खड्काको दबाबमा आपूर्ति सचिवको सरुवा



आर्थिक अनियमितताको आरोपमा मन्त्रालय तानिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको दबाबमा सरकारले आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई सरुवा गरेको छ।

इन्धन भण्डारणका लागि जग्गा खरिद अनियमिततामा संलग्न खड्कामाथि कारबाही गर्न अग्रसरता लिएका सचिव देवकोटालाई खड्काकै दबाबमा सरुवा गरिएको खबर दिलीप पौडेलले आजको नागरिक दैनिकमा लेखेका छन्।

भूमिसुधारबाट आपूर्ति आएका सचिव देवकोटालाई दुई महिनामै सरुवा गरेपछि भ्रष्टाचार नियन्त्रणमा सक्रियता देखाएका सचिवको मनोबल घट्ने देखिएको छ।

सचिव देवकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालय सरुवा गरेर क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका क्षेत्रीय प्रशासक अनिल ठाकुरलाई आपूर्ति मन्त्रालयमा ल्याइएको छ।

सचिव देवकोटाले आफ्नो सरुवा भएको पुष्टि गरे। मन्त्रिपरिषद्ले बर्खास्त गरेका खड्का अदालतको आदेशमा निगम फर्र्किएपछि देवकोटाकै पहलमा खड्कालाई मन्त्रालय तान्ने निर्णय भएको थियो।

प्रकाशित २८ कार्तिक २०७४, मंगलबार | 2017-11-14 08:30:55

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...

  • सिंहदरबार परिसर

    चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी र गभर्नर

    आन्दोलन भएर निर्वाचनसमेत प्रभावित हुनसक्ने भन्दै सरकार प्रदेशको अस्थायी राजधानी तोक्ने र गभर्नर नियुक्त गर्ने कार्यबाट पछि हटेको छ। दुवै काम अब...

  • प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन: प्रचण्ड

    ‘ज्वरो सामान्य नै थियो। त्यसलाई हामी सबैले सामान्य नै ठान्यौं। तर ज्वरो नघटेकाले आइतबार उपचार गर्न जाने योजना थियो। यदि ज्वरो नघटेको भए आइतबार...