देउवाले भने- बल्ल ७४ वर्ष त भएँ, म बूढो भएको छैन




पार्टीभित्रै नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज मुखरित भइरहेका बेला सभापति देउवाले भने मलेसियाको प्रधानमन्त्रीको उदाहरण दिँदै आफू बूढो नभएको तर्क गरेका छन्।

NIC ASIA

‘मलेसियामा ९२ वर्षमा नेता प्रधानमन्त्री भएका छन्, म त बल्ल ७४ वर्ष भएको छु’ देउवाले भने, ‘अहिल्यै हट्न पर्‍यो भन्न भएन नि!’

उनले त्यसो भन्दा सम्पूर्ण हल हाँसोले गुन्जिएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।

देउवाले आफूविरुद्धको आलोचनाको सफाइ दिँदै आफ्नो अनुकूलमा विधान र सहमतिको कुरा नझिक्न आग्रह गरे।

‘पार्टी कि त विधान अनुसार कि त सहमतिअनुसार चल्नुपर्छ, आफुलाई सहमति चाहिँदा सहमतिको कुरा, विधान चाहिँदा विधानको कुरा गर्न भएन’ देउवाको भनाइ थियो, ‘हिजो गिरिजाप्रसाद र सुशील कोइरालाविरुद्ध बोल्न नसक्ने, आज मविरुद्ध जति बोले पनि भएको छ।’

त्यसअघि वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्री सिटौला र युवा नेता थापाले नेतृत्वमा परिवर्तनको आवश्यकता रहेको बताएका थिए।

पौडेलले पार्टी नसच्चिएसम्म अघि बढ्न नसकिने बताए भने सिटौलाले पार्टीभित्र सामन्तवाद प्रवृति हावी भएको बताए।

‘न्याय, निष्पक्षता र पारदर्शीतासहितको मुल्याकंनले मात्रै पार्टी अघि बढ्न सक्छ’ पौडेलेको भनाई थियो,‘विधानको दाहारभित्र रहेर नेतृत्व चल्नुपर्छ। मेलमिलापको आधार त्यहि हो।’

सिटौलाले प्रत्यक्ष र समानुपातिक उम्मेदवार चयन गर्दा पार्टी नेतृत्वबाट व्यापक विकृति भित्रिएको बताए । युवा नेता थापाले पार्टीलाई पुरानो ठाउँमा नभएर नयाँ ठाउँमा पुर्‍याउने अभियान सुरु गर्नुपर्ने बताए।

सभापतिले पुरानै ठाउँमा पुर्‍याउने उद्घोष गरीरहेका बेला थापाले भने पुरानो ठाउँमा पुर्‍याएर कांग्रेस एक नम्वरको पार्टी हुन नसक्ने बताए।

प्रकाशित ३० जेठ २०७५, बुधबार | 2018-06-13 08:16:38
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनी

    भारतीय र पाकिस्तानी चिनीकाे मारमा नेपाली उद्योग

    नेपाल चिनी उत्पादन संघकाअनुसार यो वर्ष नेपालमा गत सिजनमा १ लाख ७४ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा उद्योगीसँग हालसम्म १ लाख २४ हजार मेट्रिक टन...

  • जाे जापानबाट फर्काइए

    जापानको अध्यागमनबाटै किन फर्काइए यी पाँच नेता?

    काठमाडौंबाट भिषा लिएर गएकाहरू जापान पुगेर अध्यागमनबाटै यसरी पटक पटक किन फर्काइन्छन्? नेपालखबरले यो प्रश्न काठमाडौंस्थित जापानी दूतावासलाई सोधेको छ।

  • वित्तीय साक्षरता किन?

    जब एक नेपाली जन्मन्छ उसको थाप्लोमा २९ हजार बराबरको ऋण थोपरिन्छ भन्ने जानकारी तीनै तहका जनप्रतिनिधिलाई हुनु आवश्यक छ। यसका लागि वित्तीय साक्षरता...

  • बन्द भएको हेटौँडा कपडा उद्योग

    हेटाैंडा कपडा उद्याेग सञ्चालन गर्न पाँच विकल्प

    हेटौंडा कपडा उद्योग सञ्चालन प्रतिवेदन तयार भएको छ।