स्वैच्छिक अवकाश रोकिँदा ९,६५६ कर्मचारी अन्योलमा



स्वैच्छिक अवकाश प्रक्रिया एक महिनादेखि अनिर्णीत हुँदा आवेदन दिएका ९ हजार ६ सय ५६ कर्मचारी अन्योलमा परेका छन् ।

प्रधानमन्त्री र सामान्य प्रशासनमन्त्रीले कर्मचारीलाई स्वैच्छिक अवकाशमा नपठाउने अभिव्यक्ति दिएपछि ऐन जारी गरेर ल्याइएको प्रक्रिया नै अनिर्णीत बनेको हो ।

‘स्वैच्छिक अवकाशको नीति रद्द भएको छैन, अघि बढेको पनि छैन, के हुन्छ भनेर अन्योलमा परेका छौं,’ आवेदन दिएका एक अधिकृतले भने । प्रधानमन्त्री केपी ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको अभिव्यक्तिपछि स्वैच्छिक अवकाश इकाईले एक महिनादेखि काम रोकेको छ ।

कर्मचारी समायोजन ऐन २०७४ अनुसार आवेदन दिएका कर्मचारीको नामावली चैत १३ गतेभित्रै सार्वजनिक गरिसक्नुपर्ने थियो । स्वैच्छिक अवकाश इकाईले देशभरबाट आवेदन दिने कर्मचारीको निवेदन रुजु गरिसके पनि नामावली गोप्य राखिएको खबर अाजकाे कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन्। 

आवेदन दिने कर्मचारीको नाम, संकेत नम्बर र कार्यालय खुलाएर रुजु गरिसकिएको इकाईका उपसचिव धर्मराज रोकायले बताए ।

कार्यतालिकाअनुसार कर्मचारीलाई स्वैच्छिक अवकाश दिएर घर पठाउनुपर्ने बेला प्रक्रिया नै अलमलमा परेको हो । ‘आवेदन दिने कर्मचारी मात्र होइन, हामी पनि अनिर्णयको बन्दी भएका छौं,’ मन्त्रालयका एक अधिकारीले भने, ‘मन्त्रीले बोलेका कुरामा हामीले केही गर्न सक्ने कुरा भएन । कानुनी तरिकाले स्वैच्छिक अवकाश प्रक्रिया स्थगित वा रद्द गरिएको पनि छैन ।’

ऐन जारी गरेर ल्याएको प्रक्रिया खारेज गर्ने भए अर्को कानुन बनाएर अघि बढ्नुपर्ने पूर्वप्रशासक शारदाप्रसाद त्रिताल बताउँछन् ।

‘आवेदन लिइसकिएको छ, यस्ता कर्मचारीलाई काममा खटाएर सरकारले फाइदा लिन सक्दैन,’ उनले भने, ‘अन्योलमा राखेर कर्मचारीलाई गिजोल्ने काम भएको छ ।’

सरकारले अयोग्य कर्मचारीलाई बिदा गर्ने र योग्यलाई काममा लगाउने नीति लिनुपर्ने उनको सुझाव छ । ‘कि सुरुमै स्वैच्छिक अवकाश प्रक्रिया थाल्नु हुन्थेन, आवेदन लिइसकेपछि प्रक्रिया टुंगो लगाउनुपर्छ,’ उनले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले स्वैच्छिक अवकाश नीति अघि बढाएको थियो । पाँच सचिवसहित ९ हजार ६ सय ५६ कर्मचारीले संघ, प्रदेश र स्थानीय तहमा समायोजन नहुने भन्दै स्वैच्छिक अवकाशका लागि निवेदन दिएका थिए । आवेदन दिएका कर्मचारी कार्यक्षेत्रमा गएका छैनन् ।

उनीहरू स्वैच्छिक अवकाश प्रक्रिया के भयो भन्दै दैनिक इकाई कार्यालय धाइरहेका छन् । ‘हरेक दिन ५० भन्दा बढी कर्मचारी बुझ्न आउनुहुन्छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘हामीसँग उहाँहरूलाई दिने जवाफ नै छैन ।’

अवकाशका लागि ७० प्रतिशत श्रेणीविहीन कर्मचारीले आवेदन दिएका छन् । सरकारले ५० वर्ष उमेर नाघेका र सेवा अवधि कम्तीमा २० वर्ष पूरा भएका कर्मचारीलाई अवकाश दिएर घर पठाउने उद्देश्यले ऐन ल्याएको थियो । ऐनमा अवकाशमा जाने कर्मचारीलाई सात वर्षको पेन्सन एकमुष्ट दिने प्रावधान छ ।

प्रधानमन्त्री र सामान्य प्रशासनमन्त्रीले भने काम गर्ने कर्मचारीलाई घर पठाउँदा राज्यको व्ययभार थपिने तर्क गर्दै आएका छन् । कर्मचारी अपुग भएका बेला अनुभवी कर्मचारीलाई बिदा नगर्ने मन्त्री पण्डितले बताए । नियमित अवकाश हुने बेला भएका कर्मचारीले पनि सेवा–सुविधाको आसमा स्वैच्छिक अवकाशमा आवेदन दिएका थिए ।

स्वैच्छिक अवकाशका लागि निवेदन दिए पनि नियमित अवकाश पाइसकेका कर्मचारीको संख्या एक हजार छ । उनीहरू पेन्सन सुविधाबाट पनि वञ्चित भएका छन् ।

यसैबीच मन्त्रालयले स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड २०७४ जारी गरेको छ । स्थानीय तहमा जान चाहनेका लागि इच्छुक कर्मचारीबाट निवेदन माग गर्दै सूचना जारी गरिएको हो । सूचना जारी भएपछि स्वैच्छिक अवकाश लिन नाम दर्ता गराएका कर्मचारीमा झनै अन्योल थपिएको छ ।

‘जागिरबाट बिदा लिने भनेर निवेदन दिएको, केही निर्णय भएको छैन । फेरि स्थानीय तहमा जान इच्छुक भए निवेदन दिनू भनिएको छ,’ ती अधिकृतले कान्तिपुरसँग भने ।

एक महिनासम्म सरकारले अन्योलमा राख्दा कामकाजमा समस्या भएको मन्त्रालयका एक सहसचिवले बताए । उनले भने, ‘स्वैच्छिक अवकाश नदिने भए प्रक्रिया अघि बढाउनु हुन्थेन । प्रक्रिया यसरी रोक्नुभन्दा कानुन बनाएर टुंगो लगाउनुपर्छ । कर्मचारीको मनस्थितिमै असर परेको छ ।’

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले सरकारले नै नचाहेका कारण अवकाश प्रक्रिया स्थगित भएको बताए ।

प्रकाशित १० बैशाख २०७५, सोमबार | 2018-04-23 08:05:47
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...