मेलम्चीको खर्चमा मन्त्रीको विदेश सयर


Infocus



मेलम्ची खानेपानी आयोजनाको खर्चमा खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव विदेश भ्रमण जान लागेका छन्। कुनै विशेष कार्यक्रम नभए पनि पदावधि सकिनलागेका बेला उनी आयोजनाको खर्चमा स्पेन जान लागेका हुन्।

NIC ASIA

न्त्री यादवको एक साता विदेश भ्रमण प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको खबर आजको नागरिक दैनिकमा दिलिप पौडेलले लेखेका छन्। भिआइपीको विदेश भ्रमण सम्बन्धित देशका निकायको निम्तोमा हुने भए पनि मन्त्री यादवको भ्रमण सरकारी नभई व्यक्तिगत हुनेछ। ‘मन्त्री नै विदेश जानुपर्ने कुनै औपचारिक कार्यक्रम छैन,’ मन्त्रालयका एक सहसचिवले भने, ‘कार्यक्रम नै नभए पनि घुमफिरका लागि मेलम्ची आयोजनाको खर्चमा उहाँ घुम्न जान लाग्नुभएको हो।’ उनले स्पेनमा कुनै सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम तय भएको छैन।

‘मन्त्रीको कुनै सरकारी अधिकारीसँग भेटघाट पनि छैन,’ मन्त्रालय स्रोतले भन्यो, ‘युरोपेली मुलुक घुमेरमात्र फर्किने हो ।’मन्त्रीको विदेश भ्रमणको चाँजोपाँजो भने मेलम्ची खानेपानी विकास समितिले मिलाएको हो। समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले पनि मन्त्री यादवसँगै विदेश जान मन्त्रालयमा प्रस्ताव पठाएका थिए। तर उनको फाइल भने मन्त्रालयले रोकेको छ। ‘मेलम्ची खानेपानी आयोजनाको कामलाई तीव्रता दिनुपर्नेमा देवकोटा पनि जान खोज्नुभएको थियो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘उहाँको भ्रमण कार्यक्रम मन्त्रालयले रोक्यो ।’

मेलम्ची खानेपानी आयोजनाले सुरुङ निर्माणमा संलग्न कर्मचारी र कामदारलाई ‘एक्स्पोजर भिजिट’ का लागि विनियोजन गरेको रकमबाट खर्च हुनेगरी मन्त्री यादवको भ्रमण तय भएको हो। उक्त आयोजनाले ‘एक्स्पोजर भिजिट’ का लागि आयोजना अवधिभरका लागि करिब एक करोड १२ लाख (एक लाख १२ हजार डलर) बजेट विनियोजन गरेको छ । ‘कर्मचारी जाने कार्यक्रममा अतिविशिष्ट ९मन्त्री० जानु राम्रो होइन,’ ती अधिकारीले भने, ‘मन्त्रीले पदीय मर्यादा ख्याल नगरेपछि के गर्ने रुसरकारका अतिविशिष्ट अधिकारी विदेश भ्रमण जाँदा प्रतिदिन २ सय ५० डलर सुविधा पाउँछन्। युरोपेलीलगायत केही मुलुकमा जाँदा २ सय ५० को ३३ प्रतिशतले हुन आउने थप ८२.५० डलर थपिन्छ । मन्त्री अतिविशिष्ट तहमा पर्ने भएकाले सोहीअनुसार सुविधा पाउने छन्।

मन्त्रालय स्रोतका अनुसार मन्त्रीसँगै परामर्शदाता कम्पनी इप्टिसाका प्रतिनिधि पनि विदेश जाने योजनामा छन्। तालुक मन्त्रालयका मन्त्रीसँगै मेलम्ची खानेपानी सुरुङ निर्माण ठेकदार जानुलाई अस्वाभाविक र अर्थपूर्ण रुपमा हेरिएको छ । विभिन्न आयोजनामा तालुकवाला मन्त्री र उच्च अधिकारीलाई प्रभावित पारेर आफूअनुकूल निर्णय गराउन विदेश घुमाउन लैजाने पुरानै परम्परा हो। मन्त्रीको स्पेन भ्रमणको विषयमा सचिव गजेन्द्रकुमार ठाकुरले केही बताउन चाहेनन्।

 

प्रकाशित ६ माघ २०७४, शनिबार | 2018-01-20 07:48:54
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • माधव नेपाल

    ओलीले कसरी गर्लान् नेता नेपालको असन्तुष्टिको सम्बोधन?

    वामदेव प्रकरणपछि नेकपाको शीर्ष पंक्तिमा जुन खालको भावनात्मक विभाजनको स्थिति देखिएको छ, यो परिस्थितिमा ओली-नेपाल दुवैले सम्बन्धलाई सुधार गर्नका लागि...

  • मीनबहादुर गुरुङ

    एउटा लाहुरेको रसिलो दशैँ

    ‘ङोल्स्योहरु लाहुरे भनेपछि हुरुक्क, झन टेप घन्काएपछि हानथाप, ए ङोलो! हामीलाई पुछनी नै नगर्ने भन्थे’, उनले थपे, ‘मैले भने रातभर गीत गाएर नै बुढी...

  • नेपाली सिनेमाका उदाउँदा दुई नायकको टक्कर

    पछिल्लो समय नेपाली चलचित्र उद्योगमा अभिनेता अनमोल केसी र प्रदीप खड्का सर्वाधिक ‘डिमाण्डेड’ र ‘पपुलर’ कलाकारका रुपमा स्थापित भइरहेका छन्। छोटो समयमै...

  • गाेसाइकुण्ड नजिकैकाे भैरबकुण्ड

    दशैँ घुमघामः गोसाइकुण्ड पदयात्रा

    चिसो सिरेटो, मौसमसँगै बदलिने कुण्डको रंग, आँखै अगाडि देखिने हिमशृंखलाको दृश्यले नलोभिने सायदै कोही होला।