हाइब्रिड मकैको घोगामा दाना नलागेपछि निरीक्षण गर्न माछा विशेषज्ञ पुगे




फाइल तस्बिर
फाइल तस्बिर

रौतहटको चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानमा मकै नफलेपछि त्यसको निरीक्षण गर्न मत्स्य विकास अधिकृत खटिएका छन्।

NIC ASIA

चन्द्रपुर ४ स्थित कप्तान टोलमा शनिबार विहान मकै निरीक्षण गर्न मत्स्य विकास अधिकृत रामकृपाल चौधरी पुगेका हुन्।

अधिकृत चौधरीले आफू मत्स्य विकास अधिकृत भए पनि सबै बाली हेर्नु पर्ने बाध्यता रहेको बताए। मकै निरीक्षण गर्न माछा विशेषज्ञ आएपछि स्थानीय भने छक्क परेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रौतहटबाट फणि महतले लेखेका छन्।

वाली विशेषज्ञ नखटाउँदा मकैमा दाना किन लागेन भन्ने पत्ता नलाग्ने स्थानीयले बताए।

मकैको निरीक्षण गरेपछि माछा विशेषज्ञ चौधरीले भने, स्थानीय तहमा कर्मचारी समायोजना भएपछि चन्द्रपुरमा म खटिएको छु। सम्बन्धित बाली विशेषज्ञ खटाउन कर्मचारी नै पुग्दैन। कृषिको सबै क्षेत्र मैले नै हेर्नुपर्छ।

बन्नी जातको हाइब्रिड मकैको घोगामा दाना नलागेपछि स्थानीय किसान चिन्तामा परेका छन्।

प्रकाशित १३ फागुन २०७४, आइतबार | 2018-02-25 08:57:25
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रामेश्वर गाैतम

    स्टेडियममा बसेर विश्वकप: नेपालकाे झन्डा फहराएर हुटिङ (भिडियाे)

    रसियामा विश्वकप फूटबल हुँदैछ भनेर यहाँ बस्दै आएका नेपालीबीच एक किसिमको ठूलै उत्साहको सञ्चार भएको छ।

  • पाइलट विजय लामा

    पाइलट विजय लामाको वाइडबडी सपना (भिडियाे)

    पाइलट विजय लामा ट्विनटर जहाजमा जोमसोमबाट पोखराको उडान गर्दै थिए। जहाजभित्र करिब १८ यात्रु थिए। एक्कासि जहाजलाई कालो बादलले छोप्यो।

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः भुजुङका मतियार प्रविण अग्रवाल पक्राउ

    सुन तस्करी र सनम शाक्य हत्या प्रकरणकाे अनुसन्धान गरिरहेकाे सरकारी समितिले अकबर शाह र डब्बु भन्ने इम्तियाज अन्सारीका साझेदार प्रविण अग्रवाललाई...

  • विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?

    क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्। लियोनल मेस्सीमा कुनै...