अस्पताललाई १ अर्व दान दिने दानवीर दम्पती सम्मानित


Infocus


दानवीर शाह दम्पती लाई सम्मान तथा अभिनन्दन गर्दै पूर्व गृहमन्त्री तथा प्रतिनिधीसभा सदस्य शक्तिवहादुर बस्नेत
दानवीर शाह दम्पती लाई सम्मान तथा अभिनन्दन गर्दै पूर्व गृहमन्त्री तथा प्रतिनिधीसभा सदस्य शक्तिवहादुर बस्नेत
हेमन्त के सी/रासस

श्रीकुञ्ज कान्तिपथका ९४ वर्षीय श्रीजंग शाह शनिबार दंग देखिन्थे। आफ्नै घरमा आएका पाहुनाको भीडले घेरिएका उनी एक–एक गरी सबैलाई नियालिरहेका थिए।

NIC ASIA

बाँकेको फत्तेबाल आँखा अस्पताललाई आफू बसिरहेको घरसहित ३ रोपनी ३ आना ३ पैसा २ दाम जग्गा दान दिएसँगै वाहवाही पाएका उनी घरमा आएका पाहुनासंँग फोटो खिचाउन व्यस्त रहेको खबर आजको कान्तिपुर दैनिकमा बिमल खतिवडाले लेखेका छन्।

पारिवारिक स्रोतका अनुसार दान गरेको घर र जग्गाको मूल्य एक अर्ब बराबरको हुन आउँछ। लौरोको सहारामा भीडमा उभिएका शाहले दान गर्न पाउँदा आत्मबल बढेको बताए। ‘यो मेरो पैतृक सम्पत्ति हो,’ उनले भने, ‘१र२ वर्षअघिदेखि नै केही गरौं भन्ने लागेको थियो, गीता र बाइबल पनि पढें, आमाबुवा दानी हुनुहुन्थ्यो, उहाँहरूले जग्गा दिएर अस्पताल स्थापना भएको थियो, उहाँहरूकै प्रेरणाले सम्पत्ति दान गर्न हौसला मिल्यो।’ उनले गत फागुन ३ मा अस्पतालका नाममा जग्गापास गरिदिइसकेका छन्।

उनको र पत्नी रुद्रकुमारीको मृत्युपश्चात् उक्त जग्गा अस्पतालले पाउने छ। ‘जो कसैको आत्माले कुभलो नचिताओस्,’ उनले भने, ‘राम्रो काम गर्दा आत्मबलमात्र हैन, आत्मसन्तुष्टि पनि मिल्दो रैछ।’ शाह फत्तेबाल आँखा अस्पतालका संरक्षक हुन्। ‘यो उमेरमा पनि म बाँचिरहेको छु, यो सबै आत्मबलले गर्दा हो,’ उनले भने, ‘विश्वभर दिनमा करोडौं मान्छे जन्मिन्छन् र त्यति नै संख्यामा मर्छन्, तर तिनको गन्ती हुँदैन, त्यसैले समाजका लागि जसले गर्छ, उसको गन्ती पछिसम्म हुन्छ।’ उनले देशमा अमर रहने काम गर्नुपर्ने बताए।

शाहको पुर्खौली जाजरकोटमा भए पनि उनी काठमाडौंमा जन्मिए । बाँके, बर्दिया, कैलालीमा पुगेर जीवन व्यतित गरे। उनको योगदानको कदर गर्दै जाजरकोट समाज काठमाडौं र जाजरकोट समाज बाँकेले घरमै पुगेर शनिबार अभिनन्दन गर्‍यो।कार्यक्रममा जाजरकोटबाट निर्वाचित सांसद, अगुवा र बाँकेका युवा नेता तथा समाजसेवीको उपस्थिति थियो।

श्रीजंगको आडैमा रहेकी रुद्रकुमारी अरूले बोलेको कुरा सुनिरहेकी थिइन्। उनको मुहार हँसिलो थियो। ‘मान्छे भएर जन्मिएपछि सबैले सम्झिने काम गर्नुपर्छ,’ उनले मसिनो स्वरमा भनिन्, ‘त्यही काम हामीले गरेका हौं, सबैले राम्रो काम गर्नु भएको भन्दै स्याबासी दिँदा खुसी लागेको छ ।’ दम्पतीका एक छोरी छन्। ‘सबैले आफ्नो मात्र नहेरौं, देशलाई सम्झिने काम गरौं,’ श्रीजंगले भने, ‘त्यही काम मैले गरेको छु।’

अहिले उनलाई दैनिक राम्रो काम गरेको भन्दै स्याबासी दिनेको फोन आउने गरेको छ। उनी सबैलाई समाजले देख्ने र आफू अमर हुने काम गर्न सुझाउँछन्।

प्रकाशित १३ फागुन २०७४, आइतबार | 2018-02-25 08:52:21
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • पुष्कर कार्की

    एआईजीको फुली थाप्नासाथ बेहोस ‘दोस्त’ भेट्न अस्पताल

    ‘संगठनभित्रको आन्तरिक बिषय बाहेक अन्यले हाँस्ने, टीका टिप्पणी गर्ने, कसले कहाँ बस्दा के गर्यो, को प्रहरी कर्मचारी कसको पक्षमा लागेर हिँडेको छ भनेर...

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...