युवतीले बिहेकै रात छोरा जन्माएपछि साढे चारलाख जरिवाना


Infocus



सुन्दा पनि अच्चम लाग्छ। तर, यथार्थ हो। बिहे गरेर घर भित्र्याएकै दिन बेहुलीले बच्चा जन्माइन्।

NIC ASIA

यो सिरहा सुखिपुर नगरपालिका ४ को घटना हो। स्थानीय उमेश मोचीले बिहे गरेर घर ल्याएकै दिन दुलहीले बच्चा जन्माइन्। यो घटना अहिले चर्चाको विषय बनेको छ।

उमेशले बरियारपट्टी गाउँपालिका ३ शिवनगरकी शोभा रामसँग यही माघ २५ मा जन्ती लगेर धुमधामका साथ विवाह गरेका हुन्। तर, उनले विवाहको हरेक प्रक्रिया पूरा गर्दा पनि दुलही गर्भवती रहेको थाहा पाएनन्। बिवाहकै रात दुलहीले छोरा जन्माइन्। त्यसपछि उनी आश्चर्यमा परेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सिरहाबाट सन्तोष यादवले लेखेका छन्।

केटाले पहिल्यैदेखि प्रेम गरेको र बिहे गरेको केही महिनामै सन्तान जन्मिएका घटना थुप्रै छन्। अझ कतिपयले त सन्तान भएपछि विवाह गरेका घटना पनि समाजमा देखिन्छन्। तर, उमेश भने ठूलो फन्दामा परे। उनले बिहे गरेकी केटीसँग प्रेम पनि गरेका थिएनन्।

तर, बिहे गरेर घर भित्र्याएकै दिन दुलहीले बच्चा जन्माएपछि गाउँमा मात्र होइन् देश विदेशमा चर्चा चुलिएको छ। यो घटनाले उमेशका परिवार लज्जित बनेको स्थानीय एक युवकले बताए। उनका अनुसार उमेश लाजले घरबाट निस्कन समेत मानेका छैन्।

बिहे गरेर घरमा भित्रिएकै दिन बच्चा जन्माएकी शोभा भने समस्यामा परेकी छन्। उनलाई श्रीमानले नराख्ने भनेपछि समाजले बिहेकै भोलिपल्ट माघ २७ गते माइत पठाएका छन्। शोभा घर फिर्ता भएपछि समाज तनावमा परेको स्थानीय नथुनी रामले बताए। उनले भने, ‘युवती हेरेर बिहे भयो। तर, कसैले थाहा पाएन। यो नै आश्चर्यको कुरा हो।’

उनले भने, ‘शोभासँग सोधपुछ गर्दा परोसी युवक उमेशसँग प्रेम गरेको र उनीसँगै यौनसम्बन्ध राख्दा गर्भ बसेको बताइन्। त्यसपछि अहिले शोभालाई उमेशको घर पठाएका छन्।’ उनले युवती जो युवकसँग प्रेम गरेका थिए, ति युवक साउदी पुगेका कारण समस्या सिर्जना भएको बताए। प्रेम गरेर गर्भवती बनाएका युवक उमेशले आफूले आएपछि बिहे गर्ने भनेर फोनमा प्रतिबद्धता समेत जनाएको उनले बताए।

प्रेम गरेर गर्भ बसालेका उमेशका बुबा राजकुमार मोची र शोभाका बुवा रामवली रामले ठूलो गल्ती गरेको निष्कर्ष निकाल्दै समाजले दुबै जनालाई जरिवाना गरेका छन्। युवतीका बुबासँग २ लाख ५० हजार र गर्भवती बनाएका युवकका बुबाासँग २ लाख रुपैयाँ जरिवाना गरेको उनले बताए।

प्रकाशित २९ माघ २०७४, सोमबार | 2018-02-12 06:34:50
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • माधव नेपाल

    ओलीले कसरी गर्लान् नेता नेपालको असन्तुष्टिको सम्बोधन?

    वामदेव प्रकरणपछि नेकपाको शीर्ष पंक्तिमा जुन खालको भावनात्मक विभाजनको स्थिति देखिएको छ, यो परिस्थितिमा ओली-नेपाल दुवैले सम्बन्धलाई सुधार गर्नका लागि...

  • मीनबहादुर गुरुङ

    एउटा लाहुरेको रसिलो दशैँ

    ‘ङोल्स्योहरु लाहुरे भनेपछि हुरुक्क, झन टेप घन्काएपछि हानथाप, ए ङोलो! हामीलाई पुछनी नै नगर्ने भन्थे’, उनले थपे, ‘मैले भने रातभर गीत गाएर नै बुढी...

  • नेपाली सिनेमाका उदाउँदा दुई नायकको टक्कर

    पछिल्लो समय नेपाली चलचित्र उद्योगमा अभिनेता अनमोल केसी र प्रदीप खड्का सर्वाधिक ‘डिमाण्डेड’ र ‘पपुलर’ कलाकारका रुपमा स्थापित भइरहेका छन्। छोटो समयमै...

  • गाेसाइकुण्ड नजिकैकाे भैरबकुण्ड

    दशैँ घुमघामः गोसाइकुण्ड पदयात्रा

    चिसो सिरेटो, मौसमसँगै बदलिने कुण्डको रंग, आँखै अगाडि देखिने हिमशृंखलाको दृश्यले नलोभिने सायदै कोही होला।