घट्दैछन् महिला मतदाता




जनसंख्या बढी भए पनि पछिल्ला निर्वाचनमा महिला मतदाताको संख्या घट्दै गएको छ। ०७० सालको संविधानसभा निर्वाचनको तुलनामा स्थानीय निर्वाचन र आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा महिला मतदाताको संख्या घटेको हो।

NIC ASIA

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मतदाता नामावली अद्यावधिक गर्न चासो कम भएकाले महिला मतदाता घटेको बताए। उनले भने, ‘वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढेको छ। पढेका महिलाले मतदाता परिचयपत्र लिन चासो नदेखाएका कारण पनि दोस्रो संविधानसभा चुनावमा भन्दा महिला मतदाताको संख्या कम भएको हो।'

संविधानसभा निर्वाचन २०७० मा एक करोड २१ लाख ४७ हजार आठ सय ६५ जना मतदाता थिए। तीमध्ये ६१ लाख ६६ हजार आठ सय २९ अर्थात् ५० दशमलव ७६ प्रतिशत महिला मतदाता थिए। पुरुष मतदाताको संख्या ४९ दशमलव ३३ प्रतिशत थियो।

स्थानीय तह निर्वाचनमा एक करोड ४० लाख ५४ हजार चार सय ८२ जना मतदाता थिए। तीमध्ये ६९ लाख ४८ हजार ६ सय २५ महिला थिए भने ७० लाख ६९ हजार सात सय १४ पुरुष मतदाता रहेको निर्वाचन आयोगको अभिलेखले देखाएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

स्थानीय तह निर्वाचनमा महिलाको भन्दा पुरुष मतदाताको संख्या एक लाख पाँच हजार ८९ बढी थियो। आगामी निर्वाचनमा ७७ लाख ७६ हजार ६ सय २८ पुरुष मतदाता छन् भने ७६ लाख ५१ हजार एक सय ४३ महिला मतदाता छन्।

प्रकाशित ५ मंसिर २०७४, मंगलबार | 2017-11-21 08:30:54
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • इन्टरनेट तीन गुणा महङ्गो, के गर्दैछ सरकार?

    इन्टरनेटको सेवा प्रदायकहरुले बिदेशबाट खरिद गरेभन्दा झण्डै तीन गुणा बढी मूल्यमा बिक्री गरेको पाइएपछि सरकारले उनीहरुमाथि कडाई गर्ने भएको छ।

  • केपी शर्मा ओली

    रेलबाट मिनिरल वाटर सप्लाई गर्ने ओलीको योजना

    ‘सुन्तलाको बोक्रा नदेखेकाले ‘अरेन्ज फ्लेवर’ को जुस र आँपको बोक्रा नदेखेकाले ‘म्याङ्गो जुस’ भन्दै आयातित जुस खाने गरेका छन्। यस्ता जुस हामी छ्वास्स...

  • गोकुल बास्कोटा

    डा केसीलाई किन अनसन गर्न लगाउने? गगन थापा आफै अनसन बसे भयो: मन्त्री बास्कोटा

    प्रधानमन्त्रीको नेतृत्वमा बनाइयो भने राष्ट्रपतिको नेतृत्वमा चाहिन्छ भन्दिने होला। राष्ट्रपतिको नेतृत्वमा बनाउने हो भने संयुक्त राष्ट्रसंघको...