विमान दुर्घटनामा बाँचेका घाइतेका अश्रुमिश्रित खुसी


Infocus


भाग्यले बाँचेको महसुस गरिरहेका मेहदी हसन सोमबार साँझ काठमाडौं मेडिकल कलेजको शैयामा रोइरहेका थिए।

NIC ASIA

२९ वर्षीय उनले दायाँ हातले मोबाइल उठाएर आफू सकुशल भएको जानकारी परिवारलाई दिइरहँदा उनको बायाँ खुट्टाबाट रगत बगिरहेको थियो ।

४४९ नं. को शैयामा हसनको अवस्था देखेपछि डाक्टरहरू उनीतिर दौडिए। युएस बंगला एयरलाइन्सको विमानबाट घुम्न नेपाल आउँदै गरेका उनको केएमसीमै उपचार भइरहेको छ। उनको टाउको, करङ र खुट्टामा चोट लागेको छ। ‘पेटमा पनि समस्या भएझैं लागिरहेको छ,’ उनले भने।

४३ वर्षीय बंगलादेशी नागरिक अहमद सहरिनको दायाँ कुम जलेको छ। छातीमा समेत चोट लागेकाले उनी कृत्रिम श्वास लिइरहेका छन् । उनीजस्तै घाइते भएका १२ जनाको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ।

नर्भिकमा पाँच, ग्रान्डीमा तीन, ओम र मेडिसिटीमा एक÷एक गरी २२ जनाको उपचाररत छन् । उपचाररत सबैको टाउको, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिपेश गौतमले लेखेका छन्।

काठमाडौं मेडिकल कलेजका कार्यकारी प्रमुख डा. दामोदर पोखरेलका अनुसार घाइतेको हड्डी, नशा, टाउकोलगायत अंगमा चोट लागेको छ । विमानस्थलबाट सबैभन्दा नजिक पर्ने भएकाले २५ जनालाई एम्बुलेन्समा काठमाडौं मेडिकल कलेज पुर्‍याइएको थियो।

जसमध्ये आठ जनाको बाटोमै मृत्यु भयो । शारीरिक अवस्था हेरेर सम्बन्धित विभागमा उपचार भइरहेको डा। पोखरेलले जानकारी दिए । घाइतेको शरीरको केही भाग जलेको छ । उनीहरूको सिटिस्क्यान गर्नेलगायत परीक्षण भइरहेको छ।

मेडिकल कलेजमा धर्मेन्द्रसिंह पुजाना, स्वराना, इमराना कविर, पिंकी धामी, सुमिना व्यञ्जनकार, कविर हुसेन, रसिद हसन, रिजाना अब्दुल्ला, डा. इरजाना, एमडी सहिनको उपचार भइरहेको डा। पोखरेलले बताए । अस्पतालमा प्रारम्भिक उपचार गराएपछि किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी, दयाराम ताम्राकार र केशव पाण्डेलाई भने अन्यत्र रिफर गरिएको छ।

सहनै नसकिने पीडा भोग्नुपरे पनि बाँच्न सफल भएकोमा घाइतेहरू खुसी देखिन्छन् । सँगै यात्रा गरेका थुप्रै व्यक्ति गुमेको पीडा पनि उनीहरूको आँखामा प्रस्टै झल्किन्थ्यो।

दुर्घटनाको आधा घन्टापछि नै प्रधानमन्त्री केपी ओली अस्पताल पुगेर घाइतेलाई भेटेका थिए। उनले उपचारमा कमी हुन नदिन र प्रभावकारी उपचार व्यवस्था गर्न निर्देशन दिएका थिए।

प्रकाशित २९ फागुन २०७४, मंगलबार | 2018-03-13 09:29:24
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • पुष्कर कार्की

    एआईजीको फुली थाप्नासाथ बेहोस ‘दोस्त’ भेट्न अस्पताल

    ‘संगठनभित्रको आन्तरिक बिषय बाहेक अन्यले हाँस्ने, टीका टिप्पणी गर्ने, कसले कहाँ बस्दा के गर्यो, को प्रहरी कर्मचारी कसको पक्षमा लागेर हिँडेको छ भनेर...

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...