प्रदेश २ः दोस्रो बैठकमा १६ सांसद अनुपस्थित





प्रदेश २ को प्रथम अधिवेशनको दोस्रो बैठकमा १६ जना सांसद अनुपस्थित भएका छन्।

संघीय समाजवादी फोरमका विजयकुमार यादव, माओवादीका रामचन्द्र मण्डल सहितका १६ जना सांसद सोमबारको बैठकमा सहभागी भएनन्।

बैठकमा १६ जान सांसद अनुपस्थित भएको संसद् सचिवालयले जनाएको छ। १० मिनेटसम्म चलेको बैठक खासै महत्वपूर्ण नभएर सांसदहरु सहभागी नभएको हुसक्ने सचिवालयका कर्मचारीले बताए।

प्रदेश २ को दोस्रो दिनको बैठक पहिलो दिन भन्दा व्यवस्थित थियो। प्रदेशसभा परिसरमा मर्यादापालक पुरुषले दौरा, सुरुवाल, कोट र महिलाले सारी चोलो लगाएको दृश्यले सभास्थल पहिलो दिन भन्दा व्यवस्थित देखिएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

प्रथम बैठकमा सहिदको तस्बिरको विषयमा केहिबेर अबरुद्ध भएकोले सोमबारको बसेको दोस्रो बैठकमा मधेस आन्दोलनमा सहिद भएकाहरुको तस्बिर राखिएको थियो।

दिउँसो १ बजे बोलाइएको बैठक १ बजेर ५५ मिनेटमा सुरु भएको थियो। १० मिनेटसम्म सञ्चलन भएको बैठकबाट कार्य व्यवस्था नियमावली पारित भएको छ।

प्रकाशित १ फागुन २०७४, मंगलबार | 2018-02-13 05:42:33


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • युवराज खतिवडा

    अर्थ मन्त्रालयमा जाने पछिको कुरा होः युवराज खतिवडा

    राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनेनित भएका अर्थविद डा युवराज खतिवडाले अर्थमन्त्री हुनेबारे छलफल भैनसकेको बताएका छन्।

  • बालुवाटारमा ७ बुँदे सहमतीमा हस्ताक्षर गर्दै एमाले–माओवादीका नेताहरू

    एमाले-माओवादीले गरे एकता, नेपाल कम्युनिष्ट पार्टी नयाँ नाम

    एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने ऐतिहासिक सहमती भएको छ। सोमबार राती प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी नाम राखेर...

  • क्रिकेट खेल्न जाने हो, मोटा मान्छेदेखि डराउनु पर्दैन : ओली (भिडियो)

    नामिबियामा सम्पन्न डिभिजन टूको उपविजेता बन्दै वल्र्डकप क्वालिफायरमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँसहित...

  • ललितपुर एसएसपीलाई स्पष्टिकरण, इन्स्पेक्टर प्रहरीकै नजरबन्दमा

    महानगरीय प्रहरी परिसर ललितपुरले ‘लेनदेन’ को विषयलाई अपहरण तथा शरीर बन्धकको घटना बनाएर मुद्दा मिलाएको खुलासा भएको छ। परिसरले अपहरण तथा शरीर बन्धक...