अमेरिकाको लोभ देखाएर लेबनान


Infocus



आकर्षक पारिश्रमिक र अमेरिका जान पाउने लोभ देखाएर पछिल्लो समय नेपाली महिलालाई लेबनान पुर्‍याउने क्रम बढेको छ।

जबकि लेबनानमा कार्यरत महिला भने अध्यागमनमा जरिवाना तिरेर भए पनि स्वदेश फर्कन खोजिरहेका छन्। लेबनान पुग्ने नेपाली महिला कामदारले भनेजस्तो सजिलो काम नपाउने मात्र होइन, चरम यातनासमेत भोग्ने गरेको बताइन्छ।

लेबनानसमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार अवैध रूपमा त्यहाँ पुग्ने नेपाली कामदारलाई स्वदेश फर्कन पनि सजिलो नभएको खबर आजको कान्तिपुर दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन्। अध्यागमन शुल्क बुझाएर मात्र पनि फर्किन सकिँदैन, लामो कागजी झन्झट पूरा गरेर चर्को शुल्क बुझाउनुपर्छ । ‘नेपाली महिलाका लागि लेबनान न काम गर्न सहज छ न फर्किन नै,’ दूतावासका एक अधिकारीले भने ।

‘लेबनान, युद्धग्रस्त सिरियासहित अन्य अफ्रिकी मुलुकमा पछिल्लो समय नेपाली महिला घरेलु कामदार अलपत्र पर्ने क्रम बढेको छ,’ इजिप्टका लागि नेपाली राजदूत झविन्द्र अर्यालले भने, ‘हामी लगातार उद्धारमा लागिरहेका छौं । यता पठाउनेहरूलाई पत्ता लगाएर कारबाही नगरेसम्म त्यो शृंखला रोकिँदैन ।’

दूतावासले फिर्ता पठाएका पीडितको बयान र उजुरीका आधारमा मानव तस्करीमा संलग्नलाई तत्काल कारबाही गर्न र जनचेतना फैलाउनसमेत उनले सरकारलाई सुझाएका छन् । जनचेतनाको कमीले पनि यस्ताको लोभमा नेपाली महिला पर्ने गरेको उनको भनाइ छ । लेबनान अमेरिकी प्रभाव रहेको मुलुक भएको र त्यहाँ नेपाली शान्ति सेना खटिएको भन्दै मानव तस्करले कामदार लैजाने गरेका छन् ।

शान्ति सेना भएका कारण समस्या नपर्ने र पछि अमेरिका जानसमेत सहज हुने झूटो आश्वासन दिएर घरेलु कामदारका रूपमानेपाली महिला त्यहाँ पुर्‍याउने गरिएको छ । कतिपयलाई युरोप लैजाने भनेर पनि त्यहाँ पुर्‍याइएको जानकारी आएको पनि दूतावासले उल्लेख गरेको छ ।

राजदूत अर्यालका अनुसार लेबनानबाट पछिल्लो तीन महिनामा दुई पटक गरी १७ नेपाली महिलाको उद्धार गरिसकिएको छ । काठमाडौं विमानस्थलबाट अर्कै मुलुक पुर्‍याई त्यहाँबाट लेबनान लैजाने काम भइरहेको जानकारी दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ ।

लेबनानमा ८ सय ७२ नेपाली सैनिक शान्ति मिसनमा छन् । लामो समयदेखि लेबनानमा अवैध रूपमा बस्दै आएका ६ नेपाली महिलालाई आइतबार काठमाडौं पठाइएको पनि दूतावासले जनाएको छ ।

प्रकाशित २९ फागुन २०७४, मंगलबार | 2018-03-13 07:25:08
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • केपी शर्मा अाेली

    सचिवमार्फत् मन्त्रीहरुको ‘परीक्षा’ लिँदै प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको मनोमानी र कर्मचारीको ढिलासुस्ती रोक्न सचिवमार्फत् प्रत्येक मन्त्रालयको रिपोर्ट लिन थालेका छन्।

  • नारायणकाजी श्रेष्ठ

    पार्टीले जनता-कार्यकर्तासँग माफी माग्नुपर्छः नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता/भिडियाे)

    ‘जब सरकार पार्टीको एजेण्डा बन्दैन भने पार्टीले के गर्छ? सरकारको एजेण्डा पार्टीमा राखिएको छ, तर त्यसबारे छलफल भएको छैन। त्यसैले पार्टीले धेरै कुरा...

  • निरुता सिंह

    फर्कि आइन् ‘आँखामा आउने केटी’

    दक्षिणा, दर्पन छायाँ, माइती, मनमन्दिर, सिउँदोको सिन्दुर, आफ्नो मान्छे लगायत दर्जनौँ चर्चित फिल्ममा अभिनय गरेकी निरुताले ‘सकेन्ड इनिङ’ मा ‘दाल भात...

  • अपराध महाशाखा टेकूकाे पार्किंगमा बेवारिसे बीएमडब्लु। तस्विर: प्रविन काेइराला

    नयाँ वानेश्वरमा बेवारिसे अवस्थामा भेटियाे ४ कराेडको बिएमडब्लू कार

    महानगरीय अपराध महाशाखा, टेकूको प्राङ्गणमा एउटा सेतो रंगको गाडी एक साताभन्दा बढी समयदेखि थन्किएको छ।