प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रारम्भिक नतिजामा बामपन्थी गठबन्धनले फराकिलो अन्तरमा अग्रता लिएको छ।
विजय भएका स्थान र गणना भइरहेका क्षेत्रको मत शैली हेर्दा केन्द्र र प्रदेश सरकारहरुसमेत बनाउन सक्ने गरी बाम गठबन्धनको पक्षमा बहुमत पुग्ने संकेत देखिएको छ।
सबै प्रदेशमा एमाले पहिलो र माओवादी केन्द्रले दोश्रो हैसियतमा अग्रता लिइरहेका खबर दुर्गा खनालले आजको कान्तिपुर दैनिकमा लेखेका छन्।
बाम गठबन्धनको यो हैसियत निर्माण हुनुमा दुइटा विषयले प्रमुख रुपमा काम गरेको छ। पहिलो, एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता। दोश्रो, विकास र समृद्धिका लागि बहुमतसहितको स्थिर सरकारको नारा।
यिनै दुइटा विषयलाई गठबन्धनले देशव्यापी प्रचार ग¥यो। सन्देश पु¥याउन चुनाव अघि एमाले अध्यक्ष केपी ओलीले उम्मेदवारी दर्ता गरेपछि झण्डै ५० वटा ठूला आमसभालाई संवोधन गरे। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले पनि अधिकांश सभामा सहभागिता जनाए।
उनीहरु दुबैले एउटै सन्देश दिए, 'अब हामी मिल्छौ र स्थिर सरकार चलाउँछौं।' विगतका चुनावमा पनि बामपन्थीहरुको मत धेरै थियो। तर बामपन्थीहरु नमिलिकन चुनाव लड्ने गरेकाले कांग्रेसले फाइदा उठाउँदै आएको थियो।
प्रकाशित २३ मंसिर २०७४, शनिबार | 2017-12-09 07:07:10