अब कैदीबन्दीले कारागारभित्रै संसर्ग गर्न पाउने




सन्तान उत्पादनका लागि योग्य कैदीबन्दीले अब कारागारभित्रै आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउने भएका छन्। यसको चाँजोपाँजो भने कारागार व्यवस्थापन विभागले मिलाउनेछ।

NIC ASIA

कैदीबन्दीले यो सुविधा कैदीबन्दीको प्रजनन हकको कार्यान्वयनसम्बन्धी बनेको निर्देशिका पास भएपछि मात्रै पाउनेछन्। विभागले निर्देशिकाको खाका तयार गरिसकेको खबर टेकराज थामीले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन्।

खाकालाई अन्तिम रूप दिएपछि गृह मन्त्रालयमा पेस हुनेछ। मन्त्रालयबाट पास भएपछि निर्देशिका कार्यान्वयनमा आउनेछ। त्यसलगत्तै कैदीबन्दीले सन्तान उत्पादनका लागि कारागारले नै व्यवस्था गरेको विशेष कोठामा आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउनेछन्।

निर्देशिका बनेपछि मात्र सुविधा
विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले विभाग कैदीबन्दीको प्रजनन हकको कार्यान्वयनसम्बन्धी निर्देशिका बनाउने तयारीमा जुटेको बताए। उनका अनुसार अबको तीन महिनाभित्र निर्देशिका तयार हुनेछ।

उनले भने, ‘कैदीबन्दीको प्रजनन हकको कार्यान्वयनसम्बन्धी निर्देशिका बन्दै छ। अबको तीन महिनाभित्र यो तयार भइसक्नेछ। त्यसपछि मन्त्रालयमा पेस हुनेछ। मन्त्रालयबाट पास भएलगत्तै निर्देशिका कार्यान्वयनमा आउनेछ।’ सर्वोच्च अदालतले कैदीबन्दीको प्रजनन हक सुरक्षित गर्ने सम्बन्धमा दिएको आदेशपछि विभाग निर्देशिका बनाउने तयारीमा जुटेको हो।

महानिर्देशक घिमिरेले भने, ‘अदालतले कैदीबन्दीको प्रजनन हकको सुरक्षा गर्न आदेश दियो। आदेशलाई कार्यान्वयन गर्नुपर्ने भयो । अदालतबाट आदेश भएलगत्तै त्यत्तिकै प्रजनन अधिकार दिने कुरा भएन। यसका लागि विधि–प्रक्रिया चाहिन्छ। त्यसैले, विभाग निर्देशिका बनाउन जुटेको हो।’

कस्ता कैदीबन्दीले पाउँछन् यस्तो सुविधा?
विभागका अनुसार यो सुविधा लामो अवधि सजाय तोकिएका तर सन्तान नभएका कैदीबन्दीको हकमा मात्रै लागू हुनेछ। यसका लागि विवाहित हुनुपर्नेछ। विभागले कारागारभित्रै विशेष कोठाको व्यवस्था गर्नेछ।

लामो अवधि कैद–सजाय तोकिएका तर सन्तान नभएका कैदीबन्दी पहिचान गरिनेछ। महिला कैदीबन्दी भए उनका श्रीमान् र पुरुष कैदीबन्दी भए उनकी श्रीमतीलाई सम्पर्कमा ल्याइनेछ। दुवैको चिकित्सकबाट स्वास्थ्य–परीक्षण गराइनेछ। सन्तान उत्पादनका लागि समय निश्चित भएपछि मात्रै उनीहरूलाई संसर्गका लागि भेट गर्न दिइनेछ।

विभागका महानिर्देशक घिमिरेका अनुसार उनीहरूलाई बढीमा सात दिनसम्म सँगै राखिनेछ। उनले भने, ‘सामान्यतया महिलाको महिनावारी रोकिएको सात दिनपछिको एक सातासम्म सन्तान उत्पादनका लागि उपयुक्त समय मानिन्छ। यही अवधिमा कैदीबन्दीलाई संसर्गका लागि छाडिनेछ।

सन्तान उत्पादनको उपयुक्त समय निर्धारण चिकित्सकको सल्लाहपछि मात्रै हुनेछ। त्यसपछि, बढीमा सात दिनसम्म उनीहरूलाई सँगै राखिनेछ। यो सुविधा एक कैदीबन्दीले एकपटक मात्रै पाउनेछ।’ विभागका अनुसार विवाह नभएका र सन्तान भइसकेका कैदीबन्दीको हकमा भने यो सुविधा लागू हुने छैन।

महानिर्देशक घिमिरेले भने, ‘यो सुविधा विवाह नभएका कैदीबन्दीको हकमा लागू हुने छैन। त्यस्तै, सन्तान भइसकेका कैदीबन्दीको हकमा पनि लागू हुने छैन। अदालतको आदेश पनि सोहीअनुसारको छ। त्यहीअनुसार निर्देशिका बन्छ।’

प्रकाशित २८ मंसिर २०७४, बिहिबार | 2017-12-14 08:05:55
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • महेशकुमार गुरागाईं

    बीमा समिति रिटायर्डहरुको आराम गर्ने स्थान बन्यो: पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईं

    बीमा समितिलाई प्राधिकरण बनाउने सरकारी योजना उपयुक्त छ। प्राधिकरणलाई कानुनले नै अधिकार दिएर पठाइसकेपछि नियामक निकाय बलियो हुन्छ र कानुन बमोजिम गर्न...

  • एेतिहासिक एक दिवशीय श्रृंखला यादगार बनाउने चुनौती (भिडियो/फोटो)

    त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेट श्रृंखलाको अन्तिम तयारी गरिरहेको छ।

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...