बालकृष्ण ढुंगेललाई ‘माफी’


Infocus



कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगिरहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ।

NIC ASIA

डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा कैद मिनाहा गर्न कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो।

ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत कैद मिनाहाको सिफारिस गरिएको खबर टपेन्द्र कार्कीले आजको नागरिक दैनिकमा लेखेका छन्।

उनीसँगै आठ सयभन्दा बढी कैदीको कैद मिनाहाको सफाारिस भएको छ। ढुंगेलको कैद मिनाहाका लागि गृहले जिल्ला प्रशासन कार्यालय काठमाडौमार्फत सिफारिस मागेको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीलगायत प्रक्रिया पुगेका कैदीको कैद मिनाहाको सिफारिस कारागार व्यवस्थापन विभागमा पठाएको थियो। जिल्ला प्रशासन कार्यालयबाट आएको सिफारिसका आधारमा विभागले कारागार नियावलीअनुसार मन्त्रालयमा सिफारिस गरेको हो।

विभागका महानिर्देशक एवं सहसचिव हरिप्रसाद मैनालीले आठ सय बढी कैदीको कैद मिनाहाका लागि मन्त्रालयमा सिफारिस गरिएको बताए । ‘सबैको नाम याद छैन, काठमाडौं जिल्ला प्रशासनबाट आएको नामावली रुजु गरी प्रक्रिया पुगेको हकमा सिफारिस गरिएको हो’, मैनालीले भने।

सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७२ पुस २३ गते संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था भए पनि ढुंगेलको हकमा अब कुनै पनि सजाय मिनाहा गर्न नमिल्ने फैसला गरेको थियो।

तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, न्यायाधीशहरु सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलासले उक्त फैसला गरेको थियो।

कर्तव्य ज्यान मुद्दामा जेल परेका नेता बालकृष्ण ढुंगेल गणतन्त्र दिवसको दिन छुटाउने गरी कारागार व्यवस्थापन विभागले सिफारिस गरेको छ। सरकारले कारागार नियमावलीअनुसार ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनका आधारमा कैदीलाई छाड्न सक्ने प्रावधानमा टेकेर उनलाई मुक्त गर्न लागिएको हो।

तर सर्वोच्च अदालतले अदालतबाट दोषी ठहरिएका ढुंगेलले सर्वोच्चको फैसलाअनुसार आत्मसमर्पण नगरेको अवस्थामा ढुंगेललाई माफी दिन नसकिने जनाएको थियो।

कानुनले निर्धारण गनेको माफी मिनाहा प्रक्रियासमेत अवलम्बन नभएको भन्दै सर्वोच्चले यसअघिको सरकारले माफी मिनाहाको सिफारिस बदर गरेको थियो।

सर्वोच्चले सर्वस्वसहित जन्मकैद फैसला सुनाएको ढुंगेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत कात्तिक १४ गते ललितपुरबाट पक्राउ गरी डिल्लीबजार कारागार चलान गरेको थियो। ढुंगेल द्वन्द्वकालमै साढे सात वर्ष जेल बसेका कारण कात्तिकमा पक्राउ परेपछि कैद भुक्तानका लागि उनको प्रक्रिया पुगेको कारण देखाइएको छ।

गत वैशाखमै आठ वर्ष पुगिसकाले ४० प्रतिशत कैद भुक्तान भइसकेकपछि कैदीको असल चालचलनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौले उनको नामसहित अन्य कैदीको नामसमेत माफी मिनाहाका लागि विभागमा पठाएको थियो।

२०६१ मा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद फैसला गरेको थियो।

सो फैसलालाई पुनरावेदन अदालतबाट सफाइ पाए पनि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो। तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनलाई आममाफीका लागि राष्ट्रपति कार्यालयसमक्ष सिफारिस गरेपछि सर्वोच्चमा आममाफीविरुद्ध रिट परेको थियो।

सोही रिटमा उनलाई माफी मिनाहा नगर्न सवैधानिक इजलासले आदेश दिएको थियो । नयाँ सरकार बनेसँगै गृहमन्त्री रामबहादुर थापाले नेता ढुंगेललाई कारागारामै गएर भेटी जेलमुक्त गराउने आश्वासन दिएका थिए।

प्रकाशित १० जेठ २०७५, बिहिबार | 2018-05-24 08:06:05
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...

  • नारायणहिटीमा रहेको राजदण्ड हेर्दै प्रधानमन्त्री केपी शर्मा ओली

    हलीको लौरो किन संग्रहालयमा हुँदैन, किन राजाको राजदण्डमात्र हुन्छ?

    जनताले फालेको राजतन्त्रलाई यति सुविस्ता, यति सम्मानका साथ दुनियाँमा कहीँपनि बस्न दिइएको छैन, बस्न दिइएको हुँदैन। तर नेपालमा हामीले अत्यन्त उदार,...

  • दुबर्इमा पक्राउ परेका बेनु श्रेष्ठ (बायाँ) इन्टरपाेल पुलिसकाे नियन्त्रणमा

    इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा: ‘ठूला माछा’ बयान बाहिर

    प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा दुबईबाट पक्राउ गरेका सुन तस्करी ‘सप्लाई चेन’का मुख्य अभियुक्त बेनु श्रेष्ठले...