एमाले भन्छ-पहिले प्रधानमन्त्री चुनाव, माओवादी भन्छ-पार्टी एकता पहिले




नेकपा एमालेका  अध्यक्ष  केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलदाहाल प्रचण्ड।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलदाहाल प्रचण्ड।
फाइलफोटो

वाम गठवन्धनको पक्षमा उत्साहजनक चुनावी परिणाम आएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार औपचारिक भेटवार्ता हुँदै छ।

NIC ASIA

अनौपचारिक रूपमा दुई नेताबीच टेलिफोन वार्तामा चुनावी परिणामको सामान्य समीक्षा भए पनि प्रत्यक्ष भेटवार्ता नै भएर कुराकानी भने भएको छैन।यो खबर आजको अन्नपूर्ण पोष्टमा रामकृष्ण अधिकारीले लेखेका छन्।

दाहाल काठमाडौं आएसँगै ओलीसँग हुने भेटवार्तामा नयाँ सरकार र पार्टी एकतालगायत विषयमा छलफल हुने माओवादी केन्द्रका सचिवालय सदस्य नारायण दाहालले बताए। ‘ओलीजीले बुधबार नै भेटघाटको कुरा गर्नुभएको थियो तर अध्यक्ष (दाहाल)को जिल्लामै कार्यक्रमको व्यस्तताका कारण सम्भव भएन। बिहीबार दुई नेताबीच भेट भएर छलफल हुन्छ’, उनले भने।

दुई नेताबीच अबको सरकारको नेतृत्वका विषयमा मोटामोटी छलफल चलिसकेको छ। निर्वाचन परिणाममा एमाले ठूलो दल बनेपछि एमाले अध्यक्ष ओलीले नै नयाँ सरकारको नेतृत्व गर्ने अनौपचारिक समझदारी भइसकेको छ। तर, त्यसको औपचारिक निर्णय नभएका कारण मात्र ओलीको नाम प्रस्तावका रुपमा आउन भने सकिरहेको छैन।

एमाले सचिव प्रदीप ज्ञवालीले सरकार ओलीको नेतृत्वमा बन्नेमा दुई पार्टीमा विमति नभएको बताए। ‘सरकार केपी ओलीको नेतृत्वमा बन्छ, यसमा दुई पार्टीबीच विमति छैन तर यसको औपचारिक निर्णय मात्र भई नसकेको हो’, ज्ञवालीले भने, ‘त्यसले पनि अब छिट्टै औपचारिकता पाउँछ।’

संविधानको धारा ७६ ले प्रतिनिधिसभातर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको ३० दिनभित्र राष्ट्रपतिले बहुमत प्राप्त दल वा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई नयाँ प्रधानमन्त्री चयन गर्न सक्ने प्रावधान संविधानमा रहेका कारण पनि नयाँ सरकार गठनको गृहकार्यमा नेता जुट्न थालेका हुन्।

आयोगले प्रत्यक्ष तर्फको सम्पूर्ण परिणाम सार्वजनिक गरेर समानुपातिक तर्फको पनि अन्तिम गणनाको काम अहिले गरिरहेको छ। यस हिसाबले पनि अबको सात–दश दिनभित्रै सम्पूर्ण परिणाम आउने देखिन्छ। जसकारण यी दुई पार्टीले चुनावलगत्तै गर्ने भनेको पार्टी एकता भने सरकार गठन पछि नै धकेलिने निश्चितप्राय देखिएको छ।

‘चुनावको सबै परिणाम आएसँगै आन्तरिक र संयुक्त बैठक पनि हामी बस्दै छौं, सरकार गठन प्रक्रिया थालिहाल्छौं, पार्टी एकताको काम पनि अगाडि बढ्छ, त्यसको कतिपय काम एकता संयोजन समितिले अगाडि बढाएको पनि छ,’ ज्ञवालीले भने, ‘निर्वाचन परिणाम आएको एक महिनाभित्र सरकार गठन गरिसक्ने गरी अगाडि बढ्नुपर्ने भएकाले हामी त्यतातिर केन्द्रित हुन्छौं। तर, पार्टी एकता प्रक्रिया पनि बढाउँछौं र फागनुसम्म टुंग्याउने गरी जान सक्छौं।’

एमाले अहिले तत्काल नयाँ सरकार गठन गरिहाल्ने पक्षमा बढी केन्द्रित हुन चाहेको देखिन्छ भने माओवादीले एकता प्रक्रियाको सम्पूर्ण कार्ययोजना तयार पारेर सरकारको प्रक्रियामा जान चाहेको देखिन्छ। माओवादी अध्यक्ष दाहालको चाहना अहिले त्यस्तो देखिन्छ। अध्यक्ष दाहालले १७ असोजमा एमाले–माओवादीबीच भएको समझदारीका आधारमा अब पार्टी एकता प्रक्रिया अगाडि बढाउन चाहेका छन्।

पार्टी एकता प्रक्रिया र सरकार गठनको काम एकैपकट टुंगो लगाउने गरी दाहालले सोचिरहेका छन्। त्यसको खुलासा उनले गृहजिल्ला चितवनमै पत्रकारसँग पनि गरिसकेका थिए। ‘निर्वाचनको सबै परिणाम आइसकेपछि हामी पार्टी एकता संयोजन समितिमा तुरुन्तै बस्छौँ। हाम्रो कोसिस सकेसम्म पार्टी एउटै बनाएर सरकार बनाउनतिर हुन्छ। तर, सरकार बनाउन ढिला गर्न नहुने प्राविधिक कानुनी कारणले त्यसो भएछ भने पनि पार्टी एकताको सम्पूर्ण योजना र कार्यक्रम बनाएर सरकार बन्छ,’ दाहालको भनाइ थियो।

दाहालको त्यस्तो सोचको पुष्टि अझ माओवादी केन्द्रका सचिवालय सदस्य नारायण दाहालले पनि गरे। ‘अध्यक्षले सकभर सरकार गठनअगावै पार्टी एकता, नभए पनि एकता प्रक्रियाको कार्ययोजना बनाएर नयाँ सरकार गठनमा जाने सोचिरहनुभएको छ,’ चितवनमा अध्यक्ष दाहालसँगै रहेका उनले टेलिफोनमा भने, ‘पार्टी एकताका लागि अब दुई वटा पार्टी कमिटीलाई एउटै बनाउँदै लैजाने विषय हो, यसको गृहकार्य गर्ने र सरकार पनि गठन गर्ने गरी अध्यक्षले सोचिरहनुभएको छ।’ दाहालको व्यस्तताका कारण अहिले उनले आफ्नै पार्टीका नेतासँग यस विषयमा छलफल गर्न भने पाएका छैनन्।

पार्टी नेता पनि आफ्नै गृहजिल्लामा रहेका कारण यस विषयमा छलफल भई नसकेको माओवादी अर्का सचिवालय सदस्य अग्निप्रसाद सापकोटाले बताए। ‘एउटै कम्युनिस्ट केन्द्र बनाउने, समाजवादको मोडेल तयार पारेर आर्थिक समृद्धि र विकासमा जाने भन्ने मूल सैद्धान्तिक विषयमा सहमत भइसकेपछि पार्टी एकता गर्ने कुरामा हामीमा केही समस्या छैन,’ सापकोटाले भने, ‘हामी सबै अहिले आ(आफ्नै निर्वाचन क्षेत्रमा रहेका कारण छलफल गर्न भ्याएका छैनौं, अब केही दिनमै यस विषयमा घनीभूत छलफल हुनेछ।’

प्रकाशित २८ मंसिर २०७४, बिहिबार | 2017-12-14 08:53:11
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • महेशकुमार गुरागाईं

    बीमा समिति रिटायर्डहरुको आराम गर्ने स्थान बन्यो: पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईं

    बीमा समितिलाई प्राधिकरण बनाउने सरकारी योजना उपयुक्त छ। प्राधिकरणलाई कानुनले नै अधिकार दिएर पठाइसकेपछि नियामक निकाय बलियो हुन्छ र कानुन बमोजिम गर्न...

  • एेतिहासिक एक दिवशीय श्रृंखला यादगार बनाउने चुनौती (भिडियो/फोटो)

    त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेट श्रृंखलाको अन्तिम तयारी गरिरहेको छ।

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...