ट्राफिकले रोक्दा पूर्वयुवराज पारस आक्रोसितः यसरी परे ट्राफिकको फन्दामा



घटना गत सोमबार (२८ जेठ) को हो। स्थान, जवलाखेल चोक । दिउँसो एउटा गाडी ट्राफिक नियमको बेपर्बाह गर्दै हुइँकियो। चोकमा तैनाथ ट्राफिक प्रहरीको नजर गाडीमा पर्‍यो। बा.१४प २१३१ नम्बरको गाडी थियो।

कोसिस गर्दा पनि प्रहरीले गाडी नियन्त्रणमा लिन सकेन। ट्राफिक नियम मिच्दै गाडी पुल्चोकतिर हुइँकियो। जावलाखेल ट्राफिकले तत्काल हरिहरभवनको प्रहरीलाई फोन गरेर भन्यो, ‘एउटा गाडी अनियन्त्रित गतिमा त्यतातिर आउँदै छ। चालक विदेशीजस्तो देखिन्छ। दुर्घटना निम्त्याउन सक्ने खतरा छ । नियन्त्रणमा लिनू।’

हरिहरभवनको ट्राफिक तयारी अवस्थामा बस्यो। नभन्दै बेतोडले हुइँकिएको गाडी हरिहरभवन आइपुग्यो । नजिकै आइपुगेपछि ट्राफिकले सिठी फुक्दै रोक्न संकेत गर्‍यो । तर, सुनेको–नसुन्यै गरी चालकले झन् गेयर बढायो । हरिहरभवनका ट्राफिक प्रहरी पनि जावलाखेलका झैँ हेरेको–हेर्‍यै भए।

हरिहरभवनबाट पनि अगाडि बढेपछि गाडी रोक्नुपर्ने खबर कुपन्डोल र थापाथली ट्राफिकमा पुग्यो । कुपन्डोलका ट्राफिक पनि तत्काल ‘एक्सन’मा खडा भए । तर, उनीहरूले रोक्न खोज्दा पनि गाडी रुकेन । कुपन्डोलका ट्राफिकलाई हैरान पार्दै गाडी थापाथलीतिर कुद्यो।

थापाथली ट्राफिकले नयाँ जुक्ति निकाल्यो। उक्त गाडी थापाथली आइपुग्नै लाग्दा ट्राफिकले त्यस अगाडिका चार–पाँच गाडी रोकिदियो । अब बा.१४प २१३१ नम्बरको गाडी उम्किने अवस्था भएन । त्यसो त त्यहाँबाट फुत्किएको भएपनि माइतीघर र त्रिपुरेश्वरका ट्राफिक पनि तयारी अवस्थामा थिए।

थापाथलीका दुई–तीन ट्राफिक गाडी रोकेर नजिकै पुगेपछि गाडीको सिसा झार्दै चालक बोले, ‘ह्वाट ह्यापन्ड?’ ट्राफिकले कागजपत्र मागे । चालकले सहजै उपलब्ध गराए । एक ट्राफिकले भने, ‘गाडीको नम्बर पनि स्पष्ट देखिँदैन त?’ चालक गाडीबाट ओर्लिएर नम्बर प्लेटमा लागेको माटो टालोले सफा गरे। चालक गाडीबाट झर्नेवित्तिकै जाममा परेका मोटरसाइलकमा सवारहरु चिच्याए, ‘पारस शाह।’ त्यसपछि त सडकमा हल्लीखल्ली नै भएको खबर आजको नयाँ पत्रिका दैनिकमा विश्वास खड्काथोकीले लेखेका छन्।

जावलाखेल चोकबाट प्रहरीले निगरानीमा राखेका ति चालक पूर्व युवराज पारस शाह थिए। गाडीमा उनी एक्लै थिए।

नम्बर प्लेट पुछेर पारस गाडीमा बसे । ट्राफिक प्रहरी वाकिटकीमा उपल्लो निकायमा कुरा गर्न थाले । एकैछिनमा पारस फेरि गाडीबाट झरेर ट्राफिककहाँ पुगे र आफ्ना ‘डकुमेन्ट’ फिर्ता मागे। ट्राफिकले जवाफ दिए, ‘एकछिन समय लाग्छ।’ त्यसपछि उनी गाडीमै गएर बसे । एक मिनेटमै फेरि गाडीबाट ओर्लिए र ट्राफिकसँग उही अनुरोध दोहर्‍याए। ट्राफिक प्रहरीले पनि अघिल्लै जवाफ दियो, ‘समय लाग्छ।’

त्यतिवेलासम्म पारस निकै आक्रोशित भइसकेका थिए। रिसाएर उनी कड्किए, ‘तैले मलाई चिन्नुपर्छ।’ यति बोलेपछि पारस लाइसेन्स र ब्लुबुक छाडेर गाडीभित्र पसे र माइतीघरतर्फ हुइँकिए।

पारसका अंगरक्षक थापाथली प्रहरीमा
लाइसेन्स र ब्लुबुक ट्राफिकलाई छाडेर पारस हिँडेको केही समयपछि उनका अंगरक्षक थापाथली ट्राफिक प्रहरी कार्यालयमा आए। पारसले ट्राफिक नियम उल्लंघन गरेको भन्दै प्रहरीले पाँच सय जरिवाना गरेको रसिद काटेको थियो। रसिदमा चालक–धनीको नाम ‘पारस वि.वि. शाह’ उल्लेख छ । अंगरक्षकले बैंकमा पाँच सय जरिवाना तिरेर पारसको ब्लुबुक तथा लाइसेन्स फिर्ता ल्याए।

गल्ती गर्ने सबैलाई कारबाही हुन्छ
वसन्त पन्त एसएसपी, महानगरीय ट्राफिक प्रहरी महाशाखा
हो, हामीले पारस शाहको गाडीलाई समात्यौँ र कारबाही गर्‍यौँ। ट्राफिक नियम मिचेर गाडी चलाएकाले नियमअनुसार पाँच सय जरिवाना गर्‍यौँ । गाडीले लेनचाहिँ मिचेको थिएन । लेन मिचेको भए अर्कै कारबाही हुन्थ्यो।

घटना भएपछि ‘लाइसेन्स र ब्लुबुक लिन अरू व्यक्तिलाई पठाउँदा हुन्छ कि हुँदैन’ भनेर सोधियो। हामीले ‘सकेसम्म सम्बन्धित व्यक्ति, नभए अंगरक्षक आउनुपर्छ’ भन्यौँ। अहिले ट्राफिक नियम निकै सुध्रिएको छ, गल्ती गर्ने सबैलाई कारबाही हुन्छ।

प्रकाशित ३१ जेठ २०७५, बिहिबार | 2018-06-14 07:35:44
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...