संसदीय दलमा देउवासँग भिड्दै प्रकाशमान





रामचन्द्र पौडेल खेमाका प्रकाशमान सिंह देउवासँग संसदीय दलको नेताका लागि भिड्ने तयारीमा छन्।

कांग्रेस संसदीय दलको निर्वाचनमा संस्थापन पक्ष नै हाबी हुने देखिएको छ।

प्रत्यक्ष निर्वाचनमा नेता रामचन्द्र पौडेल पक्षका धेरै नेता बिजयी भए पनि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको सूचिको प्राथमिकताका आधारमा सांसद छनौंट गरिए सभापति शेरबहादुर देउवा पक्ष हाबी हुने खबर आजको नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाले लेखेका छन्।

समाचार अनुसार रामचन्द्र पौडेल खेमाका प्रकाशमान सिंह देउवासँग संसदीय दलको नेताका लागि भिड्ने तयारीमा छन्। महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सितादेवी यादको पनि दावी भए पनि सिंह नै उम्मेदवार बन्न सक्ने बताइएको छ।
अर्कातिर संसदीय दलको नेता जित्ने अवस्था नभए आफू नउठ्ने भएका कारण पनि सिंह नै संसदीय दलको नेताका लागि उम्मेदबार बन्ने लगभग पक्का भएको छ।

प्रतिनिधिसभाको प्रत्यक्षर्फ कांग्रेसले २३ सिट जिनेतको छ। ४० सिट समानुपातिकतर्फबाट पाउने छ। जम्मा ६३ सदस्यले संसदीय दलको नेता चुन्नेमा बिजेतका लागि ३२ मत आवश्यक पर्ने छ।

प्रत्यक्षतर्फबाट जितेका २३ मध्य देउवा पक्षका ९ जना छन् भने समानुपातिक तर्फ कांग्रेसले पाउने ४० मध्ये २८ देउवा पक्षीय छन्। यसरी दुवैतर्फ गरि देउवाले ३७ सांसदको साथ संसदीय दलको निर्वाचनमा पाउने छन्।

 

प्रकाशित ७ माघ २०७४, आइतबार | 2018-01-21 07:03:14


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • युवराज खतिवडा

    अर्थ मन्त्रालयमा जाने पछिको कुरा होः युवराज खतिवडा

    राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनेनित भएका अर्थविद डा युवराज खतिवडाले अर्थमन्त्री हुनेबारे छलफल भैनसकेको बताएका छन्।

  • बालुवाटारमा ७ बुँदे सहमतीमा हस्ताक्षर गर्दै एमाले–माओवादीका नेताहरू

    एमाले-माओवादीले गरे एकता, नेपाल कम्युनिष्ट पार्टी नयाँ नाम

    एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने ऐतिहासिक सहमती भएको छ। सोमबार राती प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी नाम राखेर...

  • क्रिकेट खेल्न जाने हो, मोटा मान्छेदेखि डराउनु पर्दैन : ओली (भिडियो)

    नामिबियामा सम्पन्न डिभिजन टूको उपविजेता बन्दै वल्र्डकप क्वालिफायरमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँसहित...

  • ललितपुर एसएसपीलाई स्पष्टिकरण, इन्स्पेक्टर प्रहरीकै नजरबन्दमा

    महानगरीय प्रहरी परिसर ललितपुरले ‘लेनदेन’ को विषयलाई अपहरण तथा शरीर बन्धकको घटना बनाएर मुद्दा मिलाएको खुलासा भएको छ। परिसरले अपहरण तथा शरीर बन्धक...