भत्तामै ८ अर्बभन्दा वढी खर्च



प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन अवधिभर खटिने सुरक्षाकर्मी र कर्मचारीका लागि भत्ता सुविधामा मात्रै ८ अर्ब रुपैयाँभन्दा वढी रकम खर्च हुने देखिएको छ।

मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको निर्वाचनमा निजामति कर्मचारी, शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी करिब पाँच लाख जनशक्ति परिचालन हुन लागेको खबर मातृका दहालले आजको कारोबार दैनिकमा लेखेका छन्।

सुरक्षा जनशक्तिका लागि सरकारले विनियोजन गरेको कुल बजेटको आधाभन्दा वढी दैनिक भत्ता र मसलन्दमा खर्च भएको हो।

अर्थ मन्त्रालयले निर्वाचनका लागि अहिलेसम्म १५ अर्ब रुपैयाँ विनियोजन गरिसकेको छ। निर्वाचन कर्मचारीको हकमा मासिक दर्जा र तलबमानका आधारमा १ सय २१ प्रतिशत भत्ता, निर्वाचनको क्रममा मृत्यु भएमा बिमाबापत २० लाख रुपैयाँ र विरामी भए उपचारमा लाग्ने खर्च सरकारले नै बेहोर्ने छ।

प्रकाशित ५ मंसिर २०७४, मंगलबार | 2017-11-21 06:58:17

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश ५ मा समानुपातिक परिणाम: पहाडमा एमाले र तराईमा कांग्रेस पहिलो

    प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस पहिलो...

  • केपलर-९० र त्यसका ग्रहहरुको कलात्मक चित्रण

    आठ ग्रह भएको टाढाको सौर्य परिवार पत्ता लाग्यो

    नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता...

  • बाबुराम भट्टराई

    गतिरोध अन्त्यका लागि बाबुरामको ‘प्रेस्क्रिप्सन’

    पहिले सरकार गठन कि राष्ट्रिय सभाको गठन, राष्ट्रिय सभाको गठन बहुमतको आधारमा कि एकल संक्रमणीय मतको आधारमा भन्ने विवादमा फेरि नेपालको राजनीति फस्न...

  • नेकपा एमालेका नेता रघुवीर महासेठ

    यी हुन मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका...