कांग्रेसले गठबन्धन अझै कस्ने




वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने भएको छ। प्रदेश २ को चुनावका लागि उसले राजपा र संघीय फोरमसँग गठबन्धन तयारी गरेको हो। राजपा र फोरम यसअघि नै चुनावी गठबन्धनमा सामेल छन्।

NIC ASIA

कांग्रेसले राजपासँग चुनावी गठबन्धनका लागि दस्ताबेजको मस्यौदा अध्ययनका लागि पठाइसकेको छ। राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले त्यसलाई अध्ययन गरेपछि कांग्रेस मधेसवादी गठबन्धनको औपचारिक घोषणा हुने खबर बसन्त बस्नेतले आजको अन्नपूर्ण पोष्ट दैनिकमा लेखेका छन्।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवानिकट स्रोतका अनुसार पार्टीले नेता विमलेन्द्र निधि र मीनेन्द्र रिजालको अगुवाइमा मधेसवादी दलसित चुनावी गठबन्धन गर्न औपचारिक प्रस्ताव पठाएको हो। निधि स्वास्थ्यलाभका लागि काठमाडौं आएका छन्। प्रदेश २ को चुनाव मंसिर २१ मा हुने भएकाले रिजाल त्यसअघि मोरङको आफ्नै चुनावी क्षेत्रमा व्यस्त हुनेछन्।

नेता रिजालले लोकतान्त्रिक गठबन्धनलाई बृहत् स्वरूप दिने प्रयासस्वरूप मधेसकेन्द्रित दलहरूसँग कुरा भइरहेको खुलाए। ‘लोकतान्त्रिक गठबन्धनलाई बृहत् स्वरूप दिन राजपालगायत साथीहरूसित प्रयास भइरहेको छ,' रिजालले भने, ‘हामी यसलाई ठोस स्वरूपमा ल्याउन कुराकानी गरिरहेका छौं।' प्रधानमन्त्रीका सल्लाहकार दिनेश भट्टराईले क्षेत्रीय स्तरमा कार्यगत एकता प्रयास भइरहेको बताए।

संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले काठमाडौंमा सहकार्यका लागि कुराकानी भइरहेको जानकारी दिए। उनले अहिलेसम्म ठोस सहमति बनिनसके पनि प्रदेश २ का लागि समझदारी बन्न सक्ने सम्भावना औंल्याए।

‘अहिलेसम्म ठोस निर्णय भइसकेको छैन, काठमाडौंमा हाम्रा साथीहरू कांग्रेससँग कुराकानीमा हुनुहुन्छ,' यादवले भने। यसअघि असोज १७ गते एमाले र माओवादीबीच गठबन्धन बनेको २४ घन्टा नबित्दै कांग्रेसले राप्रपा प्रजातान्त्रिक लगायतसँग सहकार्य गर्ने घोषणा गरेको थियो।

त्यसयता लोकतान्त्रिक गठबन्धनले विभिन्न चुनाव क्षेत्रमा उम्मेदवारबीच सहमति निर्माण गर्न खोजे पनि वाम गठबन्धनको तुलनामा अड्चनहरू झेल्नुपरेको थियो।

प्रकाशित ७ मंसिर २०७४, बिहिबार | 2017-11-23 07:14:48
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रामेश्वर गाैतम

    स्टेडियममा बसेर विश्वकप: नेपालकाे झन्डा फहराएर हुटिङ (भिडियाे)

    रसियामा विश्वकप फूटबल हुँदैछ भनेर यहाँ बस्दै आएका नेपालीबीच एक किसिमको ठूलै उत्साहको सञ्चार भएको छ।

  • पाइलट विजय लामा

    पाइलट विजय लामाको वाइडबडी सपना (भिडियाे)

    पाइलट विजय लामा ट्विनटर जहाजमा जोमसोमबाट पोखराको उडान गर्दै थिए। जहाजभित्र करिब १८ यात्रु थिए। एक्कासि जहाजलाई कालो बादलले छोप्यो।

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः भुजुङका मतियार प्रविण अग्रवाल पक्राउ

    सुन तस्करी र सनम शाक्य हत्या प्रकरणकाे अनुसन्धान गरिरहेकाे सरकारी समितिले अकबर शाह र डब्बु भन्ने इम्तियाज अन्सारीका साझेदार प्रविण अग्रवाललाई...

  • विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?

    क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्। लियोनल मेस्सीमा कुनै...