सातै प्रदेशमा खटिए सचिव




प्रदेश सभाका सांसदहरूले सपथ ग्रहण गर्ने अघिल्लो दिन शनिवार सरकारले सात वटै प्रदेशमा प्रदेश प्रमुख कार्यलयमा सचिव पठाएको छ।

प्रदेश प्रमुखको कार्यलयमा खटाइएका कर्मचारी नेपाल सरकारका सह सचिव सरहका कर्मचारी रहेका खबर आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन्।

समान्य प्रशासन मन्त्रालयका अनुसार एक नम्वर प्रदेशमा रामकृष्ण गुरागाईं, दुर्इ नम्वर प्रदेशमा लाबन्य कुमार खनाल, तीन नम्वर प्रदेशमा चतर्भुज ज्ञवाली, चार नम्वर प्रदेशमा देवीप्रसाद ज्ञवाली, पाँच नम्वर प्रदेशमा सनदकुमार दवाडी, ६ नम्वर प्रदेशमा भरतबहादुर ढुगाँना र ७ नम्वर प्रदेशमा युवराज सुवेदी खटिएका छन्।

समान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले आइतवार विहानसम्म सबै प्रदेशमा मन्त्रालयबाट खटाइका कर्मचारी पुग्ने बताए। समान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट ती कर्मचारीबाट खटाइएको पनि उनले जानकारी दिए।

समान्यले एउटा प्रदेशमा १३ कर्मचारीको दरले ७ वटा प्रदेशमा ९१ कर्मचारी खटाएको छ। मन्त्रालयका प्रवक्ता न्यौपानले मन्त्रिपरिषदले स्विकृति दिने वित्तिकै प्रदेश मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद कार्यलयमा पनि सचिव खटाउने तयारी भएको बताए।

प्रधानमन्त्री कार्यालयका अनुसार एउटा प्रदेश प्रमुखका लागि कार्यालयमा १३ र निजी सचिवालयका लागि १२ कर्मचारी खटिनेछन्। सरकारका सहसचिवसरहका कर्मचारी प्रदेश प्रमुखको कार्यालयमा सचिव हुनेछन्। यसैगरी प्रदेश प्रमुखको कार्यालयमा एक उपसचिव, शाखा अधिकृत, सवारीचालक र कार्यालय सहयोगी रहनेछन्। निजीतर्फ स्वकीय सचिव, सहस्वकीय सचिव, सवारीचालक, कार्यालय सचिवसम्म कर्मचारी रहनेछन्।

प्रकाशित ७ माघ २०७४, आइतबार | 2018-01-21 07:10:25



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • चुडामणि उप्रेती ‘गोरे’

    मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतमा राख्न गोरेको माग

    सुन काण्डका मुख्य नाइके चूणामणि उप्रेती ‘गोरे’ले मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतम बस्न माग गरेका छन्। बुधबार जिल्ला अदालत मोरङमा बयान...

  • रेलमार्गको नक्सा अध्ययन गर्दै नेपाली तथा चिनिया अधिकारीहरु

    रेलमार्ग खोज्दै नेपाली-चिनियाँ अधिकारी काठमाडौंदेखि केरुङसम्म

    केरुङ-काठमाडौं रेलमार्ग त्यति छिट्टै निर्माण हुने सम्भावना चाहिँ छैन, जति राजनीतिक बृत्तमा चर्चा हुने गरेको छ। जस्तो कि, अहिलेको टोली पूर्व...

  • दरबारमार्ग सामूहिक बलात्कार प्रकरणका अभियुक्त शैलेश कार्की

    दरबारमार्ग सामुहिक बलात्कार काण्ड: शैलेस मात्र जेल चलान, नेकपा नेतापुत्र फरार

    दरबारमार्ग सामुहिक बलात्कार काण्डका मुख्य आरोपी शैलेस कार्की पूर्पक्षका लागि जेल चलान भएका छन्।

  • प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

    नेपालका मन्त्री सुनका पारखी: हेर्नुस्,कोसँग कति तोला?

    नेपाल सरकारका मन्त्रीहरु सुनका पारखी देखिएका छन्। मन्त्रीहरूमध्ये सबैभन्दा धेरै सुन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग रहेकाे छ।