गरिबका लागि बनेका अपार्टमेन्ट प्रयोगविहीन




सरकारले सहरी गरिब तथा न्यून आय भएका परिवारका लागि १२ करोडभन्दा धेरै खर्चेर काठमाडौंको इचंगुनारायणमा बनाएका अपार्टमेन्ट प्रयोगविहीन छन्। कस्ता गरिब तथा विपन्न परिवारलाई भवन हस्तान्तरण गर्ने भन्ने निक्र्योल नहुँदा अपार्टमेन्ट खाली छन्।

NIC ASIA

मापदण्ड बनाउनेबारे सहरी तथा गरिबी निवारण मन्त्रालय, सहरी विकास मन्त्रालय र उपत्यका विकास प्राधिकरणबीच समन्वय हुन सकेको छैन। जसका कारण भवन प्रयोगविहीन बनेको सहरी विकास तथा भवन निर्माण विभागका सहसचिव वसन्तकुमार राईले बताए। अपार्टमेन्टमा रङरोगन गर्न मात्र बाँकी छ।

चार रोपनी तीन आना एक पैसा एक दाममा बन्ने भवनका लागि ६ करोड ८१ लाख २३ हजार ५ सय ८५ रुपैयाँमा १ भदौ ०६९ मा निर्माण सम्झौता भएको खबर विरेन्द्र ओलीले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन्।

०७१ को अन्त्यतिर भवन तयार भए। पहिलो चरणमा निर्माण भएको यस भवनमा १ सय २७ वटा आवास इकाइ छन्। एक आवास इकाइमा एउटा परिवार बस्न सक्छ। पाँचतले अपार्टमेन्टअन्तर्गतका आवास इकाइमा बेडरुम, किचेन, चर्पी, बैठक र बाल्कोनी छन्।

सरकारले दोस्रो चरणमा निर्माण गरेको अपार्टमेन्ट ३ रोपनी ११ आना १ पैसा ३ दाममा फैलिएको छ। ५ करोड ४४ लाख ११ हजार ५ सय ३० रुपैयाँमा निर्माण सम्झौता गरिएको यो अपार्टमेन्ट पनि पाँच तलाकै छ। यहाँ, सय आवास इकाइ छन्।

अपार्टमेन्ट तयार भए पनि कस्ता गरिबलाई आवास दिने भन्ने विषयमा स्पष्ट कार्यविधि बनेको छैन। ‘गरिबको कसरी पहिचान गर्ने भन्ने विषयमा कुनै स्पष्ट कार्यविधि त हुनुपर्‍यो नि,’ सहसचिव वसन्तकुमार राईले भने, ‘सहकारी तथा गरिबी निवारण मन्त्रालयलगायत सरोकारवाला मन्त्रालयबीच समन्वय नहुँदा कार्यविधि अलपत्र परेको छ।’

प्रकाशित २९ पुस २०७४, शनिबार | 2018-01-13 07:52:08
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • महेशकुमार गुरागाईं

    बीमा समिति रिटायर्डहरुको आराम गर्ने स्थान बन्यो: पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईं

    बीमा समितिलाई प्राधिकरण बनाउने सरकारी योजना उपयुक्त छ। प्राधिकरणलाई कानुनले नै अधिकार दिएर पठाइसकेपछि नियामक निकाय बलियो हुन्छ र कानुन बमोजिम गर्न...

  • एेतिहासिक एक दिवशीय श्रृंखला यादगार बनाउने चुनौती (भिडियो/फोटो)

    त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेट श्रृंखलाको अन्तिम तयारी गरिरहेको छ।

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...