शीर्ष नेताका स्थानीय एजेन्डा


Infocus


देशको नेतृत्व गर्ने शीर्ष नेताहरुको प्राथमिकतामा आफ्नो निर्वाचन क्षेत्रका स्थानीय एजेन्डा पनि परेका छन्।

NIC ASIA

चुनावमा मतदाता आफ्नो पक्षमा आकर्षित गर्न कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवादेखि मुलुकका सबैजसो पार्टीका शीर्ष नेताले आफ्नो चुनावी ऐजेण्डामा जनताका स्थानीय समस्या र तिनको समाधान गर्ने प्रतिवद्धता पनि समेटेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

शेरबहादुर देउवा
डडेल्धुरा

- पञ्चेश्वर र पश्चिम सेती पाँच वर्षभित्र सम्पन्न गर्ने, भारतको उत्तराखण्डसँग जोडिने रूपाल–तामेली सडक निर्माण, सदरमुकाममा विमानस्थल निर्माण, पश्चिम सेतीसँग जोडिएको पोखरा–बेलापुर सडक दुई लेनको बनाउने
- पञ्चेश्वरसँग सहज पहुँच हुने उग्रतारा–मेलौली सडक कालोपत्रे गर्ने, ग्रामीण सडकलाई हरियाली बनाउन ‘ग्रामीण सडक हरियाली कार्यक्रम’
- सदरमुकाममा अन्तर्राष्ट्रियस्तरको प्राविधिक कलेज र जडीबुटी प्रशोधनका लागि आधुनिक प्रशोधन केन्द्र स्थापना, एक गाउँपालिकाबाट पाँच सय शैक्षिक योग्यताअनुसार युवालाई रोजगारी

केपी ओली
झापा ५
- निर्वाचन क्षेत्र मात्रै होइन, जिल्लाका हरेक खोलामा पुल निर्माण गरिने
- गाउँका आवश्यकताअनुसार अस्पताल, बाटो, बिजुली, पैनी, स्कुल निर्माण गरिने
- वृद्धभत्ता पाँच हजार रुपैयाँ पु¥याउने
- स्थानीय विकासका मुद्दा धेरै छैनन्, मैले सिंगो देश बनाउने हो, देशभित्र झापा–५ पनि पर्छ

प्रचण्ड
चितवन–३
- चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्ती र वन्यजन्तुबीचको द्वन्द्व सदाका लागि अन्त्य गर्ने
- माडीमा रिङरोड बनाउने, माडीका ठूला–साना खोलामा तटबन्ध निर्माण गर्ने
- ठोरी नाका जाने बाटो सहज बनाउने, माडी जान सुरुङमार्ग बनाउने, बाँदरझुला बस्ती व्यवस्थापन गर्ने, माडीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने
- राप्ती र नारायणी नदी तटबन्ध गर्ने
- मेघौली, कसरा, पटिहानीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने

रामचन्द्र पौडेल
तनहुँ–१
- निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनालाई समयमै सम्पन्न गर्न विशेष भूमिका निर्वाह गर्ने
- भानु जन्मस्थललाई विशेष गुरुयोजना बनाएर विकास गर्ने, चुँदी खोला र बुद्धसिं मार्गको पोखरा–दमौली–नारायणघाट जोड्ने पुल निर्माण गर्ने
- गण्डकी करिडोर नवलपरासी–देवघाट–पाल्पा हुँदै मुक्तिनाथसम्म पु¥याउने
- बन्दीपुर र मिर्लुङलाई पर्यटकीयस्थलका रूपमा नमुना बनाउने, व्यासपरासर विकास समितिको पाँच वर्षभित्र गुरुयोजना बनाएर काम गर्ने

कमल थापा
मकवानपुर १

- हेटौँडालाई प्रदेश नम्बर ३ को राजधानी बनाउने
- काठमाडौं–निजगढ जोड्ने फास्ट ट्र्याक र धरान–चतरा सडक निर्माण सम्पन्न गर्ने, हेटौँडा चक्रपथ समयसीमाभित्रै निर्माण सम्पन्न गर्ने, हेटौँडा अस्पताललाई चार सय बेडमा स्तरोन्नति गर्ने
- हेटौँडा–१४ मयुरधापमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण समयमै सम्पन्न गर्ने, मकवानपुर जिल्लाभर प्रत्येक घरमा खानेपानी र बिजुली पुर्याउने, नापी नभएका ठाउँमा नापी गराउने र नापी भइसकेकालाई तत्काल लालपुर्जा उपलब्ध गराउने
- छतिवन र फापरबारीमा व्यवस्थित सहरी विकास योजना कार्यान्वयन गर्ने, कृषि प्रणालीलाई व्यवसायीकरण तथा आधुनिकीकरण गर्ने नीति लागू गरिने, बेरोजगार युवालाई स्वरोजगार नीति लागू गर्ने

डा. बाबुराम भट्टराई
गोरखा २

- भूकम्पपीडितका लागि विशेष योजनामार्फत एक वर्षभित्र क्षतिग्रस्त बस्ती तथा भवनको पुनर्निर्माण गरिसक्ने, बुढीगण्डकी जलाशययुक्त परियोजना विशेष प्राथमिकताका साथ समयमै पूरा गरिने
- ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन, गर्भवती महिला, १० वर्षमुनिका बालबालिका र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई एम्बुलेन्सलगायत कुनै पनि यातायात सेवामा भाडा नलाग्ने व्यवस्था गरिने
- प्रत्येक वर्ष हरेक वडाका कम्तीमा १० जना युवालाई रोजगारी एवं उत्पादनमूलक तालिम

माधव नेपाल
काठमाडौं–२
- शंकरापुर–कागेश्वरी ‘स्याटलाइट स्मार्ट सिटी’ निर्माण गर्ने
- जोरपाटी–साँखु–सिन्धुपाल्चोक–तिब्बत सडक बनाउने
- आधुनिक सुविधासम्पन्न अस्पताल खोल्ने
- युवाहरूलाई सीपमूलक र व्यवसाय प्रवद्र्धन तालिम दिने
- मेलम्ची खानेपानी वितरण र एयरपोर्टको जग्गाको मुआब्जा दिइने
- वृद्धहरूका लागि दिवा आरोग्य आश्रम बनाउने

उपेन्द्र यादव
सप्तरी–२
- गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रलाई व्यवस्थित गर्ने, ठूला व्यवसायीलाई उद्योग स्थापना गर्न प्रोत्साहन र स्थानीयका लागि रोजगारीको अवसर मिलाउने, राजविराज–रुपनी–गाईघाट सडक सञ्चालन
- राजविराज विमानस्थललाई सञ्चालनमा ल्याउने, गजेन्द्रनारायण सगरमाथा अस्पताललाई गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउने, राजविराज–कुनौली चार लेनको बनाउने

प्रकाशित ५ मंसिर २०७४, मंगलबार | 2017-11-21 08:09:49
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • पुष्कर कार्की

    एआईजीको फुली थाप्नासाथ बेहोस ‘दोस्त’ भेट्न अस्पताल

    ‘संगठनभित्रको आन्तरिक बिषय बाहेक अन्यले हाँस्ने, टीका टिप्पणी गर्ने, कसले कहाँ बस्दा के गर्यो, को प्रहरी कर्मचारी कसको पक्षमा लागेर हिँडेको छ भनेर...

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...