चुनाव बिथोल्न खोज्नेलाई जेल हालिन्छः प्रधानमन्त्री


Infocus



प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव गराएर संविधान कार्यान्वयन गर्नु सरकारको प्रमुख दायित्व रहेको औंल्याउँदै सुरक्षाका सबै उपाय अवलम्बन गरी चुनावलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।

NIC ASIA

गृह मन्त्रालयद्वारा सोमबार आयोजित प्रदेश नं.३ को सुरक्षा गोष्ठीमा देउवाले निर्वाचन असफल पार्न खोज्ने विप्लवलगायत जुनसुकै समूहका व्यक्तिलाई पनि पक्राउ गरी जेल हाल्न निर्देशन दिए।

गृहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपाली सेनाका उच्च सुरक्षा अधिकारी र गृह मन्त्रालयका उच्च पदाधिकारी सम्मिलित गोष्ठीमा प्रधानमन्त्री देउवाले भने, ‘विप्लवलगायत विभिन्न समूहबाट उम्मेदवारमाथि आक्रमण गर्ने, बम पड्काउने र जनमानसमा त्रास र भय सिर्जना गर्ने काम भएको छ, त्यसैले त्यस्ता पक्षलाई पक्राउ गरेर जेल हाल्नुपर्छ।’

उनले बुथ क्याप्चर गर्नेसम्मका प्रयास हुन सक्ने भन्दै त्यसतर्फ सचेत रहँदै यस्ता हर्कत निस्तेज पार्न सुरक्षा निकाय सक्षम हुनेमा विश्वास व्यक्त गरेका खबर सागर पण्डित र सुवास गोतामेले आजको अन्नपूर्ण पोष्ट दैनिकमा लेखेका छन्।

देउवाले लामो संघर्षबाट ल्याइएको संविधान कार्यान्वयन सफलतापूर्वक गर्न पनि निर्वाचन सफल पार्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री देउवाले सुरक्षा कायम गर्ने प्रमुख जिम्मेवारीमा रहेको प्रहरीको चेन अफ कमान्डको पनि उचित व्यवस्थापन जरुरी रहेको औंल्याए।

सुरक्षा गोष्ठीमा गृहसचिव, सेनाका रथी, तीनवटा सुरक्षा निकाय क्रमशः प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, क्षेत्रीय प्रशासकसहित १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी र संघीय प्रहरी एकाइ कार्यालय प्रमुख उपस्थित थिए। प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सबै जिल्ला सुरक्षा चुनौतीको दृष्टिकोणले उत्तिकै जोखिमपूर्ण रहेकाले कडा ड्युटी गर्न निर्देशन दिएका थिए।

प्रकाशित ५ मंसिर २०७४, मंगलबार | 2017-11-21 08:20:08
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्