सीमा क्षेत्रमा गस्ती गर्न नेपाल र भारतको संयुक्त टोली




नेपाल र भारतका सुरक्षाकर्मीले बाँकेको सीमा नाकामा सुरक्षा सतर्कता वढाएका छन्। २१ मंसिरमा हुने निर्वाचन सुरक्षाका लागि सीमामा गस्ती गर्न संयुक्त टोली बनाइएको छ।

इलाका प्रहरी कार्यालय हिरमिनियाका इन्चार्ज प्रहरी नायव निरिक्षक प्रशाराम केसीका अनुसार गस्ती टोलीमा भारतको सशस्त्र प्रहरी वल (एसएसवी) र नेपालको सशस्त्र प्रहरी वल र नेपाल प्रहरीका सात सात जना छन्।

गस्तीका लागि सशस्त्र प्रहरी वल कालाबन्जरका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक गंगाराम भट्ट, हिरमिनियाका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक केसी र भारतस्थित मुन्सीपुर्वा एसएसवी क्यम्पका इन्चार्ज अरविन्दकुमारको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको खबर विश्वराज पछल्डङ्वाले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन्।

टोलीले बुधबारदेखि नै गस्ती सुरु गरेको बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए।

 

प्रकाशित ७ मंसिर २०७४, बिहिबार | 2017-11-23 06:36:14



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • चुडामणि उप्रेती ‘गोरे’

    मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतमा राख्न गोरेको माग

    सुन काण्डका मुख्य नाइके चूणामणि उप्रेती ‘गोरे’ले मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतम बस्न माग गरेका छन्। बुधबार जिल्ला अदालत मोरङमा बयान...

  • रेलमार्गको नक्सा अध्ययन गर्दै नेपाली तथा चिनिया अधिकारीहरु

    रेलमार्ग खोज्दै नेपाली-चिनियाँ अधिकारी काठमाडौंदेखि केरुङसम्म

    केरुङ-काठमाडौं रेलमार्ग त्यति छिट्टै निर्माण हुने सम्भावना चाहिँ छैन, जति राजनीतिक बृत्तमा चर्चा हुने गरेको छ। जस्तो कि, अहिलेको टोली पूर्व...

  • दरबारमार्ग सामूहिक बलात्कार प्रकरणका अभियुक्त शैलेश कार्की

    दरबारमार्ग सामुहिक बलात्कार काण्ड: शैलेस मात्र जेल चलान, नेकपा नेतापुत्र फरार

    दरबारमार्ग सामुहिक बलात्कार काण्डका मुख्य आरोपी शैलेस कार्की पूर्पक्षका लागि जेल चलान भएका छन्।

  • प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

    नेपालका मन्त्री सुनका पारखी: हेर्नुस्,कोसँग कति तोला?

    नेपाल सरकारका मन्त्रीहरु सुनका पारखी देखिएका छन्। मन्त्रीहरूमध्ये सबैभन्दा धेरै सुन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग रहेकाे छ।