समयसीमा अगाबै सबै मतपत्र छापिए


Infocus



निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतपत्रको छपाई पूरा भएको जनाएको छ। सर्वोच्च अदालतको आदेश अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र अलग अलग पानामा छापिएको छ।

NIC ASIA

एउटै पानामा दुवैसभाको मतपत्र तल र माथि छाप्ने तयारी भएका बेला सर्वोच्चले अलग अलग छाप्न आदेश दिएपछि निर्वाचनको समयसीमा प्रभावित हुने संशय उत्पन्न भएको थियो। तर, निर्धारित कार्यतालिका भन्दा दुई दिन ढिलो गरी छाप्न सुरु गरिएका मतपत्रहरु चार दिन अगावै छापिसकिएको छ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पहिलो र दोस्रो चरणका सबै निर्वाचन क्षेत्रको मतपत्र छापिसकिएको र पठाउने काम भइरहेको बताए। अब जिल्लामा मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा र आचारसंहिताको अनुगमन लगायत निर्वाचन तयारीको समग्र कामको जिम्मेवारी छ।

पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रका ४ हजार ४ सय ६५ मतदान केन्द्रमा मतदान हुनेछ।

पहिलो चरणका लागि सबैतिर निर्वाचन सामाग्री पठाइसकिएको र दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा मतपत्र लगायतका सामग्री पठाउने काम भइरहेको आयोगका प्रवक्ता सह सचिव नवराज ढकालले बताए।

पहिलो चरणमा निर्वाचन हुने सबै मतदान केन्द्रमा मंसिर ७ गतेभित्र कर्मचारी पुगिसक्ने गरी कर्मचारीको खटनपटन भएको उनले जनाए। आयोगले दुवै सभाका लागि समानुपातिकतर्फ एउटा तथा प्रत्यक्षतर्फ अलग अलग दुईवटा गरी तीनवटा मतपत्र छापेको खबर राजेश मिश्रले आजको कान्तिपुर दैनिकमा लेखेका छन्।

प्रत्येक मतपत्र १ करोड ७४ लाख प्रति छापिएका छन्। मतदाता १ करोड ५४ लाख २७ हजार ९३८ छन्। तीनवटै मतपत्र १२ प्रतिशतले बढी छापिएको हो। समानुपातिकका मतपत्र कात्तिक पहिलो साता नै छापिइसकेका छन्।

मतपत्र सानो हुने भएपछि समयसीमा भित्रै छापिएको हो। अधिकांश जिल्लाका मतपत्र ‘ए फोर’ आकारभन्दा साना छन् । धेरैजसो निर्वाचन क्षेत्रमा २० भन्दा कम निर्वाचन चिन्ह छापिएका मतपत्र छन्।

प्रतिनिधिसभातर्फ कुल १ सय ६५ मध्ये १२ र प्रदेशसभा तर्फ ३ सय ३० मध्ये ११ निर्वाचन क्षेत्रमा मात्रै २० भन्दा बढी चिन्ह रहेका मतपत्र छापिएका छन्। सबैभन्दा सानो मनाङ र मुस्ताङका मतपत्र छन् ।

त्यहाँका मतपत्रमा २ वटा चिन्ह मात्र छन्। सबैभन्दा ठूलो महोत्तरीको प्रदेशसभा तर्फ ३ (२) निर्वाचन क्षेत्रमा ३२ वटा चिन्ह भएका मतपत्र छापिएका छन् ।

प्रकाशित ५ मंसिर २०७४, मंगलबार | 2017-11-21 06:07:04
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्