चिनियाँ टोलीले थाल्यो नेपालमा रेलमार्गको अध्ययन




केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययनको काम सुरु भएको छ। पूर्वसम्भाव्यता अध्ययन गर्न चिनियाँ प्राविधिक टोली बुधबार रसुवागढी नाकासम्म आइपुगेको छ।

काठमाडौंबाट मंगलबार स्थलगत अध्ययन सुरु गरेको चिनियाँ टोली बुधबार रसुवागढी पुगेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ। अहिले भइरहेको प्राविधिक र भौगर्भिक अध्ययन रेलमार्ग निर्माणको पूर्वसम्भाव्यता अध्ययन भएको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए।

टोलीले काठमाडौंको टोखाबाट नुवाकोटको छहरे, खरानीटार विदुर हुँदै रसुवाको कालिकास्थान, राम्चे, धुन्चे स्याफ्रुबेसी र रसुवागढीसम्म विभिन्न प्वाइन्टको अध्ययन गरेको छ । केरुङदेखि काठमाडौंसम्म निकै जटिल किसिमको भौगोलिक अवस्था भएकाले यो टोलीले धैरै भौगर्भिक स्थितिको पनि अध्ययन गरिरहेको छ।

टोलीमा भौगोलिक सहजताका लागि रेखांकन गर्ने इन्जिनियर पनि सँगै छन्। चिनियाँ पक्षले यो आयोजनालाई विश्वकै चुनौतीपूर्णमध्येको बताउँदै आएको छ।

भौगोलिक विकटताका कारण रेलमार्ग निर्माणमा चुनौती देखिएकाले चिनियाँ प्राविधिक टोलीबाट थुप्रै विकल्पमा अध्ययन हुने उपाध्यायले बताए । रसुवागढीभन्दा केरुङ उचाइमा रहेको र भूकम्पका कारण पहिरो गएकाले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न सकिन्छ कि सकिँदैन भनेर पहिलो पटक प्राविधिक टोलीले अध्ययन गरिसकेको छ।

प्रकाशित १० जेठ २०७५, बिहिबार | 2018-05-24 08:08:47
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    ‘टुटल’ र ‘पठाओ’ प्रहरी निशानामा, मोटरसाइकलमा भाडाका यात्रु बोक्न रोक

    यातायात व्यवस्था विभागसँग समन्वय बिना नै ट्राफिक प्रहरीले बंगलादेशी कम्पनी ‘पठाओ’ र नेपाली कम्पनी ‘टुटल’ लाई निजी नम्बर प्लेट भएका सवारीसाधनमा...

  • एसएसपी बढुवा प्रतिस्पर्धीमा रहेका चार महिला एसपीहरू

    एसएसपी बढुवाको बाटो खुला, चार महिलासहित ३२ प्रतिस्पर्धामा

    सरकारले प्रहरी नियमावली २०७१ को नियम २८ को उपनियम १ (क) संशोधन गरेको छ। नियमावली संशोधनसँगै वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि कानुनी बाटो...

  • मञ्जु काँचुली

    जो रानी ऐश्वर्यकी साथी भइन्, गिरिजा–सुशीलको माया पाइन्

    आईएको परीक्षा भर्खरै सकिएको थियो। त्यति नै बेला मञ्जुले गोरखापत्रमा राजा वीरेन्द्रसँग ऐश्वर्याको फोटो देखिन्। जुन फोटो बिहेको शुभकामना तथा...

  • फुल्चोकीको जंगलबाट शनिबार राती उद्धार गरिएका युवा

    फुल्चोकी यात्राः मूलबाटो छाड्यो कि बेपत्ता हुने खतरा बढ्यो

    ‘रात सुरुहुनु अघि नै केही गरिहाल्नु पथ्र्यो, हामी ७ वटा टिम बनाएर फिल्डमा गयौं,’ ललितपुरका एसपी खनालले भने, ‘मेट्रोले टिपाएको नम्बरमा एकपटक धन्न...