मेलम्ची खानेपानी आयोजना अन्तिम चरणमा


Infocus


अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग एक महिनाभित्रै ‘ब्रेक थ्रु’ हुने भएको छ।

NIC ASIA

जतिसक्दो चाँडो आयोजना सक्ने तदारुकता र लक्ष्यमा अन्यथा नभए मेलम्चीको पानी पिउने उपत्यकावासीको दुई दशक लामो सपना असारभित्रै पूरा हुने देखिएको छ।

‘बाँकी दुई सय ६० मिटर खनेपछि साढे २७ किलोमिटर लामो सुरुङमार्ग ब्रेक थ्रु हुनेछ,’ आयोजनाका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले भने, ‘फागुन (मार्च दोस्रो साता) भित्र मुहानस्थल अम्बाथान–सुन्दरीजल सुरुङमार्ग जोड्न प्रतिबद्ध छौं ।’

सुरुङका तीनमध्ये दुई खण्ड ब्रेक थ्रु भइसकेका छन् । बीचको सिन्धु–ग्याल्थुम खण्ड ब्रेक थु्र गर्न अहिले तीव्र गतिमा काम भइरहेको खबर ध्रुब दंगालले आजको नागरिक दैनिकमा लेखेका छन्।

‘अब दुई सय ६० मिटर खनेपछि साढे २७ किलोमिटर लामो सुरुङमार्ग ब्रेक थ्रु हुनेछ। फागुनभित्र मुहानस्थल अम्बाथान–सुन्दरीजल सुरुङमार्ग जोड्न प्रतिबद्ध छौं। असारभित्रै उपत्यकावासीले मेलम्ची पानी पाउँछन्।’

७.७ किमि लामो सुरुङमार्ग रहने यो खण्डमा ५.१ किमि सुरुङको काम सकिएको छ। निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनी सिएमसी, कन्सल्ट्यान्ट र आयोजनाका अधिकारीबीचको बैठकले एक महिनाभित्रै सुरुङमार्ग ब्रेक थ्रु गर्ने साझा संकल्प गरेको उपकार्यकारी निर्देशक थापाले बताए ।

सबैभन्दा लामो सुन्दरीजल–सिन्धु खण्ड गत वर्ष पुसमा सुरुङमार्गले जोडिएको थियो। गत पुस १४ गते ८.२ किमि लामो ग्याल्थुम–अम्बाथान खण्ड ब्रेक थ्रु भएको थियो। यो दोस्रो लामो खण्ड हो।

आयोजनाका अनुसार ठेकेदार कम्पनी सिएमसीले दैनिक आठ मिटरसम्म सुरुङ खनिरहेको छ। उसले यही दरलाई मात्र निरन्तरता दिए अबको ३२ दिनमै सुरुङ ब्रेक थ्रु हुनेछ।

‘ठेकेदारले दैनिक १२ मिटरसम्म पु¥याउने बाचा गरेकाले बाँकी सुरुङको काम सक्न त्यति दिन पनि नलाग्ने ठानेका छौं,’ थापाले भने। आयोजनाका अधिकारीहरुका अनुसार सुरुङमार्ग बन्दैमा मेलम्ची काठमाडौं पुग्दैन । निर्मित सुरुङ ढलान र मुहानस्थल (इन्टेक) मा ड्राइभर्सन च्यानल निर्माण गरेपछि मात्र पानी आपूर्ति सम्भव हुन्छ ।

सुरुङ ढलानलाई त्यति समय नलाग्ने देखिए पनि ड्राइभर्सन च्यानल बनाउन ६ महिना समय लाग्न सक्ने अधिकारी बताउँछन् । ढलान सकेपछि ड्राइभर्सन च्यानलको सट्टा तत्कालका लागि अस्थायी संरचना बनाएर पानी सुन्दरीजल खसाल्ने तयारीमा आयोजना छ ।

प्रकाशित १ फागुन २०७४, मंगलबार | 2018-02-13 07:19:38
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...

  • प्रधानमन्त्री केपी शर्मा ओली।

    हप्तादिनमै अरिङ्गालबाट मौरीतर्फ ओलीको ‘यु-टर्न’

    पार्टीका नेता तथा कार्यकर्तालाई विरोधीमाथि अरिंगालझैँ जाइलाग्न निर्देशन दिएको हप्ता दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओली ‘यू–टर्न’ भएका छन्।