फेरी अर्को बालात्कारको खुलासा : घुमघाम, मदिरा सेवन अनि ‘बलात्कार’


Infocus


सांकेतिक इमेज
सांकेतिक इमेज

दिनभर घुमघाम र मदिरा सेवन अनि राति बलात्कार । २१ माघको राति बानेश्वरको बुद्धनगरमा भएको बलात्कार घटनामा सहयोगी बनेकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

NIC ASIA

उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले हिरासतमा राखी अनुसन्धान अघि बढाएको खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।

घटनाको पाँच दिनपछि आफू बलात्कृत भएको भन्दै सुदूरपश्चिम घर भई मध्य बानेश्वरको एक अस्पतालमा ल्याब असिटेन्टका रूपमा कार्यरत युवतीले जाहेरी दिएपछि घटना बाहिर आएको हो । अनुसन्धान नटुंगिएको र मुख्य आरोपी फरार रहेको भन्दै प्रहरीले घटनाबारे विस्तृत बताउन चाहेको छैन।

घटनाको १५ दिन भइसक्दा पनि मुख्य आरोपी जुम्ला सिञ्जा घर भएका मनोज खत्रीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। मुख्य आरोपी खत्री शृंखलाबद्ध गुन्डागर्दीमा संलग्न धादिङको राधे समूहनिकट छन्। अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा खोजी जारी रहे पनि आरोपी फरार छन्। वृत्तका डीएसपी रवि पौडेलले यतिमात्रै भने, ‘फरार रहेका मुख्य आरोपीको खोजी जारी छ।’ स्रोतका अनुसार पक्राउ परेकी युवती बलात्कृत युवतीकी रुममेट हुन्। घटनाको राति उनी आफ्नो प्रेमीसँग अर्को कोठामा थिइन्।

यसरी भयो बलात्कार
नेपालगन्जमा पढ्दादेखि नै सँगै डेरा गरी बसेका दुवै युवती बुद्धनगरमा भाडामा बस्थे। घटनाको दिन यी दुईसहित तीन युवती सुन्धारा पुगे। त्यहाँ उनीहरूले भेट्न आएका ४ जना केटासँगै बसेर खाना खाए र मदिरा पिए। सातमध्ये पाँच जना सुन्धाराकै एक रात्रिकालीन क्लबमा पुगे भने दुई युवती ट्याक्सी चढेर राति बुद्धनगरस्थित कोठामा फर्के ।

राति मनोजसहित कमल शाही र कमल सिंह युवतीकै कोठामा आए। थुनामा रहेकी युवती एउटा कोठामा आफ्नो प्रेमीसँग बसिन् भने अर्को कोठामा पीडित युवती, उनकी साथी, मनोज खत्री र कमल सिंह सुते।

फरक–फरक ओछ्यानमा सुते पनि मध्यरातमा मनोजले आफूलाई बलात्कार गरेको भन्दै घटनाको पाँच दिनपछि युवतीले बानेश्वर वृत्तमा जाहेरी दिइन्। स्रोतका अनुसार मदिरा लागेकाले बलात्कार गर्दा प्रतिकारमा आफू असफल भएको युवतीले बताएकी छन्। घटनालगत्तै मौन रहेकी युवती आफ्ना केटा साथीको सल्लाहअनुसार प्रहरीकहाँ जाहेरी लिएर पुगेकी थिइन्।

घटनाको राति कोठामै रहेका कमल शाही बाँके कोहलपुरका नेविसंघ कार्यकर्ता हुन्। प्रहरीले मुख्य आरोपी मनोज खत्रीको कल डिटेलसमेत झिकाएर अनुसन्धान थालेको छ। प्रहरीका अनुसार सुरुमा सार्वजनिक लोकलाजका कारण खुल्न नसकेकी पीडित युवतीले आफ्नो केटा साथीसँग सम्पर्कमा पुगेपछि मात्रै जाहेरी दिने आँट गरेको देखिन्छ।

 

प्रकाशित ७ फागुन २०७४, सोमबार | 2018-02-19 08:55:12
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • पुष्कर कार्की

    एआईजीको फुली थाप्नासाथ बेहोस ‘दोस्त’ भेट्न अस्पताल

    ‘संगठनभित्रको आन्तरिक बिषय बाहेक अन्यले हाँस्ने, टीका टिप्पणी गर्ने, कसले कहाँ बस्दा के गर्यो, को प्रहरी कर्मचारी कसको पक्षमा लागेर हिँडेको छ भनेर...

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...