१० करोडको कालो हीरासहित ८ पक्राउ




नेपालमा कालो हीराको समेत अवैध कारोबार हुने गरेको खुलेको छ।

NIC ASIA

प्रहरीले कालो हीरासहित अवैध करोबारमा संलग्न आठ अभियुक्तलाई पक्राउ गरेपछि तथ्य खुलेको हो।

लैनचौरका रमेश रजकसहितको टोलीलाई प्रहरीले पक्राउ गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।

उनीहरूलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो लैनचौरस्थित एक कफी सपबाट पक्राउ गरेको हो। 

प्रहरीले उनीहरूबाट ३०.२४ क्यारेटका दुईवटा कालो हीरा बरामद गरेको छ। प्रहरीका अनुसार उक्त हीरा उनीहरूले तीन करोड रुपैयाँमा बेच्न मोलमोलाइ गरिरहेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार पक्राउ पर्नेमा रजकसहित गोरखा नपा–८ का ४० वर्षीय अजित अधिकारी, धादिङ त्रिपुरा–४ का २६ वर्षीय उत्तम सिटौला, नुवाकोट शिवपुरी–४ का २३ वर्षीय विवेक श्रेष्ठ, तारकेश्वर–१ का रमेश मगराती, गोरखा सुलिकोट–७ का ३३ वर्षीय मुक्तिप्रसाद धिताल, नुवाकोट चतुराले–६ का २६ वर्षीय सागर गोतामे, नुवाकोट विदुर–७ का २४ वर्षीय राज विक छन्।

वृत्त प्रमुख डिएसपी दानबहादुर मल्लले भने, ‘बरामद हीराको मूल्य १० करोड रुपैयाँ परे पनि उनीहरूले तीन करोड रुपैयाँमा बेच्न बार्गेनिङ गरिरहेका थिए ।’

प्रकाशित १० जेठ २०७५, बिहिबार | 2018-05-24 08:24:10
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनी

    भारतीय र पाकिस्तानी चिनीकाे मारमा नेपाली उद्योग

    नेपाल चिनी उत्पादन संघकाअनुसार यो वर्ष नेपालमा गत सिजनमा १ लाख ७४ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा उद्योगीसँग हालसम्म १ लाख २४ हजार मेट्रिक टन...

  • जाे जापानबाट फर्काइए

    जापानको अध्यागमनबाटै किन फर्काइए यी पाँच नेता?

    काठमाडौंबाट भिषा लिएर गएकाहरू जापान पुगेर अध्यागमनबाटै यसरी पटक पटक किन फर्काइन्छन्? नेपालखबरले यो प्रश्न काठमाडौंस्थित जापानी दूतावासलाई सोधेको छ।

  • वित्तीय साक्षरता किन?

    जब एक नेपाली जन्मन्छ उसको थाप्लोमा २९ हजार बराबरको ऋण थोपरिन्छ भन्ने जानकारी तीनै तहका जनप्रतिनिधिलाई हुनु आवश्यक छ। यसका लागि वित्तीय साक्षरता...

  • बन्द भएको हेटौँडा कपडा उद्योग

    हेटाैंडा कपडा उद्याेग सञ्चालन गर्न पाँच विकल्प

    हेटौंडा कपडा उद्योग सञ्चालन प्रतिवेदन तयार भएको छ।