बहुमत प्राप्त दलको प्रधानमन्त्री बन्ने ओलीको तयारी


Infocus



सरकार गठन अघि नै एमाले माओवादीबीच पार्टी एकता भएमा एमाले अध्यक्ष केपी ओली गठबन्धनको होइन, बहुमत प्राप्त दलको नेताको हैसियतमा प्रधानमन्त्री हुनेछन्।

NIC ASIA

एकीकृत पार्टीका रुपमा उनीसँग १७४ सांसदको समर्थन प्राप्त हुनेछ। बहुमतका लागि जम्मा १३८ सांसद आवश्यक पर्छ।

त्यस्तै एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखेर निर्वाचन आयोगमा जाने र सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दावी गर्ने तयारी एमाले माओवादीले गरेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

एकीकृत पार्टीबाटै सरकार गठन गर्ने गरी दुई अध्यक्षबीच मंगलबार अन्तिम छलफल हुँने उच्च श्रोतले जनाएको छ।

त्यसलगत्तै एमाले स्थायी समिति र माओवादी केन्द्रले सचिवालय बैठकबाट एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको पछिल्लो समझदारीलाई अनुमोदन गर्ने तयारी भएको छ।

एकतापछि समाजवादउन्मुख समृद्धिको कार्यदिशा अघि वढ्ने, जबज र २१ सताव्दीको जनवादका समानता पहिचान गर्ने र हल हुन नसकेका विषयलाई एकता महाधिवेशनमा लैजाने दुई दलबीच समझदारी छ।

एमाले बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाललाई बरिष्ठ नेताको मर्यादाक्रममा राख्ने, पदाधिकारी, स्थायी समिति र केन्द्रीय कमिटिको स्वरुप, प्रदेश, जिल्लादेखि गाउँ तहसम्मको एकताको विधि, भातृ संगठनको एकताको विधि र प्रक्रियालगायत विषयमा कार्यदलले गृहकार्य गर्ने बताइएको छ।

प्रकाशित १ फागुन २०७४, मंगलबार | 2018-02-13 06:14:27
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • माधव नेपाल

    ओलीले कसरी गर्लान् नेता नेपालको असन्तुष्टिको सम्बोधन?

    वामदेव प्रकरणपछि नेकपाको शीर्ष पंक्तिमा जुन खालको भावनात्मक विभाजनको स्थिति देखिएको छ, यो परिस्थितिमा ओली-नेपाल दुवैले सम्बन्धलाई सुधार गर्नका लागि...

  • मीनबहादुर गुरुङ

    एउटा लाहुरेको रसिलो दशैँ

    ‘ङोल्स्योहरु लाहुरे भनेपछि हुरुक्क, झन टेप घन्काएपछि हानथाप, ए ङोलो! हामीलाई पुछनी नै नगर्ने भन्थे’, उनले थपे, ‘मैले भने रातभर गीत गाएर नै बुढी...

  • नेपाली सिनेमाका उदाउँदा दुई नायकको टक्कर

    पछिल्लो समय नेपाली चलचित्र उद्योगमा अभिनेता अनमोल केसी र प्रदीप खड्का सर्वाधिक ‘डिमाण्डेड’ र ‘पपुलर’ कलाकारका रुपमा स्थापित भइरहेका छन्। छोटो समयमै...

  • गाेसाइकुण्ड नजिकैकाे भैरबकुण्ड

    दशैँ घुमघामः गोसाइकुण्ड पदयात्रा

    चिसो सिरेटो, मौसमसँगै बदलिने कुण्डको रंग, आँखै अगाडि देखिने हिमशृंखलाको दृश्यले नलोभिने सायदै कोही होला।