पहिला मोदीलाई स्वागत गर्ने कि चीन जाने ओली दोधारमा




प्रधानमन्त्री केपी शर्मा अाेली
प्रधानमन्त्री केपी शर्मा अाेली

भारतको तीनदिने राजकीय भ्रमणलगत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बेइजिङ पठाएका प्रधानमन्त्री केपी ओली पहिला चीन भ्रमण गर्ने कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंमा स्वागत गर्ने दोधारमा छन्।

NIC ASIA

ज्ञवालीको भ्रमणक्रममा चीनले ओलीलाई स्वागत गर्न आतुर रहेको सन्देश दिएको छ भने कूटनीतिज्ञहरूले भारतीय समकक्षीलाई चीन भ्रमणअगावै काठमाडौंमा स्वागत गर्न सुझाएका छन् । यसले प्रधानमन्त्रीलाई निर्णय लिन कठिन बनाएको खबर आजको कान्तिपुर दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन्।

‘प्रधानमन्त्री स्वयंले निर्णय गरिसक्नुभएको होला तर हामीलाई यसै गर्नू भन्नुभएको छैन,’ ओली निकटस्थले भने, ‘परराष्ट्रमन्त्री ज्ञवालीसँग छलफलपछि दुवै उच्चस्तरीय भ्रमणको टुंगो लाग्छ ।’ स्रोतका अनुसार मोदी काठमाडौं ओर्लनुअघि नै प्रधानमन्त्री बेइजिङ पुगेर फर्कनेबारे आन्तरिक छलफल चलिरहे पनि निर्णय हुन बाँकी छ। भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण वैशाख अन्तिम वा जेठ पहिलो साता नै हुनसक्ने परराष्ट्रका अधिकारी बताउँछन् । भारतीयले उक्त चाहना कूटनीतिक माध्यमबाट व्यक्त गरिसकेको भए पनि त्यसको निर्णय भएको छैन।

प्रधानमन्त्री भएपछि पहिला दिल्ली जाने परम्परालाई निरन्तरता दिएका ओलीलाई चीन भ्रमण तत्काल गर्न एक प्रकारको दबाब छ । परराष्ट्र मन्त्रालयमा प्रधानमन्त्रीको उत्तर यात्रा र मोदीको काठमाडौं यात्राबारे लगातार छलफल भइरहे पनि कुन पहिला भन्ने टुंगो लाग्न सकेको छैन।

ओलीले जेठ १५ मा संसद्मा बजेट पेस गर्नुअघि आफ्नो कुनै भ्रमण नहुने बताएकाले पनि तयारी गर्न अन्योल भएको परराष्ट्रका एक अधिकारीले बताए । यद्यपि प्रधानमन्त्री जतिसक्दो छिटो चीन जाने वातावरण परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो भ्रमणक्रममा मिलाएका छन् । दुई वर्षअघि प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौता कार्यान्वयन तहमा नआएकाले त्यसलाई मूर्त रूप दिन ओलीको चीन भ्रमण उपयोगी हुन सक्ने अधिकारीहरू बताउँछन्।

उच्चस्तरको भ्रमण वर्ष भनिरहेको अवस्थामा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण वा ओलीको चीन भ्रमण हुनुलाई अस्वाभाविक मानिएको छैन तर भ्रमणको प्राथमिकता अन्योलमा रहेको अधिकारीहरू बताउँछन्। ‘भ्रमणहरूबारे छलफल भइरहेको छ । प्रधानमन्त्रीको राजकीय भारत भ्रमणमा र त्यसपछि पनि उच्चस्तरको भ्रमणबारे छलफल भइरहेको छ । अहिले नै यो वा त्यो भन्नुभन्दा बजेटको तयारीले केही ढिला हुन सक्छ तर निर्णय भइसकेको छैन,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भने, ‘प्रधानमन्त्रीको भ्रमण पनि हुन्छ। दुवै छिमेकबाट नेपालमा पनि भ्रमण हुन्छ । अहिले सबै भ्रमण छलफलकै चरणमा छन्।’

भारतीयहरूले तिथि नै सार्वजनिक गरिसके नि भन्ने जिज्ञासामा उनले भने, ‘त्यो उनीहरूको विषय हो । हामीले यहाँको अवस्था र अनुकूलता पनि हेर्नुपर्छ ।’ बजेट सेसन आरम्भ हुँदै छ । अहिले प्रधानमन्त्री एमाले–माओवादी एकता टुंगोमा पुर्‍याउन लगातार छलफलमा छन्।

तीनै तहको चुनाव सम्पन्न भएर नयाँ तथा बलियो सरकार गठनपछि भएको परराष्ट्रमन्त्री ज्ञवालीको चीन भ्रमण आफैंमा अर्थपूर्ण छ । ओली सरकारले चीनसँगको सम्बन्धलाई निकै महत्त्व दिएको छ । ‘समृद्ध नेपाल र सुखी नेपालीको नारामा अडेर छिमेकी मुलुकसँग सहकार्य गर्न सरकार चुक्दैन,’ उनको भनाइ छ।

‘भ्रमण हुने विषयमा छलफल चलिरहेको छ । हुन्छ नै तर अहिले नै यो वा त्यो भन्न सक्ने अवस्था छैन । केही ठोस निक्र्योलमा हामी पुग्न लागेका छौं । दुवैतर्फको अनुकूलताले नै भ्रमण हुने हो,’ चीनबाट फर्केपछि शनिबार उनले कान्तिपुरसँग भने, ‘अब छलफल गर्छौं र तय गर्छौं । हामी अहिले छलफलमै छौं।’

विदेश नीतिमा छिमेकले बढी र पहिलो प्राथमिकता पाउने उल्लेख गर्दै ज्ञवालीले बेइजिङमा भनेका थिए, ‘चीनसँगको सम्बन्धलाई हामीले ठूलो महत्त्व दिँदै आएका छौं । हाम्रो सिद्धान्तअनुसार नै एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता पुनस् दोहोर्‍याउँछु ।’ दुई वर्षअघि भएका सम्झौताको समीक्षा पनि उनको भ्रमणमा भएका छन् । पारवहन सम्झौता तथा नेपाल–चीन खुला व्यापारका लागि संयुक्त रूपमा सम्भाव्यता अध्ययन गर्ने समझदारी कार्यान्वयनबारे छलफल भए पनि अझै त्यसमा ठोस उपलब्धि हुन सकेको छैन।

‘हामीले पारवहन सम्झौताबारे विमर्श गर्‍यौं र आगामी दिनमा यसलाई अन्तिम रूप दिन सहमत भयौं । चीनसँगको व्यापारमा नेपालले बेहोर्नुपरेको ठूलो घाटामा सुधार गर्न सहयोगी उपाय अपनाउन आग्रहसमेत गरें,’ उनले भने । उनले जतिसक्दो छिटो प्रधानमन्त्रीको चीन भ्रमण हुने बताएका थिए।

ज्ञवालीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतको समझदारी कार्यान्वयन गर्ने सम्बन्धमा समेत छलफल भएको बताएका छन् । यसका लागि अर्थ र परराष्ट्र सचिवले परियोजना छनोट गरिसकेका छन् । यो परियोजनाले भौतिक पूर्वाधार, रेलमार्ग, सडकमार्गसहित सीमापार ‘कनेक्टिभिटी’ को विकास, व्यापार विस्तार, पर्यटन, लगानी र जनस्तरको सम्बन्धमा योगदान दिने नेपालको अपेक्षा रहेको उनले उल्लेख गरे । ‘सीमापार बहुआयामिक यातायात सञ्जाल विकास गर्ने विषयमा छलफल भएको र यसले छिट्टै मूर्त रूप पाउने उनको धारणा छ।

चीनले अघि बढाएको बीआरआईमार्फत साझा समृद्धिका लागि व्यापार र आर्थिक एकीकरणको क्षेत्रमा सहकार्य गर्न नेपाल तयार रहेको उनको धारणा छ । ‘सहकार्यमा उपलब्धि हासिल गर्न सँगसँगै अगाडि बढ्न नेपाल र चीनले समझदारी गरिसकेकाले त्यहाँ छिट्टै पुग्ने विश्वास छ,’ उनले भने, ‘चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको
विषय हो।’

चिनियाँ पक्षले भने नेपाल शान्ति, स्थायित्व र विकासको युगमा प्रवेश गरेकाले अब भारतसँग पनि सहकार्य गरेर विकास अघि बढाउनुपर्नेमा जोड दिएको छ । ज्ञवालीसँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले विकासका लागि सहकार्यमा जोड दिइसकेका छन्।

केरुङसम्म चिनियाँ रेल आएपछि काठमाडौंसम्मको नेपाल–चीन सीमापार रेलमार्ग तथा काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको अवधारणा अघि बढेको र सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने कामसमेत भइरहेको छ । विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने तयारी रहेकाले त्यसमा कुन तवरबाट काम हुने अन्योल छ । नेपाल र चीन दुवैको हित हुने परियोजना छनोट गर्न तथा चिनियाँ सरकारको सहयोगमा बन्ने परियोजनालाई प्रभावकारी ढंगले लागू गर्न संयन्त्र निर्माण गर्ने सहमति ज्ञवालीको चीन भ्रमणमा भएको छ।

यद्यपि यस्तो परियोजना छनोटको विषयमा यसअघि नै अर्थ र परराष्ट्र सचिवले काम गर्दै आएका थिए । चीन सरकारले आफ्ना प्रमुख सहरमा नेपाललाई मुख्य पर्यटकीय गन्तव्यका रूपमा प्रचार गरिदिएमा चिनियाँ पर्यटक नेपालमा वृद्धि हुने बुझाइ नेपालको छ । यसमा नेपालले चीनलाई औपचारिक आग्रह गरिसकेको छ।

नेपालले निकै जोड दिएको क्रस हिमालयन रेलमार्गलाई चीनले समेत सकारात्मक रूपमा लिएको छ । त्यो रेल नेपाल हुँदै कुन अन्तर्राष्ट्रिय सञ्जालमा जोड्ने भन्ने विषय चीनका लागि महत्त्वपूर्ण रहन्छ भने नेपाललाई चीनको रेल काठमाडौं ल्याउनु नै महत्त्वको विषय हो । रेलमार्ग नेपाल सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारेको भए पनि चीनले नेपालले गर्ने तयारीलाई हेरिरहेको छ । ज्ञवालीको चीन भ्रमणक्रममा हिमालयन क्षेत्रमा बहुआयामिक यातायात सञ्जाल विस्तार गर्न सहमति जुटेको छ । तर, त्यसका लागि दुवै देशले परियोजना छनोट गरी अन्तिम रूप दिनुपर्ने हुन्छ।

प्रकाशित ९ बैशाख २०७५, आइतबार | 2018-04-22 08:30:21
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • काेशी ब्यारेज

    काेशी ब्यारेजलार्इ काेबाट खतरा: अातंककारी समूह कि स्वयं भारत?

    सन् २०१६ को जुलाई महिनामा एउटा खबर भारतीय मिडियामा आयो। त्यसको सारांश थियो, ‘कोशी ब्यारेज बमले उडाउने अन्तर्राष्ट्रिय आतंकवादी संगठन आईएसको धम्की।’

  • नेपालमा पहिलो पटक म्याच फिक्सिङ सम्बन्धी कानुन, यस्तो हुनेछ सजाय

    नेपालमा पहिलोपटक म्याच फिक्सिङ(खेल मिलोमतो) सम्बन्धी कानुन लागु भएको छ।

  • नख्खु कारागार

    थुनामुक्त भएकाे डेढ वर्षसम्म पनि कारागारमै गौबहादुर

    उनी हरेक दिन आफूलाई लिन आउने परिवारका सदस्यको बाटो रुघेर बस्छन्। ब्लकका अन्य कैदीबन्दीलाई उनी ‘आजै आफू घर जाने’ भनेर सुनाउँछन्। तर, उनलाई लिन कोही...

  • बिदुर कार्की

    अध्यक्ष हुँदा पञ्चायती गर्थें, मेयर भएपछि अर्बको बजेटमा काम गर्दैछुः बिदुर कार्की (अन्तर्वार्ता)

    बर्दिबास नगरपालिकामा नागरिकलाई नै आफ्नो सम्पत्तीको मूल्य र त्यसको कर घोषणा गर्ने जिम्मा छाडेका छौं। त्यसैले कर बढी भयो भन्ने गुनासो आएको छैन।