक्षसँग नेपालगन्ज, भैरहवा, जनकपुर, विराटनगर र युरोप तथा पश्चिमका देशबाट आएका जहाजले महेन्द्रनगरबाट इन्ट्री हुँदै पूर्वको मेची विन्दुबाट आउट हुन पाउने छन्।

अहिले नेपालको पूर्वमा पर्ने देश बंगलादेश, भारतको कोलकाता, थाइल्यान्ड, सिंगापुर, मलेसियालगायत देशबाट आउने जहाज रोमियो ५ सय ८१ रुट हुँदै सिमरा इन्ट्री भएर काठमाडौंका अवतरण गरिरहेका छन्।

यसैगरी, नेपालबाट पश्चिमबाट आउने जहाज, दिल्ली, युरोप तथा अमेरिकाबाट आउने जहाजले गल्फ ५८९ रुट हुँदै सिमरा इन्ट्री भएर काठमाडौं अवतरण गर्छन्। भुटानलगायत पारोबाट आउने जहाज मेची इन्ट्री विन्दुबाट छिरेर तुम्लिङटार आउँदै काठमाडौं अवतरण गर्छ।

सिमरा विन्दुको तुलनामा नेपालगन्ज प्रवेश विन्दुबाट काठमाडौं आउन १४ नटिकल माइल, भैरहवा आउन एक सय ६९ नटिकल माइल र पोखरा आउन १ सय ६५ नटिकल माइल दूरी कम पर्छ।

चीनको ल्हासाबाट आउने जहाज भने ब्राबो ३४५ रुट हुँदै नुनिम विन्दुबाट नेपाल छिरेर तुम्लिङटार हुँदै काठमाडौं अवतरण हुने गरेको छ।

सिमरा विन्दुको तुलनामा नेपालगन्ज प्रवेश विन्दुबाट काठमाडौं आउदा १४ नटिकल माइल, भैरहवा आउन १ सय ६९ नटिकल माइल र पोखरा जान १ सय ६५ नटिकल माइल दूरी कम पर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई सुरक्षा महाशाखाका सहसचिव वुद्धिसागर लामिछानेले बताए।

यसैगरी, नेपालले महेन्द्रनगर विन्दुबाट पनि प्रवेश माग गरिरहेको छ । यो विन्दु पाएको अवस्थामा पश्चिम तथा युरोपका देशबाट आउने जहाजले सीधै नेपाल प्रवेश पनि गर्नसक्ने नेपाली पक्षको भनाई छ।

तर, भारतीय पक्षले दुवै प्रवेश विन्दुलाई कायम राख्दा आफ्नो एयर स्पेसमा जहाजको ‘सेपरेसन’ पुग्दैन र सुरक्षामा असर नपुग्ने बताउँदै आएको छ।

प्रकाशित ३१ जेठ २०७५, बिहिबार | 2018-06-14 08:12:59
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • वैदेशिक राेजगारीबाट फर्किएका युवा विमानस्थलमा

    पानीपुरीको आप्रवासन सम्बन्ध

    नेपालीहरुको आप्रवासनकोे इतिहास वर्तमान नेपाल निर्माणको शुरुवातदेखि नै भएको पाइन्छ।

  • रनरिद्द र हुन सेन

    ओलीले भनेजस्तै दुई प्रधानमन्त्री थिए एकबेला कम्बोडियामा

    प्रधानमन्त्री ओलीकै निमन्त्रणमा १५ दिन अगाडि काठमाडौँ आएका कम्बोडियाली प्रधानमन्त्री हुन सेन कुनै बेला आफ्नो देशमा दुईजना प्रधानमन्त्री मध्ये एक थिए।

  • मनीषा काेइराला

    विगतका कतिपय भोगाइ अमूल्य हुन्छन्

    क्यान्सर भएको थाहा भएपछि मलाई सधैँ त्यही कुराले पिरोलीरह्यो। क्यान्सर हुनु भनेको मृत्युको नजिक पुग्नु हो।

  • काठमाडौंमा छङ् ख सिन्

    चिनियाँ पर्यटकको अनुभवः मायालु नेपाली, काठमाडौंमै डरलाग्दा खाल्डा

    ‘नेपालको सबैभन्दा कहालीलाग्दो त यातायात रहेछ। सुन्दर दृश्यावली भएका गन्तव्य धेरै छन्, तर बाटो साँच्चिकै भएन के। यताउता जान खोज्यो, बाटोकै तनाव।’