योग्यता पुग्यो तर विकाशील मुलुक बन्न तयार छैन नेपाल




अल्पविकसित राष्ट्र (एलडीसी)बाट विकासोन्मुख राष्ट्र (डीसी)मा स्तरोन्नतिको लागि नेपालले दिगो र गुणस्तरीय सूचकांकलाई आधार मान्नुपर्ने अडान राखेको छ।

NIC ASIA

प्राविधिक रूपमा सन् २०१८ भित्रै नेपाल विकासोन्मुख राष्ट्रमा स्तरोन्नतिको सम्भावना रहे पनि स्तरोन्नतिका सूचकांकको विश्लेषण र आधार दिगो र गुणस्तर हुनुपर्ने अडान नेपालले राखेको खबर आजको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन्।

तीन मुख्य सूचकांकमध्ये कुल राष्ट्रिय आयमा नेपाल कमजोर देखिए पनि मानव सम्पत्ति र आर्थिक जोखिम सूचकांकमा नेपालको प्रगति सन्तोषजनक रहेको संयुक्त राष्ट्रसंघले बताउँदै आएको छ।

नेपालको सन्तोषजनक सूचकांक रहेकोले सन् २०१८ भित्रै नेपालमा विकासोन्मुख राष्ट्रको सूचीमा स्तरोन्नति हुने भए पनि नेपालले अहिलेको सूचकांक दिगो र गुणस्तरीय बनाउनुपर्ने भन्दै अडान राखेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले जानकारी दिए।‘संयुक्त राष्ट्रसंघ एलडीसी राष्ट्रको संख्या घटाउन चाहान्छ, नेपाललाई पनि सन् २०१८ भित्रै गर्न दबाब दिएको थियो,’ उनले भने, ‘तर, मानव सम्पत्ति र आर्थिक जोखिमको सूचकांक वर्तमान समस्या सम्बोधन गर्ने खालका नभइ पुरानो पुस्ताको विकास अवधारणलाई आधार मानेर गरिएकोले सूचकांकमा नै परिमार्जन तथा गुणस्तरीय र दिगोको कुरालाई उठाएका छौं।’

टर्कीको इस्तानबुलमा सन् २०११ मा सम्पन्न सम्मेलनले अति कमविकसित मुलुकको संख्या आधा घटाउने भन्ने लक्ष्य राखेको थियो।

अहिले दक्षिण सुडान पनि थपिएर अति कम विकसित मुलुकहरूको संख्या ५० वटा पुगेको छ। नेपाललाई पनि स्तरोन्नतिका लागि अन्तर्राष्ट्रिय दबाव छ तर हाम्रो अवस्था अझै सुध्रिएको छैन्। राष्ट्रसंघले आफ्नो धारणा बनाउनुअघि नै हामीले युरोपियन युनियनलगायतका दाताहरूसँग छुट्टाछुट्टै छलफल गर्नुपर्ने उनको भनाइ छ ।

अहिलेकै अवस्थमा स्तरोन्नति गरियो भने अति कम विकसित मुलुकहरूलाई दिइने पर्यावरण सहायता, व्यापार सहुलियत, अनुदानलगायतको सहयोगमा असर पर्छ भन्दै उनले कर्मचारी, विद्यार्थी लगायतले पाउने छात्रवृत्तिमा पनि असर पर्ने बताए।

त्यसकारण सन २०१८ मै अति कमविकसित मुलुकबाट स्तरोन्नति हुन नेपाल तयार छैन। तर, नेपालले सन् २०२१ सम्ममा स्तरोन्नतिको लक्ष्य राखेको पनि वाग्लेले बताए।

प्रकाशित ७ फागुन २०७४, सोमबार | 2018-02-19 09:08:02
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रामेश्वर गाैतम

    स्टेडियममा बसेर विश्वकप: नेपालकाे झन्डा फहराएर हुटिङ (भिडियाे)

    रसियामा विश्वकप फूटबल हुँदैछ भनेर यहाँ बस्दै आएका नेपालीबीच एक किसिमको ठूलै उत्साहको सञ्चार भएको छ।

  • पाइलट विजय लामा

    पाइलट विजय लामाको वाइडबडी सपना (भिडियाे)

    पाइलट विजय लामा ट्विनटर जहाजमा जोमसोमबाट पोखराको उडान गर्दै थिए। जहाजभित्र करिब १८ यात्रु थिए। एक्कासि जहाजलाई कालो बादलले छोप्यो।

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः भुजुङका मतियार प्रविण अग्रवाल पक्राउ

    सुन तस्करी र सनम शाक्य हत्या प्रकरणकाे अनुसन्धान गरिरहेकाे सरकारी समितिले अकबर शाह र डब्बु भन्ने इम्तियाज अन्सारीका साझेदार प्रविण अग्रवाललाई...

  • विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?

    क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्। लियोनल मेस्सीमा कुनै...