एमाले- माओवादीबीच मिल्यो पावर ‘सेयरिङ’, कुन पद कसलाई?




एमाले- माओवादी केन्द्रले पार्टी एकताको सहमतिसँगै सत्ता सञ्चालनका भागबन्डा टुंगो लगाएका छन्। दुवै वाम पार्टीले राष्ट्रपतिदेखि सभामुखसम्म पदीय भागबन्डा आपसी समझदारीमा टुंग्याइएको दुवै पार्टी नेताहरूले बताएका छन्।

NIC ASIA

‘दुई पार्टीबीच राष्ट्रपतिदेखि सभामुखसम्मको भागबन्डा भइसकेको छ’, माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले भने, ‘राष्ट्रपति एमालेलाई र सभामुख माओवादीले लिने समझदारी भएको छ।’ एमाले माओवादी केन्द्रबीच एमालेलाई राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष, १० वटा मन्त्रालय र माओवादी केन्द्रलाई उपराष्ट्रपति, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभा उपाध्यक्ष र ७ वटा मन्त्रालय दिने समझदारी छ।

यो सहमति एमाले माओवादीका दुई अध्यक्षदेखि वाम एकता संयोजन समितिका शीर्ष नेताहरूबीच भएको नेताहरूको भनाइ छ । दुई दलबीच भएका सहमतिमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनित गर्न पठाएका ३ जनाको सिफारिस फिर्ता लिँदै एमालेका २ र माओवादीका १ जना सिफारिस गर्नेसम्मका समझदारी थिए ।

सोही समझदारीका आधारमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा ३ जनाको नाम सिफारिस गरेको थियो । सिफारिसअनुसार राष्ट्रपतिले राष्ट्रियसभामा मनोनित गरिदिएपछि देउवा सरकारले सिफारिस गरेका तीन जना अदालत गुहार्न पुगेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

एमाले माओवादीबीच ओली सरकारलाई दुई तिहाइ सांसदको समर्थनयुक्त सरकार बनाउन पनि प्रयास भइरहेको छ । यसका लागि संघीय फोरमलाई सरकारमा ल्याउन पदीय बाँडफाँटमा सहमति प्रयास जारी छ । फोरमलाई प्रतिनिधिसभाको उपसभामुख र बढीमा दुई वटा मन्त्रालय दिएर सरकारमा सामेल गर्ने प्रयासमा एमाले माओवादीले छलफल गरिरहेका छन् ।

संघीय फोरम सरकारमा आए अहिले एमाले माओवादीले भागबन्डा गरेका मन्त्रालयबाटै मिलाउने र प्रतिनिधिसभाको उपसभामुख दिन दुई पार्टीले भागबन्डामा सहमति गरेका छन् । प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालले फोरम अध्यक्ष उपेन्द्र यादवलाई ७ फागुनमा बालुवाटारमै बोलाएर यसबारे छलफल गरेका थिए ।

माओवादीले प्रधानमन्त्री र पार्टी अध्यक्ष तथा राष्ट्रपति र संघीय व्यवस्थापिकाको सभामुखमध्ये रोजी एमाले र छाडी आफूले लिने गरी पावर सेयरिङ गर्नुपर्ने प्रस्ताव गरेको थियो । सुरुमा एमालेले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख आफूले लिएर उपराष्ट्रपति र राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिएर मनाउन खोजेको थियो । अन्त्यमा प्याकेज सहमतिका क्रममा माओवादीलाई सभामुख दिन एमाले लचिलो भएपछि पावर सेयरिङ विवाद मिलेको थियो ।

आन्तरिक किचलो बाँकी
एमाले माओवादीले पावर सेयरिङ टुंगो लगाए पनि नेताहरूको आन्तरिक व्यवस्थापन जटिल बनेको छ । यसैकारण दुवै पार्टीले आफूले पाएका मन्त्रालयमा मन्त्रीदेखि अन्य पदीय जिम्मेवारीमा जाने नेताको टुंगो लगाउन सकेका छैनन् । दुई पार्टीबीच भागबन्डा लगाउन सहज देखिए पनि आन्तरिक व्यवस्थापनले अहिले दुवै पार्टी नेतृत्वलाई पिरोलिरहेको वाम विश्लेषक श्याम श्रेष्ठ बताउँछन् ।

‘पार्टीगत रूपमा भागबन्डा नमिल्ने विषयमा समेत मिलेरै गएका छन् । पार्टीगत पावर सेयरिङमा समस्या देखिएन तर आफ्ना भागमा परेको भागबन्डामै धेरै आन्तरिक किचलो देखिन्छ । यो मिलाउन दुवैलाई सकस पर्ने देखिन्छ’, उनले भने । माओवादीमा नेताहरूको गृहमा मरिहत्ते रोकिएको छैन भने एमालेमा आकांक्षी नेता धेरै भएकाले व्यवस्थापन जटिल बनेको छ ।

श्रेष्ठको भनाइमा अहिले दुई वाम पार्टीले गरेको पावर सेयरिङ स्पष्ट धरातलका आधारमा भएकाले वस्तुवादी देखिन्छ । ‘ग्राउन्डमा एमाले ७० र माओवादी केन्द्रले ३० प्रतिशत नतिजा ल्याएका छन् । त्यही आधारमा अहिले दुवै दलले पावर सेयरिङ गरेको र गर्दै लगेको देखिन्छ’, उनले भने, ‘यस हिसाबले अहिले भइरहेको पावर सेयरिङ टिकाउ हुने देखिन्छ ।’

प्रकाशित १३ फागुन २०७४, आइतबार | 2018-02-25 07:48:09
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।