मदिरा खाएको बिल तिर्न मन्त्रीका स्वकीय सचिवले दवाव दिएपछि...



मदिरा सेवन गरेको बिल भुक्तानी गर्न नमान्दा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण सचिव विद्यानाथ झामाथि हातपातको प्रयास भएको छ।

करिब १० जनाको समूहसहित हातपात प्रयास गर्ने मन्त्रीका स्वकीय सचिव डम्बर बुढालाई प्रहरीले चार घण्टा नियन्त्रणमा लिएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

सचिव झाका अनुसार स्वकीय सचिव बुढाले ‘मन्त्रीको आदेश’ भन्दै पटक–पटक होटलमा भएको फजुल खर्च भुक्तानी गर्न दबाब दिने गरेका थिए । बुधबार पनि उनले त्यसैगरी वीरेन्द्रनगरको एउटा होटलमा भएको मदिरासहितको बिल भुक्तानी गर्न दबाब दिए । ‘मैले मन्त्रीज्यू आएपछि मिलाएर गरौंला भनेको थिएँ, उनले त एउटा जत्थै लिएर हातपातको प्रयास गरे,’ सचिव झाले भने, ‘समयमै वन रक्षकले खबर गर्दा प्रहरी आएर घटना हुन पाएन ।’

मन्त्री काठमाडौं गएकाले आएपछि बिल फस्र्योटबारे छलफल गर्ने सोच बनाएको उनले बताए । मन्त्री नन्दसिंह बुढाको निजी सचिवालयले सानोतिनो बिलमात्र होइन, कर्णाली–रारा पर्यटन वर्षको लाखौं रकमसमेत फर्जी बिल बनाएर भुक्तानीको माग गरिरहेको उनले बताए ।

सचिव झाका अनुसार वैशाख १ गतेको पर्यटन वर्ष घोषणा कार्यक्रमका लागि मन्त्रालयले निजी सचिवालयका कर्मचारी शिखर चपाईं, शेरबहादुर रोकाया र मुकुन्दनाथ योगीलाई ९–९ लाख रुपैयाँ पेस्की दिएको थियो । तर, अहिलेसम्म त्यो रकम फस्र्योट भएको छैन । ‘सबै गरेर खर्च मुस्किलले पाँच लाख रुपैयाँ भएको होला, तर उहाँहरूले सबै रकम खर्च भयो भनेर फस्र्योट गर्न दबाब दिइरहनुभएको छ, मैले कर्णालीका गरिब जनताको नाममा आएको यत्रो रकम कसरी दुरुपयोग गर्न सक्छु ?’ उनले भने ।

स्वकीय सचिव बुढाले धम्की दिएको स्वीकारे । ‘मैले उहाँलाई धम्की दिएकै हो, हातपात गरेको होइन,’ उनले भने, ‘मन्त्रीज्यू नभएको मौकामा अपमानजनक व्यवहार भएपछि बाध्य भएर धम्की दिएको हुँ।’

जिल्ला प्रहरीका डीएसपी श्याम चौधरीले स्वकीय सचिव बुढालाई करिब चार घण्टा नियन्त्रणमा राखेको बताए।

प्रकाशित १० जेठ २०७५, बिहिबार | 2018-05-24 07:56:34
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...