केकी अधिकारी भन्छिन्ः गर्भवती भएझैं महसुस भएको छ


Infocus


म्युजिक भिडियो हुँदै ‘स्वर’बाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी केकी अधिकारी ‘कोहलपुर एक्सप्रेस’बाट पूर्ण निर्माताका रूपमा अगाडि आउँदैछिन्।

NIC ASIA

फिल्मले दिएको व्यस्ततालाई हेरेर केकी आफैले फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा भनेकी थिइन्, ‘यति धेरै टेन्सन छ त्यही पनि म किन बेहोस हुन्न?’

फिल्म निर्माणको अुनभवबारे केकीसँगकाे अन्तर्वाता आजको नागरिक दैनिकले छापेको छ।
के केकीलाई यतिबेला बेकारमा फिल्म बनाउन हतारिएछु भन्ने लागेको छ?

बेकारमै फिल्म बनाउन तम्सिएँ भन्ने त लागेको छैन। संसारकै गाह्रो काममा हात हालिएछ भन्नेचाहिँ लागेको छ।

के–के चिज गाह्रो हुँदाेरहेछ त?
फिल्म निर्माणकै दुइटा चरण हुन्छन्, सुटिङअघि र सुटिङपछि। सुटिङअघि आर्थिक पाटोमा हल्का टेन्सन हो, अनि अलि-अलि कास्टिङमा झन्झट हुँदाेरहेछ। तर सुटिङपछि चाहिँ राम्रो काम निकाल्नलाई अलि धेरै अप्ठेरो हुँदाेरहेछ। -

तपाईँ आफै ह्युमन रिसोर्स म्यानेजमेन्टमा डिग्री होल्डर हुनुहुन्छ, पढेको काम लागेन त?
खासै लागेन भन्नुपर्ला। सिद्धान्तका कुरा र व्यवहारका कुरा फरक परिहाल्छ नि। अझ त्यसमाथि हामी त्यति धेरै व्यासायिक हिसाबले पनि त काम गर्दैनौं नि। म पाँच महिनादेखि यही फिल्मकै लागि खटिइरहेकी छु। अरू कुनै प्रोजेक्ट नगरी लामो समय बसेको यो पहिलोपटक हो। मलाई त गर्भवती भएझैं महसुस भएको छ। मानौं ५ महिनाको बच्चा बोकेर हिँडिरहेकी छु।

फिल्मको कुरा गरौं, धेरैले केकीलाई बौद्धिक अभिनेत्रीका रूपमा चिन्छन्। तर केकीले फिल्म निर्माण गर्दा कमेडी जस्तो हल्का विषय छान्यो भनिरहेका छन्। किन यो विधामा फिल्म?
हो मैले बलेकै आगो ताप्न खोजेकी हुँ। यसका पछाडि दुइटा कारण छन्, पहिलो त निर्माता बन्ने निर्णय गरेर म आफैले एक खालको रिस्क लिएँ, किनकि छँदाखाँदाको अभिनय करिअर छाडेर म फिल्म बनाउन आएकी हुँ।

प्रकाशित १० बैशाख २०७५, सोमबार | 2018-04-23 08:32:17
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रक्सौल-काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि भएको सहमति पत्र आदान-प्रदान

    जम्मु-कश्मीरमा रेलमार्ग बनाउने कम्पनीलाई रक्सौल-काठमाडौं रेलमार्गको जिम्मा

    भारतको आर्थिक लागतमा निर्माण हुने यो रेलमार्गको निर्माण चाहिँ भारतीय रेल मन्त्रालय अन्तर्गतको ‘इष्ट सेन्ट्रल रेलवे’ ले गर्नेछ। कोंकणलाई पूर्व...

  • जयपुरी (बायाँ) र ओनसरी २०७४ को निर्वाचनमा बामगठबन्धनको विजयपछि

    रोल्पाका दुई नेतृलाई फापेको एमाले-माओवादी एकता

    पहिलो संविधान सभा कालमा दुबै जना छोटो समयका लागि मन्त्री बने। ओनसरी युवा तथा खेलकुद मन्त्री बनिन् भने जयपुरी महिला बालबालिका तथा समाज कल्याणमन्त्री।

  • मौलाना खुर्सिद आलम अन्सारी

    सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

    इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना...

  • अलिबाबाको चमत्कारपछि चिनियाँ भन्छन्ः पैसा हुनुपर्छ, चीनमा नपाइने केही छैन

    सन् १९९५ मा शाङ्हाइमा पहिलोपटक इन्टरनेट जोडिएपछि चीनमा प्राविधिक क्रान्ति नै शुरू भयो। त्यसको अगुवाइ गर्ने व्यक्ति थिए, हाङ्चौका वासिन्दा एवं बियर...