आफैं भोट हाल्न पाउँदैनन् महिला




जयपृथ्वी नगरपालिका–१ कैलाशकी सिद्धादेवी सिंहलाई सामान्य लेखपढ गर्न आउँछ। उनले कक्षा ६ सम्मको अध्ययन पनि गरेकी छन्। उनी मोबाइल चलाउँछिन्, मतपत्रमा लेखिएका अक्षर पनि पढ्न सक्छिन्। चिह्न छुटयाउन सक्छिन् तर विडम्बना उनले आफ्नै हातले अहिलेसम्म मतपत्रमा छाप भने लगाउन पाएकी छैनन्।

NIC ASIA

उनी सिद्धा हुम्लाको साबिक लाली गाविसबाट २०५३ मा विवाह गरी बझाङ आएकी हुन्। उनी आएपछि ५ पटक चुनाव भयो। कुनै पनि चुनावमा उनले मतदान गर्न भने पाइनन्।यो खबर आजको कान्तिपुर दैनिकमा वसन्तप्रताप सिंहले बझाङबाट लेखेका छन्। ‘भोट हाल्न जानुपर्छ भनेर घरमै बोलाउन आउँछन्। लाइन लगाउँछन्।

जब भोट हाल्ने बेला हुन्छ तपाईं बिगार्नुहुन्छ हामी हालिदिन्छौं भनेर मतपत्र खोस्छन्,’ उनले भनिन्, ‘गाउँकै जान्ने–सुन्नेले त्यसो भनेपछि कसरी नाइँ भन्नु, उनीहरूले मत हाल्छन्। हामी नङमा रङ मात्र लगाएर फर्किन्छौं।’ उनले आफू मात्र होइन, गाउँका अधिकांश महिलाको मत दलका एजेन्ट, कार्यकर्ता, आफन्त र छिमेकीहरूले हालिदिने गरेको सुनाइन्।

यो समस्या कैलाशको मात्र होइन जिल्लाभरको हो। मष्टा गाउँपालिकाकी ७८ वर्षीया राजीदेवी कठायत मतदानसम्बन्धी अनुभव सुनाउँदै भन्छिन्, ‘अहिलेसम्म एक पटक पनि आफैले भोट हालेकी छैन। ‘तपाईंले हाल्दा बिग्रन्छ भन्छन्। साँच्चै बिग्रने पो हो कि भन्ने लाग्छ। सधैं अरूले नै हालिदिन्छन्।’

आफ्नो मत आफै हाल्न नपाएकोमा अधिकांश महिलाको गुनासो छ तर उनीहरू आफन्त र छिमेकीको करकापका अगाडि बोल्न सक्दैनन्। ‘बिहानदेखि बेलुकासम्म लाइनमा बस्नुपर्छ, आफ्नै हातले भोट हाल्न कहिल्यै दिँदैनन्। आफैं हाल्न पाए त आफूलाई मन परेको नेतालाई हाल्थेंहोला। हामीलाई हाल्नै दिँदैनन्,’ मष्टा गाउँपालिकाकै हीरादेवी कठायत भन्छिन्, ‘उनीहरूलाई भोट हाल्न नदिए झगडा गर्छन्। खानु न पाउनु भोटका लागि के झगडा गर्नु भनेर चुप लाग्छु।’

‘एउटा चुनावमा मेरो भोट नातिले हाल्यो, अर्कोपालाको चुनावमा गाउँले नाता पर्ने भतिजाले मतपत्र खोसेर हाल्यो। कुन पार्टीका हुन् थाहा छैन,’ थलाराकी असमती विष्टले भनिन्, ‘खोसाखोस गर्छन्। हामी त अक्क न बक्क हुन्छौं।’

मष्टा गाउँपालिकामा रहेको मालिका निम्न माध्यमिक विद्यालयको केन्द्रमा १ हजार १ सय ४७ मतदातामध्ये ६ सय २० महिला छन्। तीमध्ये ४ सयभन्दा बढी महिलाको मत अर्कैले हाल्ने गरेको स्थानीय प्रशान्त कठायत बताउँछन्। यस्तै सुर्मा गाउँपालिकामा १८ सयभन्दा बढी महिला मतदाता रहे पनि ११ सयभन्दा बढी महिलाको मत अर्कैले हाल्ने गरेको दौलीचौर मावि व्यवस्थापन समिति अध्यक्ष कलक बोहराले बताए।

अधिकांश महिला निरक्षर भएको र साक्षरमा पनि आत्मविश्वासको कमी हुँदा मत हाल्दा बिग्रने डरले अरूले नै हस्तक्षेप गर्ने महिला अधिकारकर्मीहरू बताउँछन्। धेरैजसो पुरुषलाई महिलाले आफूले चाहेभन्दा अर्को उम्मेदवारलाई मत हाल्छन् भन्ने शंका भएकै कारण उनीहरू मतदानबाट वञ्चित भएको महिला अधिकार मञ्चकी अध्यक्ष जयन्ती जोशी बताउँछिन् । ‘कतिपय महिला त आफूले मत हाल्दा बिग्रन्छ कि भनेर अरूलाई नै हाल्न दिन्छन्,’ उनले भनिन्, ‘तर धेरैजसो महिलालाई पुरुषहरूले विश्वास नगरेकै कारण जबरजस्ती मतपत्र खोसेर मतदानबाट वञ्चित गराएका छन्।’

जिल्लाको औसत साक्षरता ५५.५० प्रतिशत छ। जिससको तथ्यांकअनुसार यहाँका करिब ७३ प्रतिशत पुरुष साक्षर छन् भने महिला साक्षरता ४० प्रतिशत मात्र छ। बढीजसो महिला निरक्षर भएकै कारण पुरुषले महिलाका नाममा मतदान गर्ने महिला अधिकारकै क्षेत्रमा लामो समय काम गरेका कलक खत्री सुनाउँछन्। उनले भने, ‘मत बिर्गाछन् भन्ने निहुँ बनाए पनि सबैको नियत आफ्नो पक्षमा मत खसाल्ने नै हुन्छ। एक हिसाबले भन्ने हो भने अधिकांश महिलाको मत कब्जा नै गरिन्छ भन्दा पनि हुन्छ।’ महिला सशक्तीकरण अभावकै कारण यस्तो हुने उनको बुझाइ छ।

बझाङका करिब १ लाख ४ हजार मतदातामध्ये ५३ हजार ५ महिला छन्।

 

प्रकाशित ७ मंसिर २०७४, बिहिबार | 2017-11-23 08:20:16
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनी

    भारतीय र पाकिस्तानी चिनीकाे मारमा नेपाली उद्योग

    नेपाल चिनी उत्पादन संघकाअनुसार यो वर्ष नेपालमा गत सिजनमा १ लाख ७४ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा उद्योगीसँग हालसम्म १ लाख २४ हजार मेट्रिक टन...

  • जाे जापानबाट फर्काइए

    जापानको अध्यागमनबाटै किन फर्काइए यी पाँच नेता?

    काठमाडौंबाट भिषा लिएर गएकाहरू जापान पुगेर अध्यागमनबाटै यसरी पटक पटक किन फर्काइन्छन्? नेपालखबरले यो प्रश्न काठमाडौंस्थित जापानी दूतावासलाई सोधेको छ।

  • वित्तीय साक्षरता किन?

    जब एक नेपाली जन्मन्छ उसको थाप्लोमा २९ हजार बराबरको ऋण थोपरिन्छ भन्ने जानकारी तीनै तहका जनप्रतिनिधिलाई हुनु आवश्यक छ। यसका लागि वित्तीय साक्षरता...

  • बन्द भएको हेटौँडा कपडा उद्योग

    हेटाैंडा कपडा उद्याेग सञ्चालन गर्न पाँच विकल्प

    हेटौंडा कपडा उद्योग सञ्चालन प्रतिवेदन तयार भएको छ।