दुई मेडिकल कलेजको एमबीबीएस सिट बढाउन केयूको लबिङ




काठमाडौं विश्वविद्यालय (केयू) ले दुई मेडिकल कलेजको यसअघि निर्धारण भइसकेको एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको सिट बढाउन मेडिकल काउन्सिलमा लबिङ सुरु गरेको छ।

NIC ASIA

केयू स्रोतका अनुसार विराटनगरको नोबेल र विराट मेडिकल कलेजको सिट थप गर्न काउन्सिललाई आग्रह गरेको हो। केयू र काउन्सिलले तोकेको विज्ञहरुको संयुक्त टोलीको निरीक्षण प्रतिवेदनको आधारमा यसवर्ष सिट निर्धारण गरिएको थियो।

यसकै आधारमा विद्यार्थीलाई काउन्सिलिङ गरेर काउन्सिलले निर्धारण गरेको सिटमा भर्ना समेत लिइसकेको छ। काउन्सिलले नोबेलको ९० र विराटमा ६५ सिट निर्धारण गरिसकेको।

‘यसपालिको सीट निर्धारण केयू र काउन्सिलले खटाएको संयुक्त विज्ञ टोलीको प्रतिवेदनलाई आधार मानेर गरिएको हो,’ काउन्सिलका एक सदस्यले भने, ‘फेरी पुनरावलोकन गर्ने निर्णय गरेछ। यसको स्वार्थ बुझ्न सकिएन।’

विश्वविद्यालय प्राज्ञिक परिषद्को कातिक २८ को बैठकले काउन्सिलमा सिट संख्या पुनरावलोकनका लागि लेखी पठाउने निर्णय गरेको हो। बैठकले नोबेलमा एक सय र बिराटमा ७५ सिट उपयुक्त हुने निश्कर्ष निकालेको खबर आजको कान्तिपुर दैनिकले लेखेको छ।

यही निर्णयको आधारमा स्कूल अफ मेडिकल साइन्सेजका डिन डा.राजेन्द्र कोजुले काउन्सिलमा सिट पुनरावलोकन गरिदिन पत्र पठाएका छन्। पत्रमा भनिएको छ, ‘कानुनी सल्लाहकारको राय अनुरुप नोबेल मेडिकल कलेजमा सरकारले तोकेको अधिकतम सिट संख्या एक सय तथा बिराट मेडिकल कलेजमा गतवर्ष कै सिट संख्या ७५ हुन उपयुक्त देखिएकोले नेपाल काउन्सिलमा समेत पुनरावलोकनको लागि पठाउन स्कूल अफ मेडिकल साइन्सेजलाई निर्देशन दिने निर्णय भयो।’

काउन्सिललाई लेखेको पत्रको बोधार्थ दुबै मेडिकल कलेजलाई समेत दिइएको छ । काउन्सिलले मेडिकल कलेजमा अनुगमन गर्दा पाइएको पूर्वाधार, अकुपेन्सी लगायतको आधारमा सीट निर्धारण गरिन्छ। बिगतको भन्दा कमजोर पाइएपछि सीट संख्या घटाइएको काउन्सिलले जनाएको छ।

सीट निर्धारण गर्न काउन्सिलले निश्चित आधार तय गरेको हुन्छ । त्यसको आधारमा सीट तोकिन्छ। ‘जुन कलेजले आवश्यक पूर्वाधार र आधार पुरा गरेको हुदैन त्यसलाई सीट बढाउन खोज्नु गढबढी भएको छ,’ काउन्सिलका एक सदस्यले भने।

प्रकाशित ७ मंसिर २०७४, बिहिबार | 2017-11-23 06:13:42
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • इन्टरनेट तीन गुणा महङ्गो, के गर्दैछ सरकार?

    इन्टरनेटको सेवा प्रदायकहरुले बिदेशबाट खरिद गरेभन्दा झण्डै तीन गुणा बढी मूल्यमा बिक्री गरेको पाइएपछि सरकारले उनीहरुमाथि कडाई गर्ने भएको छ।

  • केपी शर्मा ओली

    रेलबाट मिनिरल वाटर सप्लाई गर्ने ओलीको योजना

    ‘सुन्तलाको बोक्रा नदेखेकाले ‘अरेन्ज फ्लेवर’ को जुस र आँपको बोक्रा नदेखेकाले ‘म्याङ्गो जुस’ भन्दै आयातित जुस खाने गरेका छन्। यस्ता जुस हामी छ्वास्स...

  • गोकुल बास्कोटा

    डा केसीलाई किन अनसन गर्न लगाउने? गगन थापा आफै अनसन बसे भयो: मन्त्री बास्कोटा

    प्रधानमन्त्रीको नेतृत्वमा बनाइयो भने राष्ट्रपतिको नेतृत्वमा चाहिन्छ भन्दिने होला। राष्ट्रपतिको नेतृत्वमा बनाउने हो भने संयुक्त राष्ट्रसंघको...