भारतीयद्वारा मेची नदी दोहन, नेपाली अधिकारी मौन


Infocus



सीमासम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि उल्लंघन गर्दै भारतले मेची नदिमा दशगजामै एस्काभेटर प्रयोग गरी ढुंगा, गिट्टी र बालुवा उठाइरहेको छ। भारतीय पक्षले लामो समयदेखि सीमा नदी मेची दोहन गरिरहँदा नेपाली अधिकारी मौन छन् ।

सीमासम्बन्धी महासन्धिमा दशगजा क्षेत्रवरपर कुनै किसिमको गतिविधि गर्न नपाइने प्रस्ट उल्लेख छ । तर, यहाँको ४७ नम्बर सीमा स्तम्भनजिकै भारतले खुलेआम नदी उत्खननगरिरहेको छ । सीमासम्बन्धी विषयका जानकार प्राध्यापक चिन्तामणि दाहालका अनुसार दशगजावरपर नेपाल र भारत दुवै देशले कुनै किसिमको गतिविधि गर्न मिल्दैन ।

भारतीय सीमा सुरक्षाबल (एसएसबी) को प्रत्यक्ष संलग्नतामा नदी दोहन भइरहेको स्थानीयको भनाइ छ । ‘बालुवा उठाउन्जेल दिनभर एसएसबीले गस्ती गरिरहन्छ’, एक स्थानीयले भने । भारतले मेचीनगरको सतिघट्टादेखि इलामसँग सीमा जोडिएको तिरिङसम्मै नदीबाट निर्माण सामग्री निकालिरहेको खबर आजको कान्तिपुर दैनिकमा झापाबाट पर्वत पोर्तेलले लेखेका छन्।

खासगरी भारतपट्टि निर्माणाधीन एसियाली हाइवेको सम्पूर्ण संरचना निर्माणमा मेचीकै गिट्टी, बालुवा र ढुंगा प्रयोग गरिएको छ । यसअघि नक्सलवाडीमा निर्मित राष्ट्रिय रेलवे स्टेसन र बाघडुग्रा विमानस्थलको स्तरोन्नतिका लागि पनिमेची नदीकै सामग्री प्रयोगगरिएको थियो । भारतलेमेचीकै ढुंगा बंगलादेशसमेत पठाइरहेको छ ।

मेचीनगर नगरपालिकाको भौतिक तथा पूर्वाधार विकास समितिका संयोजक कृष्ण कनालका अनुसार भारतले मेची नदीलाई एकलौटी पारेको छ । ‘नेपालीलाई भने गिट्टी, बालुवा झिक्न निषेध गर्दै आएको छ’, कनालले भने, ‘दोहनले नदीको धार नै फेरिएको छ ।’

स्थानीय बासिन्दाका अनुसार एस्काभेटर प्रयोगका कारण नदी गहिरिँदै गएको छ । मेचीनगरका मेयर विमल आचार्यले जथाभाबी उत्खनन गर्दा नदीले धार फेरेको बताउँदै भारतीय ‘दादागिरी’ रोक्ने प्रयत्न भइरहेको जनाए । उनका अनुसार एसएसबीबाट नहरको पानी बन्द गर्नेदेखि नेपाली ट्याक्टरहरू नियन्त्रणमा लिनेकाम भइरहेको छ । ‘यसको नियन्त्रणका लागि ठोस काम अघि बढेको छ,’ उनले भने, ‘भारतीय पक्षसँग समन्वय गर्नुको विकल्प छैन ।’

नजिकै एसएसबीका छुट्टाछुट्टै दुई क्याम्प छन् । एउटा पुलनजिक र अर्को खोलानजिक । दैनिक दर्जनौं ट्रक, ट्रिपर र ट्याक्टरमा बालुवा, रोडा र ढुंगा उठाइँदा नदीमा ठूल्ठूला खाल्डा बनेका छन् । यसले वर्षायाममा नेपालतिरको भूभागमा डुबान हुन सक्ने सम्भावना देखिन्छ । एसएसबीले नेपाली ट्याक्टर तथा ट्रकहरूलाई भने हप्किदप्की गर्दै नदीजन्य सामग्री उठाउन रोक्दै आएको छ । केही समयअघि बाहुनडाँगी क्षेत्रबाट एसएसबीले ट्याक्टर नियन्त्रणमा लिएको थियो । पछि जरिवाना तिराएर छाडेको थियो ।

भारतीयबाट भइरहेको गैरकानुनी गतिविधिप्रति नेपालको प्रहरी प्रशासनले आँखा चिम्लिरहेको छ । सीमा सुरक्षाका लागि भनेर खटाइएको सशस्त्र प्रहरी बल दोहनलाई नजरअन्दाज गरेर बसेको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय भद्रपुरका एसपी रमेशकुमार सुवेदीले दशगजा क्षेत्रमा नदी दोहन भएको पाइए भारतीय सुरक्षा अधिकारीहरूसँग अनुरोध गरेर रोक्न सकिने बताए । उनले भने, ‘दशगजामै दोहन भएको पाइए रोक्ने प्रयत्न गर्छौं तर उसको भूमिमा भइरहेको भए हाम्रो केही लाग्दैन ।’

प्रकाशित १३ फागुन २०७४, आइतबार | 2018-02-25 07:16:39
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट उडेकाे एयर एशियाकाे जहाज

    २१ करोड नतिराई एयर एशिया भगाउने को हो?

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीलाई एयर एशिया एक्सले काठमाडौं उडान रोक्दैछ भन्ने कुरा असोज अगाडि नै थाहा भइसकेको थियो।

  • प्रधानमन्त्रीको त्यो निर्देशन जसले एक निर्दाेष विद्यार्थीको भविष्य चौपट बनायो

    मंगलबार बिहान ९ बजे पूर्व एआईजी देवेन्द्र सुवेदीले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टरार्इको ट्विटमा एउटा रिप्लाई दिए।

  • भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी

    मोदीले गढ गुमाउँदाको क्षति कति ठूलो?

    सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा)लाई ऐतिहासिक बहुमत दिलाउन राजस्थान, छत्तिसगढ र मध्यप्रदेशको भूमिका महत्वपूर्ण थियो।

  • निगमकाे वाइडबडी अन्नपूर्ण विमान

    वाइडबडी खरिदमा कानुनका १४ वटा दफा उल्लंघन

    नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐनका १४ वटा दफा उल्लंघन भएको देखिएको छ।