संघीय संसद्को अधिवेशन फागुन २१ मा


Infocus



संसद् अधिवेशन फागुन तेस्रो साता डाक्ने गरी सरकार र संसद् सचिवालयले गृहकार्य सुरु गरेका छन्।

निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेका कारण त्यसको केही दिनअघि संसद् अधिवेशन बस्ने गरी गृहकार्य सुरु गरिएको खबर आजको अन्नपूर्ण पोष्टमा नरेन्द्र साउदले लेखेका छन्।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब तीन महिनापछि अधिवेशन बस्न लागेको हो।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद् (प्रतिनिधिसभा/राष्ट्रियसभा) को अधिवेशन आह्वान हुने संवैधानिक व्यवस्था छ।

मुख्यसचिव लोकदर्शन रेग्मी र संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईबीच संसद् अधिवेशनको तयारी र गृहकार्यबारे शनिबार छलफल भएको थियो। त्यसक्रममा फागुन २१ गते बस्ने गरी संसद् अधिवेशन बोलाउने विषयमा सरकार र सचिवालयबीच मोटामोटी समझदारी बनेको हो।

सचिवालय, राष्ट्रपति कार्यालय र सत्तासीन एमाले नेताबीच पनि अनौपचारिक छलफलमा फागुन २१ गते बस्ने गरी समझदारी बनेको सचिवालयका अधिकारीहरू बताउँछन्। ‘फागुन तेस्रो साता अधिवेशन बस्ने गरी समझदारी बनेको छ’, महासचिव भट्टराईले भने, ‘सचिवालयले त्यसअनुसार गृहकार्य सुरु गरिसकेको छ।’

प्रतिनिधिसभा निर्वाचन मंसिर १० र २१ गते सम्पन्न भए पनि निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा रोकेका कारण अधिवेशन बस्न पनि ढिलाइ भएको हो।

संविधानको धारा ९३ ले प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद् अधिवेशन बस्नुपर्ने व्यवस्था गरेको छ।

वाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी ओली बिहीबार प्रधानमन्त्रीमा नियुक्त भए पनि संसद्बाट विश्वासको मत लिन बाँकी छ। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

 

प्रकाशित ७ फागुन २०७४, सोमबार | 2018-02-19 08:27:42
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट उडेकाे एयर एशियाकाे जहाज

    २१ करोड नतिराई एयर एशिया भगाउने को हो?

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीलाई एयर एशिया एक्सले काठमाडौं उडान रोक्दैछ भन्ने कुरा असोज अगाडि नै थाहा भइसकेको थियो।

  • प्रधानमन्त्रीको त्यो निर्देशन जसले एक निर्दाेष विद्यार्थीको भविष्य चौपट बनायो

    मंगलबार बिहान ९ बजे पूर्व एआईजी देवेन्द्र सुवेदीले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टरार्इको ट्विटमा एउटा रिप्लाई दिए।

  • भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी

    मोदीले गढ गुमाउँदाको क्षति कति ठूलो?

    सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा)लाई ऐतिहासिक बहुमत दिलाउन राजस्थान, छत्तिसगढ र मध्यप्रदेशको भूमिका महत्वपूर्ण थियो।

  • निगमकाे वाइडबडी अन्नपूर्ण विमान

    वाइडबडी खरिदमा कानुनका १४ वटा दफा उल्लंघन

    नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐनका १४ वटा दफा उल्लंघन भएको देखिएको छ।