बोलिभियाको कोकिन नेपाल हुँदै युरोपसम्म




दक्षिणी अमेरिकी मुलुक बोलिभियामा उत्पादित लागुऔषध कोकिन नेपाल ‘ट्रान्जिट’ बनाएर युरोप लैजाने गरिएको छ।

NIC ASIA

लागुऔषध नियन्त्रण ब्युरोले एक वर्षभित्र बोलिभियाबाट ल्याइएका ८‍.२०३ केजी कोकिन बरामद गरेपछि यो तथ्य खुलेको हो। सो परिमाणको कोकिन तेस्रोपटकको अप्रेसनपछि बरामद गरेको ब्युरोले जनाएको छ।

करिब साढे १६ करोड मूल्यको कोकिन बरामद
प्रहरीले एक वर्षभित्र बरामद गरेको आठ केजी कोकिनको अनुमानित मूल्य १६ करोड ४० लाख ६० हजार रुपैयाँभन्दा धेरै पर्छ। बरामद गरिएका सबै कोकिन नेपाललाई ‘ट्रान्जिट’ बनाउँदै युरोप लैजान लागिएको प्रहरीको भनाइ छ।

ब्युरो प्रमुख डिआइजी ठुले राईले बोलिभियाको लागुऔषध कोकिन नेपाल हुँदै तेस्रो मुलुक लैजाने गरेको तथ्य भेटिएको बताए। ‘एक वर्षभित्र तीनवटा कोकिन कारोबारी पक्राउ भए, सबैमा बोलिभियन नागरिक संलग्न भएको पाइयो। ती कोकिन बोलिभियाबाटै आउने र युरोप जाने गरेको भेटिएको छ,’ उनले भने।

प्रहरीका अनुसार कारोबारीले बोलिभियन लागुऔषध युरोप लैजान ब्राजिल, इथोपिया, भारतको दिल्ली, नेपाल र थाइल्यान्डको रुट प्रयोग गर्ने गरेका खबर टेकराज थामीले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन्।

बिहीबार ठमेलबाट पक्राउ परेका बोलिभियन नागरिक ममनी अन्डाई बोलिभियाबाट ब्राजिल हुँदै इथोपिया, भारतको नयाँदिल्ली हुँदै नेपाल आएका थिए। थाई नगरिक खुलन्जाई खनरतमार्फत करिब दुई केजी कोकिन थाइल्यान्ड लैजाने तयारीमा थिए।

थाइल्यान्डबाट सो कोकिन युरोप लैजान लागिएको प्रहरीको भनाइ छ। ‘ठमेलबाट बरामद कोकिन बोलिभियाबाट ब्राजिल हुँदै इथोपिया, नयाँदिल्ली हुँदै नेपाल ल्याएर थाइल्यान्डको बाटो भएर युरोप लैजाने तयारी रहेको अनुसन्धानबाट खुलेको छ,’ ब्युरो प्रमुख डिआइजी राईले भने।

बोलिभियाबाट नेपाल ल्याएको कोकिनको ज्याला तीन लाख
बोलिभियाबाट नेपालसम्म कोकिन ल्याउँदा लागुऔषध कारोबारीले तीन हजार अमेरिकी डलर अर्थात् तीन लाख रुपैयाँ ज्याला लिने गरेको खुलेको छ। बिहीबार ठमेलबाट बरामद भएको करिब दुई केजी कोकिन बोलिभियाबाट नेपालसम्म ल्याउँदा आफूले तीन हजार डलर शुल्क लिएको बयान फ्रेडी ममनी अन्डाईले ब्युरोलाई दिएका छन्। बोलिभियाबाट लागुऔषध तस्करले सात दिनमा नेपालसम्म कोकिन ल्याइपुर्‍याउने गरेका छन्।

प्रकाशित ६ माघ २०७४, शनिबार | 2018-01-20 07:30:02
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनी

    भारतीय र पाकिस्तानी चिनीकाे मारमा नेपाली उद्योग

    नेपाल चिनी उत्पादन संघकाअनुसार यो वर्ष नेपालमा गत सिजनमा १ लाख ७४ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा उद्योगीसँग हालसम्म १ लाख २४ हजार मेट्रिक टन...

  • जाे जापानबाट फर्काइए

    जापानको अध्यागमनबाटै किन फर्काइए यी पाँच नेता?

    काठमाडौंबाट भिषा लिएर गएकाहरू जापान पुगेर अध्यागमनबाटै यसरी पटक पटक किन फर्काइन्छन्? नेपालखबरले यो प्रश्न काठमाडौंस्थित जापानी दूतावासलाई सोधेको छ।

  • वित्तीय साक्षरता किन?

    जब एक नेपाली जन्मन्छ उसको थाप्लोमा २९ हजार बराबरको ऋण थोपरिन्छ भन्ने जानकारी तीनै तहका जनप्रतिनिधिलाई हुनु आवश्यक छ। यसका लागि वित्तीय साक्षरता...

  • बन्द भएको हेटौँडा कपडा उद्योग

    हेटाैंडा कपडा उद्याेग सञ्चालन गर्न पाँच विकल्प

    हेटौंडा कपडा उद्योग सञ्चालन प्रतिवेदन तयार भएको छ।