पहिलो चरणको निर्वाचनः प्रचारको आज अन्तिम दिन




निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनको सबै तयारी पूरा गरेको छ। हिमाली र उच्च पहाडी ३२ जिल्लामा १० मंसिरमा निर्वाचन हुँदैछ।

NIC ASIA

पहिलो चरणको निर्वाचनबाट प्रतिनिधिसभाका लागि ३७ र प्रदेशसभाका लागि ७४ सदस्य निर्वाचित हुनेछन्। पहिलो चरणको निर्वाचन प्रचारको अन्तिम दिन आज (बिहिबार) हो।

बिहिबार राती १२ बजेबाट २८ घण्टे मौन अबधि सुरु हुने खबर योगेश ढकालले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन्। मौन अबधिमा उम्मेदवार, नागरिक समाज, मतदाता निर्वाचन प्रचारप्रसारमा संलग्न हुन पाउँदैनन्।

पहिलो चरणको निर्वाचन सुरक्षको लागि सरकारले म्यादी प्रहरीसहित ८५ हजार सुरक्षाकर्मी परिचालन गरेको छ। गृह मन्त्रालयको प्रवक्ता नारायणप्रसाद दबाडीले ढुक्क भएर मतदानमा सहभागि हुन आम मतदातालाई आग्रह गरेका छन्।

निर्वाचनमा ४५ हजार कर्मचारी परिचालन भएका छन्। निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता नवराज ढकालले टाढाका निर्वाचन अधिकृत फिल्डमा खटिईसकेका र नजिकका क्षेत्रमा पनि खटिनेक्रममा रहेको बताए।

पहिलो चरणको निर्वाचनका लागि ३१ लाख ९१ हजार ९४५ मतदाता छन्। मतदानको लागि झण्डै साढे चार हजार मतदान केन्द्र निर्धारण गरिएको छ।

प्रकाशित ७ मंसिर २०७४, बिहिबार | 2017-11-23 06:57:26
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • इन्टरनेट तीन गुणा महङ्गो, के गर्दैछ सरकार?

    इन्टरनेटको सेवा प्रदायकहरुले बिदेशबाट खरिद गरेभन्दा झण्डै तीन गुणा बढी मूल्यमा बिक्री गरेको पाइएपछि सरकारले उनीहरुमाथि कडाई गर्ने भएको छ।

  • केपी शर्मा ओली

    रेलबाट मिनिरल वाटर सप्लाई गर्ने ओलीको योजना

    ‘सुन्तलाको बोक्रा नदेखेकाले ‘अरेन्ज फ्लेवर’ को जुस र आँपको बोक्रा नदेखेकाले ‘म्याङ्गो जुस’ भन्दै आयातित जुस खाने गरेका छन्। यस्ता जुस हामी छ्वास्स...

  • गोकुल बास्कोटा

    डा केसीलाई किन अनसन गर्न लगाउने? गगन थापा आफै अनसन बसे भयो: मन्त्री बास्कोटा

    प्रधानमन्त्रीको नेतृत्वमा बनाइयो भने राष्ट्रपतिको नेतृत्वमा चाहिन्छ भन्दिने होला। राष्ट्रपतिको नेतृत्वमा बनाउने हो भने संयुक्त राष्ट्रसंघको...