सातै प्रदेशमा उसपभामुख महिला




गत संसदमा महिला सभामुख भए पनि सातै प्रदेश संसदको उपसभामुखमा महिला चयन भएका छन्।

NIC ASIA

प्रमुख पद दावी गर्दै आए पनि उनीहरु उपसभामुख पदमा चयन भएको खरब आजको कान्तिपुर दैनिकमा छ। प्रदेश १ को उपसभामुख पदमा सरस्वती पोखरेलको मात्र उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएकी हुन्।

सुनसरी घर भएकी पोखरेल २०३२ सालमा प्युठानमा जन्मिएकी हुन्। २०४६ सालदेखि राजनीतिमा लागेकी उनी समाजशास्त्रमा स्नातकोत्तर गरेकी हुन्।

प्रदेश २ को उपसभामुखमा सप्तरीकी उपमा देव निर्वाचित भएकी छन्। सामान्य पारिवारिक अवस्थाकी देव समानुपातिक प्रदेशसभा सदस्य बन्दै उपसभामुखसम्मको यात्रा तय गरेकी हुन् । भारत बिहारको फारविसगन्ज माइती भएकी देव सन् १९९२ मा बिहेपछि नेपाली नागरिक भएकी थिइन्।

प्रदेश ३ को उपसभामुखमा नुवाकोटकी राधिका तामाङ चयन भइन्। २०४० सालमा जन्मिएकी मोक्तान २०५४ सालदेखि तत्कालिन माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा आवद्ध भएकी थिइन्। उनी २०६१ सालमा जिल्ला जनसरकार प्रमुख पनि भएकी थिएन।

प्रदेश ४ को उपसभामुखमा एमालेकी सिर्जना शर्मा निर्वाचित भएकी छन्। अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव शर्मा प्रदेश संसदको मत बिभाजनका आधारमा निर्वाचित भएकी हुन्।
निर्वाचित उपसभामुख शर्माले संविधानको परिधिभित्र रहेर सबैलाई समेट्ने बताइन्।

प्रदेश ५ को उपसभामुखमा पूर्व कमलरी बर्दियाकी ४२ वर्षिय कृष्णी थारु निर्वाचित भएकी छन्। राजापुर नगरपालिका ४ बर्दियाकी थारुलाई एमालेले उपसभामुखको उम्मेदवार बनाएको थियो।

वाल्यकाल देखि करिब १७ वर्ष सम्म कमलरी र बुक्रेनी बनेकी बर्दिया राजापुर– ४ संर्घषनगरकी ४२ वर्षिया थारुलाई एमाले कोटाबाट प्रदेश नम्बर ५ बाट सदस्यमा मनोनित गरेको थियो।

प्रदेश ६ को उप–सभामुखमा माओवादी केन्द्रकी सांसद पुष्पा घर्ती विष्ट र्निविरोध निर्वाचित भएकी छिन्। सुर्खेतकी घर्ती समानुपातिक सांसद हुन्।

माओवादी पार्टी पोलिटब्युरो सदस्य घर्ती चौकुने गाउँपालिका १० घाटगाउँमा २०३४ सालमा जन्मेकी हुन्। उनी एसएलसी दिएर माओवादी युद्धमा लागेकी थिइन्। उनी पूर्व सांसद नरबहादुर बिष्टकी श्रीमती हुन्।

प्रदेश ७ को सभामुखमा निर्मला बडाल जोशीलाई निर्वाचित भएकी छन्। उनी दार्चुलावाट माओवादी केन्द्रको समानुपातिक प्रदेशसभा सांसद हुन। पूर्व लडाकु जोशी माओवादी प्रदेश ७ का संयोजक एबं पूर्व सांसद लक्ष्मण जोशीकी श्रीमती हुन्। माध्यामिक तहमा पढै गर्दा उनी माओवादीमा लागेकी थिइन् ।

प्रकाशित ७ फागुन २०७४, सोमबार | 2018-02-19 08:39:38
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।