आफैंलाई भोट हाल्न नपाउने ठूला नेता


Infocus



मंसिर २१ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा केही राजनीतिक दल अध्यक्षसहितका बरिष्ठ नेताले आफैंलाई भोट हाल्न नपाउने भएका छन्।

NIC ASIA

आफू मतदाता नभएको क्षेत्रबाट उम्मेदवार बनेका कारण एमाले अध्यक्षसहितका केही बरिष्ठ नेताले आफैंलाई मतदान गर्न नपाउने खबर रमेश सापकोटाले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन्।

एमाले अध्यक्ष ओली झापा ५ का उम्मेदवार हुन्। तर ओलीको मतदाता नामावली भने भक्तपुर सूर्यविनायक नगरपालिका २ मा छ। एमाले बरिष्ठ नेता माधव नेपाल काठमाडौं २ बाट उम्मेदवार बनेका छन्। तर उनको मतदाता नामावली भने रौतहटमा छ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि आफैंलाई मतदान गर्न नपाउने भएका छन्। उनी सप्तरी २ बाट उम्मेदवार छन्। यादवको मतदाता नामाबली भने मोरङको विराटनगरमा छ।

राजपा अध्यक्षमण्डलका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले पनि आफैंलाई मतदान गर्न पाउने छैनन्। ठाकुर महोत्तरी ३ बाट उम्मेदवार छन्। तर उनको मतदाता नामावली भने सर्लाहीको बलरा नगरपालिकामा छ।

त्यस्तै राजपाका अर्का नेता राजेन्द्र महतोले पनि मतदान गर्न पाउने छैनन्। सर्लाही चन्द्रनगरमा मतदाता नामाबली भएका महतो धनुषा ३ बाट उम्मेदवार छन्।

त्यस्तै माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, राम कार्की, झक्कु सुवेदी, कांग्रेस नेतृ एवं प्रधानमन्त्री शेरवहादुर देउवाकी पत्नी आरजु राणा, नेता डा. मिलेन्द्र रिजाल लगायतका नेताले पनि आफैंलाई मतदान गर्न पाउने छैनन्।

प्रकाशित २० मंसिर २०७४, बुधबार | 2017-12-06 07:29:44
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।

  • चुनावअघि मतदातासँग डिएनटीका सभापति डा. लोटे छिरिङ

    भुटानमा नयाँ पार्टीलाई सरकार बनाउन बहुमत

    भुटानमा नयाँ राजनीतिक पार्टी ड्रुक न्यमन रुव शोग–पा (डिएनटी) ले सरकार गठन गर्ने भएको छ।

  • भदौमा नेपाल आउँदा पशुपति दर्शन गर्दै मोदी

    अयोध्याबाट जनकपुर आउने जन्तीसँगै मोदी किन आउँदैछन् नेपाल?

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार वर्षे कार्यकालमा पाँचौं पटक नेपाल भ्रमणमा आउने तय भएको छ।

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...