यस पटक मतपेटिकादेखि मसीसम्म चिनियाँ




निर्वाचन आयोगले यसपटक ‘अति संवेदनशील’ निर्वाचन सामग्री चीनबाट आयात गरेको छ। अति संवेदनशील सूचीमा रहेका अधिकांश सामग्री यसअघि आयोगले भारतबाट ल्याउने गरेको थियो भने अन्य दाताबाट समेत सहयोग लिने गरेको थियो।

NIC ASIA

समय अभाव भएको भन्दै अन्य दाता पन्छिएपछि आयोगले स्वस्तिक छापबाहेकका सबै सामान चीनबाट भित्र्याएको खबर मेनुका कार्कीले आजको अन्नपूर्ण पोष्टमा लेखेकी छन्। स्वस्तिक छाप भने आयोगले भारतबाटै ल्याएको छ। मतपत्र, मतदाता नामावली, मतपेटिका, स्वस्तिक छाप, नउड्ने मसी, स्ट्याम्प प्याड र सुरक्षणलगायत सामग्रीलाई आयोगले अति संवेदनशील सूचीमा राखेको छ।

यसअघि निर्वाचनमा सहयोग गरेका भारत, चीन, जाइका, यूएनडीपीलगायतले समय अभावका कारण सहयोग गर्न नसकेको आयोगले जनाएको छ। सहयोग गर्न चाहने देशले टेन्डर गरेर सामान पठाउन ६ महिना लाग्ने भएकाले सहयोग लिन नसकिएको आयोग प्रवक्ता नवराज ढकालले बताए।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले ६७ प्रकारका निर्वाचन सामग्री किन्न करिब चार अर्ब रूपैयाँ खर्च गर्दै छ। स्थानीय निर्वाचनमा प्रयोग नभएका कतिपय सामानसमेत आयोगले यसपटक प्रयोग गर्न लागेको ढकालले जानकारी दिए।

प्रकाशित २८ कार्तिक २०७४, मंगलबार | 2017-11-14 07:45:20
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • महेशकुमार गुरागाईं

    बीमा समिति रिटायर्डहरुको आराम गर्ने स्थान बन्यो: पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईं

    बीमा समितिलाई प्राधिकरण बनाउने सरकारी योजना उपयुक्त छ। प्राधिकरणलाई कानुनले नै अधिकार दिएर पठाइसकेपछि नियामक निकाय बलियो हुन्छ र कानुन बमोजिम गर्न...

  • एेतिहासिक एक दिवशीय श्रृंखला यादगार बनाउने चुनौती (भिडियो/फोटो)

    त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेट श्रृंखलाको अन्तिम तयारी गरिरहेको छ।

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...