चारवटा प्रिन्टर मेसिन आयो, अब एक महिनाभित्रै स्मार्ट लाइसेन्स




सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा हुँदै आएको ढिलाई अब हट्ने भएको छ।

NIC ASIA

यातायात व्यवस्था विभागले थप ४ वटा छपाई प्रिन्टर मेसिन ल्याएसँगै अब चालक अनुमतिपत्र लिनको लागि महिनौ कुर्नुपर्ने बाध्यता हट्ने भएको हो।

विभागसँग पाँच वटा मात्र छपाई मेसिन हुँदा माग बमोजिम छपाई गर्न सकेको थिएन।

तर चारवटा आधुनिक प्राविधिसहितको प्रिन्टर मेसिन सञ्चालनमा आएपछि अब दैनिक पाँच हजार स्मार्ट कार्ड छपाई हुने खबर आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ।

हाल दैनिक चार हजार देखि ४हजार ५ सयसम्म स्मार्ट लाइसेन्सको माग गरेको छ ।

नौ वटा छपाई मेसिन सञ्चालनमा आएपछि अबको दुई महिनापछि सेवाग्राहीहरुले एक महिनाभित्र नै स्मार्ट लाइसेन्स प्राप्त गर्न सक्ने यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले बताए।

उनले हाल नविकरण सहित दैनिक चार हजारदेखि ४५ सय सम्मको माग गरेको बताउदै छाप्न बाँकी करिब दुई लाखभन्दा बढी सवारी अनुपतिपत्रको काम दुई महिनाभित्र सम्पन्न हुने जानकारी दिए।

प्रवक्ता अर्यालयले नेपाल समाचारपत्रसँग भने, ‘विभागले बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म स्मार्ट लाइसेन्स छाप्ने काम गर्दै आएको छ, सेवाग्राहीहरुलाई सहज र छिटोछरितो ढंगले सेवा प्रवाह गर्ने कार्यमा लागिरहेको छौं ।’
अहिलेको अवस्था अनुसारको माग रहे सेवाग्राहीले एक महिना कुर्नुपर्ने अवस्था पनि हटन सक्ने बताउदै उनले स्मार्ट लाइसेन्स लिन महिनौ कुर्नुपर्ने बाध्यता हट्ने दाबी गरे।

सरकारले २०७२ मंसिर २० देखि स्मार्ट कार्ड वितरण अभियान थालेको थियो । तर पर्याप्त छपाई मेसिन प्रिन्टरको कमी हुँदा समयमा नै लाइसेन्स वितरण गर्न सकेको थिएन।

अर्यालका अनुसार पछिल्लो पटक साढे ७ लाख थान स्मार्ट लाइसेन्स कार्ड ल्याएको छ । अब १० लाख कार्डका लागि टेन्डर गर्ने तयारी पनि भइरहेको बताउदै कार्डको अभाव हुन नदिने बताए।

प्रवक्ता अर्यालका अनुसार हालसम्म करिब ४ लाख भन्दा बढी स्मार्ट लाइसेन्स वितरण भइसकेको छ।

प्रकाशित ३० जेठ २०७५, बुधबार | 2018-06-13 08:48:15
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।